स्विमिङ पुलमा ब्रा नखोल्दा प्याकअप

काठमाडौं। नेपाली फिल्म उद्योग र यहाँ भइरहने विभिन्न विवाद एवं स्क्यान्डल एक अर्काको पर्यायको रूपमा रहेका छन्। उद्योगभित्र कतिपय विवाद चर्चामा आउनका लागि मात्र गरिन्छ भने कतिपय स्क्यान्डल सस्तो पब्लिसिटी स्टन्टका लागि मच्चाइएको हुन्छ। नेपाली फिल्मका निर्देशक र नायिकाबीच पनि बेलाबेलामा विवाद भइरहनु नौलो विषय हैन। यस्तै छायांकन भइरहेको एक चलचित्रका निर्देशक र त्यसै चलचित्रमा लिड रोलमा अभिनय गरिरहेकी नायिकाबीच सुटिङस्थलमै विवाद उत्पन्न भएको खबर प्राप्त भएको छ।
प्रसंग हो, पूर्वमा यतिबेला छायाँकन भइरहेको चलचित्र प्ले गर्लको। यही चलचित्रको एउटा दृश्यको छायांकन गर्ने क्रममा नायिका पेशला कटुवाल र निर्देशक विजयविक्रम बस्नेतबीच मनमुटाब उत्पन्न भएको छ। इलामको रमणीय दृश्यहरू कैद गरेर फर्किएको चलचित्रको यतिबेला धरानमा छायाँकन भइरहेको छ। चलचित्रभित्र टु पिस लगाएर स्विमिङ गर्नुपर्ने सिनको छायाँकन धरानको रिक्रियसन स्विमिङ पुलमा हुँदै गर्दा नायिका र निर्देशकबीच विवाद भएको हो। सुरुमा निर्देशकले भनेअनुसार पेशला टु पिस पहिरनको साथमा स्विमिङ पुलमा पौडिँदै गरेको दृश्यमा टेक दिइरहेकी थिइन्। त्यसै दृश्यमा चलचित्रका नायक केवल भुजेल पनि पुलभित्र पसेर पेशलाले लगाएको टु पिस पहिरन खोल्नुपर्ने सिचुएसन्सबारे निर्देशक विजयले जानकारी गराएपछि पेशला र विजयबीच भनाभन सुरु भएको थियो।

भनाभन बढ्दै गएपछि सुटिङ युनिटका अन्य सदस्यहरू विवाद मिलाउन अग्रसर भएका थिए। सुरुमा स्त्रि्कप्ट हेर्दा त्यस्तो दृश्यबारे आफूलाई जानकारी नभएको पेशलाको जिकिर छ भने निर्देशक बस्नेतले स्त्रि्कप्ट पढ्न दिँदै यस्तो दृश्यबारे जानकारी गराएको दाबी गर्छन्। पेशलाले कुनै पनि हालतमा त्यस्तो दृश्य नदिने अडान कसेकी थिइन्। नायिका र निर्देशकको विवाद नमिलेपछि सो दिनको छायाँकन प्याक अप गरिएको थियो।
सो दृश्यलाई थाती राख्दै यतिबेला चलचित्रको गीतको छायाँकन धरानकै घोपा क्याम्प परिसरमा भइरहेको छ। करिब ८० प्रतिशत छायाँकन भइसकेको चलचित्र प्ले गर्लमा अन्य धेरै हट सिनहरूसमेत राखिएको निर्माण पक्षले जानकारी गराएको छ। महिलाहरूमा आउने यौन मनोविज्ञानलाई प्रस्तुत गरिएको चलचित्रमा यधुसुधन कुँवर, कस्तुरी खरेललगायत अधिकांश नयाँ कलाकारले अभिनय गरेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out