'बेबोसँग नराम्रो छैन'

मुम्बई (एजेन्सी)-, वैशाख २२ - शाहरुखको परिवार भाँडेको आरोप खेपिरहेका बेला नायिका पि्रयंका चोपडाले सार्वजनिक रूपमा त्यसको खण्डन त गरेकी छैनन् । तर यतिबेला भने उनले सैफ अलि खान र उनकी प्रेमिका करिना कपुरसँग कुनै नराम्रो सम्बन्ध नरहेको जिकिर गरेकी छन् । यसअघि बेबोसँगकै झगडाका कारण पि्रयंकाले सैफ अलिसँग फिल्म नखेलेको अनुमान गरिँदै आएको छ ।

'सैफ र मैले केही वर्षअघि दुई/तीन फिल्म सँगै खेल्ने कुरा भएकै हो,' पि्रयंकाले अतीत कोट्याइन्, 'तर लगत्तै दुवै अरू नै प्रोजेक्टमा व्यस्त हुन थाल्यौं र सँगै खेल्न अहिलेसम्म जुरेको छैन ।' उनले सैफ अलि दमदार कलाकार भएको सुनाउँदै भनिन्, 'उनीसँग काम गर्नका लागि म सधैं उत्साहित नै छु ।' पि्रयंकाले बेबोसँग आफ्नो कुनै खटपटको सम्बन्ध नरहेको पनि दोहोर्‍याइन् ।
आफूहरूबीच उत्कृष्टताको होडबाजी पनि नरहेको दाबी गर्दै भनिन्, 'तपाइर्ंले केही हासिल गर्न चाहनुहुन्छ भने सक्दो कोसिस जसले पनि गर्छ तर यो होइन कि कसैको मुखमा लात मारेरै उपलब्धि हासिल गर्नुपर्छ । यस्तो कसैले गर्छ भने ऊ चैनले बस्नै सक्दैन ।' वर्षमा झन्डै चार सय फिल्म बन्ने बलिउडमा नम्बर एक कलाकार भनेर छुट्याउनु मुस्किल काम भएको बताउँदै राष्ट्रिय अवार्ड विजेता पि्रयंकाले भनिन्, 'त्यतिका फिल्मबाट सबै हिट फिल्म एउटैले मात्रै खेल्ने पनि त होइन । मलाई त लाग्छ, चार हिरो र पाँच/छ हिरोइन सधैं उत्तिकै चर्चामा रहन्छन् ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out