युनाको दोस्रो बिहे अमेरिकामा

नायिका युना उप्रेतीले यसअघि प्रेम चौलागाईंसँग बिहे गरेको खबर सुनिएको थियो । तर पनि नायिका हुँदासम्म युनाको पहिलो बिहेको बारेमा धेरै कुरा बाहिर आएनन् । तर उनी अमेरिका हानिनुअघि भने उनको पहिलो बिहेको खबरले बजार तताएको थियो । एक साँस्कृतिक कार्यक्रमका लागि भन्दै केही महिना अघि अमेरिका हानिएका नायिका युना उप्रेतीले अहिले उतै बिहे गरेको खवर छ ।

युनाले टेक्सास डल्लामा रहेका विकास अधिकारीसँग बिहे गरेकी हुन् । उनीहरुबीच आईतबार नेपाली परम्परागत रुपमा बिहे भएको खबर आएको छ । मन्दिरमा केही साथीहरु माझ मात्र पुगेका यी दुईले औंठी र माला साटासाट गरी बिहे गरेका हुन् । बिहे गरेपछि नायिका युना विकासको अर्धागिंनी भएर घर भित्रीएकी छिन् । नेपाली चलचित्रमा ‘पर्खि बसे’बाट उदाएकी यी नायिकाले व्यवसायिक रुपमा थुप्रै सिनेमा खेले पनि युना नेपालमा सामान्य रुपमा नै चर्चित रहिन् ।

चलचित्र क्षेत्रमा लागेर खासै केही नहुने र यहाँ बसेर पेट पाल्न गाह्रो हुने कुरा युनाले बारम्बार गर्दै पनि आएकी थिईन् । तर उनी अमेरिका भने खासै हल्ला नै नगरी गएकी थिईन् । अमेरीका पुगेपछि युनाले सिनेमा खेल्नका लागि ओछ्यान तताउनु पर्ने भनाई सार्वजनिक गरेर चर्चामा समेत आएकी थिईन् । युना अमेरिका नै पुगेर लुकेका खवर आएतापनि अव अमेरिकामा नै बसिरहेका युवकसँग बिहे गरेकाले पनि युनाले गि्रन कार्ड पाउने सम्भावना बढी देखिएको छ । नेपाली सिनेमामा भविष्य नदेखेर अमेरिका हानिएकी युनालाई दोस्रो वैवाहिक जीवनको शुभकामना ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out