सर्वहारा पार्टीमा अर्बपतिको खोजी

काठमाडौं, बैशाख १९ । लडाकुलाई राज्यले भरणपोषणका लागि उपलब्ध गराएको करिब १२ अर्बमध्ये साढे तीन अर्ब रुपैयाँ आफ्नै खल्तीमा हालेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले त्यसको हिसाब किताब देखाउन नमानेको वैद्य पक्षका नेता सीपी गजुरेलले बताएका छन्।
अन्य पार्टीहरूमा फिट गरिएका सुराकीको लागि भएको खर्च कसरी देखाउन मिल्छ? प्रचण्डले उल्टै यस्तो प्रश्न गर्न थालेपछि संस्थापन पक्षभित्रै विवाद बढेको छ। पाँच वर्षको अवधिमा लडाकु शिविरबाट मात्रै साढे तीन अर्ब रुपैयाँ असुलेका अध्यक्ष प्रचण्डले यस अवधिमा ५० देखि ७० अर्ब बराबरको सम्पत्ति जम्मा गरेको प्रारम्भिक अनुसन्धानबाट वैद्य समूहले पत्ता लगाएको छ। एक नेताका अनुसार पार्टीभित्र र बाहिर प्रचण्डले यति धेरै सुराकी फिट गरेका छन् कि गाउँ तहको कार्यकर्ताले १० हजार रुपैयाँसम्म असुल गरे पनि त्यसको सूचना प्रचण्डकहाँ
आइपुगिहाल्छ। तर एक लाख रुपैयाँ भन्दा बढी असुली गर्नेसँग भने प्रचण्डले सिधै दुई तिहाइ रकम माग्ने गरेका छन्, उनको दाबी छ। यसैगरी, पार्टीका सबै निकायले आफ्नो आम्दानीको दुई तिहाइ रकम हेडक्वाटरमा बुझाउने प्रचलन छ। ठूला व्यापारीहरूसँगको चन्दा असुलीमा चाहिँ हेडक्वाटरले सिधै डिल गर्ने गरेको छ। तर कुन व्यापारीले कति रकम दियो, हेडक्वाटरबाहेक बाहिर प्रकट गरिँदैन। माओवादीको  हेडक्वाटर भनेका प्रचण्ड एक्लै हुन्। जनयुद्धका क्रममा पनि बैंक तथा वित्तीय संस्था एवं ठूल्ठूला धनीहरूको सम्पत्ति लुटिएपछि सम्पूर्ण नगद तथा सुनचाँदी प्रचण्डकहाँ नै पुर्‍याउने गरिन्थ्यो। यसरी जनयुद्धदेखि हालसम्म अध्यक्ष प्रचण्डकहाँ एक खर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति पुगेको प्रारम्भिक रेकर्ड वैद्य पक्षसँग छ। तर त्यो रकम उनले कुन शीर्षकमा कति खर्च गरे र बाँकी रकम कहाँ राखेका छन् भन्ने भेउ चाहिँ वैद्य पक्षले पनि पाउन सकेको छैन।
नयाँ बानेश्वर चोक नजिकै आफ्ना बाबुका नाममा निर्माण गरेको मुक्ति टावरसमेत अध्यक्ष प्रचण्डले अर्कैका नाममा लालपुर्जा बनाइएको आरोपको उनले खण्डन गरेका  छैनन्। लाजिम्पाटमा ३२ करोड रुपैयाँमा घर खरिद गरी बसेका प्रचण्डले त्यो घरको लालपुर्जा पनि अर्कैको नाममा राखेको बताइन्छ। २० वर्षको अवधिमा एक खर्ब ३९ अर्ब सम्पत्तिको मालिक बनेका भाटभटेनीका मिनबहादुर गुरुङको सम्पत्तिमध्ये प्रचण्ड र कोइराला परिवारको हिस्सा ३०/३० प्रतिशत रहेको बताइन्छ। तर अध्यक्ष प्रचण्डले अधिकांश रकम  चाहिँ सिंगापुर, भारत र स्विटजरल्यान्डमा जम्मा गरेको अनुमान पार्टीभित्रका नेताहरूको छ। वैद्य पक्षधर एक नेताले तरुणसँग भने– सिंगापुर र स्विटजरल्यान्डमा प्रचण्डले राखेको सम्पत्तिले त हाम्रो पार्टीलाई आर्थिक क्षति मात्रै पुर्यागएको छ, तर भारतमा राखिएको उनको सम्पत्तिले त हाम्रो पार्टीलाई सैद्धान्तिक क्षति पुर्यारएको छ। नेपालका सबैभन्दा धनी व्यक्तिमा सूचीकृत हुनै लागेका माओवादी अध्यक्ष प्रचण्डको भारतमा रहेको सम्पत्ति भारत सरकारले यकिन गरेको उनले बताए। उनले भने– मेरो कुरा मान्छौं भने ठीक छ, होइन भने यो सम्पत्ति सार्वजनिक गरिदिन्छु भनेर भारतले भनेकाले उनी लत्रेका हुन्। 'त्यो सम्पत्तिको लोभमा अध्यक्ष प्रचण्ड भारतको कठपुतली बनेका छन्,' पार्टी सचिव गजुरेल स्वयंले भन्ने गरेका छन्। भारतमा रहेको अधिकांश सम्पत्ति छोरी, ज्वाइँ तथा सम्धीका नाममा रहेको थाहा भएको छ। 'सम्पत्तिकै कारण उनी भारतीय दलाल र लालगद्दार बने,' वैद्य पक्षीय एक नेताले तरुणसँग भने।
त्यसो त माओवादीभित्र अर्बपतिहरूको सूची निकै लामो छ। प्रचण्डपछि अर्बपतिको दोस्रो सूचीमा वर्षमान पुन छन्। उनलाई पार्टीभित्र पुरानो उपनाम परिवर्तन गरी अर्थमान राखिएको छ। उनी वर्षमानबाट अर्थमान भएजस्तै हिसिला यमीलाई पार्टीभित्र धनलक्ष्मी यमी भन्ने गरिएको छ। माओवादीभित्रका अर्बपतिहरूको सूचीमा धनलक्ष्मी यमी तेस्रो नम्बरमा पर्छिन्। घरजग्गा, हाउजिङ र बैंकिङ क्षेत्रमा लगानी गरेकी धनलक्ष्मी यमीका व्यापारिक पार्टनर बीकेमान सिंह र मुक्ति प्रधान हुन्। भक्तपुरको छालिङको जग्गामा मात्र उनको १८ करोड रुपैयाँ लगानी रहेको बताइन्छ। उनी मुस्ताङ गाडी चढेर चर्चामा आएका प्रधानमन्त्री डा.बाबुराम भट्टराईकी अर्धांगिनी हुन्।
यसैगरी, माओवादी पार्टीभित्रका अर्बपतिहरूको सूचीमा चौथो नम्बरमा रहेका जनार्दन शर्माको नाम परिवर्तन गरी धनआर्जन शर्मा राखिएको छ। हाल बिरामी परेका शर्माको लगानी निर्माण व्यवसायमा छ। करिब ६५ जिल्लामा उनको आठ सय जति डोजरहरूले स्थानीय निकायको काम गरिरहेको बताइन्छ। अर्बपतिको सूचीमा पाँचौं नम्बरमा रहेका कृष्णबहादुर महराको नाम परिवर्तन गरी धनकुबेर महरा राखिएको पार्टीका एक नेताले बताए। उनको आफ्नो सम्पत्ति हिमालय सीमापार व्यापारीहरूकहाँ लगानी रहेको बताइन्छ। रक्तचन्दन र यार्चागुम्बा व्यापारीसँग मिलेर उनले आफ्नो कारोबार अगाडि बढाएका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out