कहाँबाट आए ओडारमा हतियार

काठमाडौं, बैशाख २७ । एकीकृत नेकपा माओवादीभित्रको बिवादले मुलुकमा संबिधान मात्र नभएर दिगो शान्ति र जनआन्दोलनपूर्वका सबै आशा निराशामा परिणत गराएको छ। त्यससँगै पाटी नेताहरू एकले अर्काको डर मान्नुपर्ने अवस्था पनि सिर्जना गराएको छ। 
सशस्त्र प्रहरी बलको टोलीले सोमबार कैलालीको सुगरखाल गाविसस्थित भालुमारे खोलाको ओडारबाट ठूलो मात्रमा विभिन्न खालको गोली तथा म्याग्जिन बरामद गरेको छ। सो गोली र म्याग्जिन प्रकरण सामान्य बिषय मात्र नरहेको समाचार सूत्रहरूले बताएका छन्। सूत्रहरूका अनुसार, एकीकृत माओवादीको आन्तरिक झगडा र एकअर्काको डरका कारण नै ती हतियार सशस्त्र प्रहरीले फेला पार्न सकेको हो।
सशस्त्र प्रहरीले सोमबार सो ओडारमा चारवटा प्लाष्टिकको कट्टामा गोली तथा म्याग्जिन लुकाइ राखेको अवस्थामा फेला पारेको थियो। सुदूरपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बैद्यनाथ बाहिनी अत्तरियाबाट खटिएको एपीएफ टोलीले ती हतियार फेला पारेको हो। 

सशस्त्र प्रहरीले यस प्रकरणमा बिशेष सूचनाको आधारमा खोजतलासका क्रममा ढुंगाको ओडारमा लुकाइछिपाई राखेको अवस्थामा गोली र म्याग्जिन बरामद भएको बताएको छ। यसभन्दा बढी सशस्त्र प्रहरीले केही नबताए पनि पार्टीकै संस्थापन पक्षले ती हतियार बिद्रोही पक्षको हातमा जाने डरले सुराकी गरेको बताइएको छ। 
सशस्त्र प्रहरीले भने बेलुका करीब साढे सात बजे ती हतियार बाहिनीमा ल्याएको थियो। त्यहाँबाट सशस्त्र टोलीले ५.५६ एमएम गोली एक हजार नौ सय ३७ राउण्ड, ९ एमएम गोली दुई सय ८६ राउण्ड, ७.६२ एमएम गोली पाँच सय १९ राउण्ड, इन्सासको म्याग्जिन २३ वटा, एसएलआर म्याग्जिन ५७ वटा, एलएमजी म्याग्जिन ६ वटा, एम सिक्सटिन म्याग्जिन २७ वटा, एसएमजी म्याग्जिन ७ वटा र चाचर २२ वटा बरामद गरेको छ। दुई साता अघि मात्र सो ओडार नजिकै अर्को ओडारमुनि लुकाई राखेको अवस्थामा सशस्त्र टोलीले ७.६२ एमएम गोली आठ सय ६० राउण्ड, इन्सास गोली एक सय ६ राउण्ड, एलएमजी ब्यारेल दुई थान तथा एलएमजी म्याग्जिन २४ थान, एसएलआर म्याग्जिन एक थान र इन्सास म्याग्जिन पाँच थान बरामद भएको थियो। सशस्त्र प्रहरी बल सुरक्षा बेस डुडेझारी कैलालीबाट खटिएको सशस्त्र टोलीले उक्त गोली तथा म्याग्जिन बरामद गरेको थियो।  
कैलालीका यी दुई ठाउँको हतियार फेला पार्ने क्रमकै बीचमा गत ११ बैशाखमा रोल्पाको गैरीगाउँ–६, वासठाना नजिकै खोलाको किनारमा गाडिराखेको कालो ट्यांकी भित्र राखेको अवस्थामा सशस्त्र टोलीले नै ठूलो मात्रामा बम तथा विष्फोटक पदार्थ र गोलीगठ्ठा बरामद गरेको थियो। 
त्यहाँ पनि सशस्त्र प्रहरीले शंकास्पद वस्तु रहेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल सुरक्षा बेस टिला रोल्पाबाट खटिएको टोलीले ८१ एमएम मोर्टारको एचई बम सात थान र स्मोक बम आठ थान, थ्री नट थ्री राइफलको गोली चार सय ७७ थान, एसएलआरको म्याग्जिन एउटा, सेफ्टी फ्युज एक हजार दुई सय मिटर, डेटोनेटर इलेक्ट्रोनिक दुई सय ८८ थान, ठूलो सकेट ४८ थान, सानो सकेट चार सय ५३ थान, सानो सकेटको बाहिरी भाग एक सय ७३ थान, इलेक्ट्रोनिक तार तीन सय मिटर, पटका १५ प्याकेट बरामद गरेको थियो। 
त्यसैवेला सो ट्यांकीमा खतरायुक्त अवस्थामा रहेको चार थान सकेट बम मध्य पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालयबाट खटिएको बम डिस्पोजल टोलीले सुरक्षित साथ निस्त्रि्कय पारेको थियो। 
एपीएफ टोलीले त्यसैठाउँको वरपर खोजतलास गर्ने क्रममा विभिन्न किसिमको पेस्तोलको गोली १३ राउण्ड तथा इन्सास राइफलको गोली एउटा, थ्री नट थ्री राइफलको गोली राख्ने चाचर चार थान, टीएनटी दुई थान, मल्टी प्लक चार थान, डेटकर्ड एक मिटर, मोटो कालो तार चार मिटर र एउटा सानो कालो झोला समेत बरामद भएको छ।   
मुलुकमा एकीकृत माओवादीको संस्थापन पक्ष कांग्रेस र एमालेसँग मिलेर संबिधान निर्माणमा जोडतोडका साथ लागि रहेको छ। तर माओवादीकै विद्रोही मोहन वैद्य समूह भने संबिधान जलाउने तयारीमा लागेको छ। औपचारिक रुपमा पार्टी बिभाजित नभए पनि पार्टीभित्र कुन नेताले कसलाई भौतिक वा अन्य रुपमा सिध्याउने हो भन्ने थाहा छैन। पार्टी सूत्रहरूका अनुसार, शान्ति प्रक्रियामा आएपछि भविष्यमा परेमा फेरि बिद्रोह गर्न भन्दै पार्टीले मुलुकका बिभिन्न ठाउँमा हतियार लुकाएर राखेको थियो। तिनै हतियार अहिले वैद्य समूहको कब्जामा नपुगोस् भनेर संस्थापन पक्षले सुराकी दिएर अप्रत्यक्षरुपमा राज्यलाई बुझाउन थालेको वैद्य समूहको ठहर छ। 
शान्ति प्रक्रियाको समयमा भने बिभिन्न कोणबाट हतियार कम मात्र बुझाएर अरु लुकाएको टिप्पणीको जवाफमा अध्यक्ष प्रचण्डले धेरै हतियार खोलामा बगेको र हराएको सतही जवाफ दिएका थिए।  यद्यपि अहिले यति धेरै मात्रामा हतियार फेला पर्न थाल्दा पनि राज्य र समाजका जिम्मेवार निकाय कसैले पनि यसबारे केही बोलेको देखिँदैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out