हस्तमैथुन स्वास्थ्यको लागि फाइदाजनक

हस्तमैथुन यौन सन्तुष्टी प्राप्त गर्ने एक भरपर्दो उपाय हुँदाहुँदै पनि आम मानिसमा हस्तमैथुनले मानसिक तथा शारीरिक समस्या उत्पन्न गराउने भ्रम छ । तर विज्ञहरु भने हस्तमैथुन स्वास्थ्यको लागि हानिकारक नभै फाइदाजनक हुने बताउँछन् ।

हस्तमैथुनबाट केबल पुरुषले मात्र नभै महिलाले समेत सन्तुष्टी र स्वास्थ्यलाभ प्राप्त गर्न सक्छन् । हस्तमैथुन महिलाको स्वास्थ्यका लागि समेत हितकारी छ । तर हस्तमैथुन गर्दा मनमा कुनै चिन्ता तथा आशंका उब्जाउनु भने हुँदैन । यदि हस्तमैथुन पछि मनमा उब्जिने चिन्ता तथा आलस्यपनलाई नियन्त्रण गर्न सकियो भने त्यस्तो सुरक्षित मैथुन स्वास्थ्यका लागि लाभदायक हुने बताइन्छ ।

यौन मनोविज्ञहरुका अनुसार हस्तमैथुनले महिलालाई आफ्नो यौन व्यवहार तथा त्यसको प्रतिक्रियाको विषयमा सिक्ने अवसर प्रदान गर्दछ । साथै हस्तमैथुनका बेला हुने यौनिक श्राबले यौनांगहरुमा हुने रक्तसंचारलाई समेत सन्तुलित पार्दछ । कतिपय महिलाले महिनावारीका बेला हुने दुखाइलाई कम गर्न समेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन् ।

अझ रोचक तथ्य त के भने सयमा ७० जना महिलाले सेक्स गर्दा नपाएको चरमसन्तुष्टि आफुले हस्तमैथुन गर्दा पाएको बताउने गरेका छन् । सफा वस्तुको उपयोग गरी महिलाले गर्ने हस्तमैथुन यौन सन्तुष्टि प्रदान गर्नमा मात्र कामयावी नभइ यसले पाठेघर तथा मुत्रनलीको संक्रमण रोक्न समेत सघाउ पुराउने बताइन्छ ।

यता पुरुषको हकमा हस्तमैथुनले आनन्द दिने मात्र होइन यसले सरीरमा जम्मा भएका बुढापूराना शुक्रकिटलाई त्याग्न समेत सघाउ पूराउँछ । पूराना शुक्रकिट फ्याँकिएपछि नयाँ शुक्रकिटको उत्पादन तथा विकाशमा सघाउ पुग्छ । हस्तमैथुनले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा समेत क मगर्ने विज्ञहरु बताउँछन् ।

चिकित्साजन्य फाइदाका अलबा मैथुनका संवेगात्मक तथा मनोवैज्ञानिक फाइदा समेत छन् । यसले मूडलाई सही ठाउँमा ल्याउने र तनाव घटाउने काम गर्छ । हस्तमैथुनले पार्टनरसँगको यौन सम्बन्धलाई सुधार्न समेत सघाउ पूराउँछ ।

त्यसैले अब हस्तमैथुन लजाउनुपर्ने तथा हीनताबोध गर्नुपर्ने विषय भएन । यो यौनिक रुपमा सक्षम मानिसले सन्तुष्टी प्राप्त गर्न गर्ने नियमित क्रिया हो । एजेन्सीको सहयोगमा

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out