यौनशक्ति बढाउन रगतको घुड्को

धौलागिरि हिमालबाट झरेको हिमनदीको छाँगो मुन्तिरको खोला बगरमा अहिले परम्परादेखि चल्दै आएको चौंरीको आलो रगत पिउने मेला  लागेको छ। चौंरीको गर्धनबाट भुलभुल रगत आइरहेको हुन्छ र मानिसहरू उक्त आलो रगत घुट्क्याउँछन्। उक्त मेलामा दैनिक ७ सयभन्दा  बढीले चौंरीको रगत पिउने चौंरी पालक एक कृषकले बताए।

बोक्सीखोला, मुस्ताङ-कोवाङ गाविसको नाउरीकोट बस्ती मुन्तिर बोक्सीखोला किनारामा तीन दर्जनभन्दा बढी पालमा महिला-पुरुष कोचाकोच  बसेका छन् भने कोही सुतेका त कोही दोहोरीगीतमा मायापिरती जोडिरहेका छन्। सबैको अघिल्तिर सुकुटी र स्थानीय औवाको रक्सी। बाहिर  चौरमा भने जुवाडे शैलीमा आयोजित परम्परागत तारो हान्ने खेलका खेलाडीहरूको भीड छ। सिरानको धौलागिरि र टुक्चेपीकबाट आएको  चिसो सिरेटोसँगै बिहानै गोठाला चौंरी धपाउँदै तल ओर्लिरहेका छन्। चौंरीको बथान बोक्सीखोलाको किनारामा आउन नपाउँदै मानिसहरू  हात-हातमा १ सय रुपैयाँ तिरेर काटेको टिकट र प्याला बोकेर तँछाड-मछाड गर्छन्।

धौलागिरि हिमालबाट झरेको हिमनदीको छाँगो मुन्तिरको खोला बगरमा अहिले परम्परादेखि चल्दै आएको चौंरीको आलो रगत पिउने मेला  लागेको छ। चौंरीको गर्धनबाट भुलभुल रगत आइरहेको हुन्छ र मानिसहरू उक्त आलो रगत घुट््क्याउँछन्। मेलामा दैनिक ७ सयभन्दा बढीले  चौंरीको रगत पिउने चौंरी पालक एक कृषकले बताए। चौंरीको रगत पिउने परम्परागत मेला भर्न स्थानीयबाहेक म्याग्दी, पर्वत, बाग्लुङ, पो खरा तथा काठमाडौंका मानिससमेत त्यहाँ पुगेका छन्। म बर्सेनि चौंरीको आलो रगत पिउन आउँछु, चौंरीको रगत पिउँदा ग्यास्टिक निको  हुन्छ। १७ वर्षदेखि चौंरीको रगत पिउँदै आएका बेनीका व्यापारी राजु थकालीले बताए। ग्यास्टिकबाट पीडित श्रीमतीसँगै पाँचौं पटक चौंरीको  आलो रगत पिउन जिल्ला शिक्षा कार्यालय म्याग्दीका स्रोत व्यक्ति भरत पुन मात्र होइनन्, बनौ, पर्वतका मनिराज पुन पनि चौंरीको रगत  पिउन कतारबाट छुट्टी मिलाएर आउँछन्।

चौंरीको रगत उच्च रक्तचापका रोगीले भने बिर्सेर पनि पिउनु हुँदैन- आम्ची सकेन्द्र गौचनले बताए। म्याग्दी र मुस्ताङका विभिन्न चौंरी खकर् हरूमा वर्षको दुई पटक वैशाख र साउन महिनामा चौंरीको आलो रगत पिउने मेला लाग्छ। चौंरीको आलो रगत पिउनाले यौनशक्ति पनि बढ्ने विश्वास स्थानीय बासिन्दामा छ। चौंरीको रगत पिउने चलन कहिलेदेखि सुरु भएको हो भन्ने यकिन तथ्यांक छैन। मुस्ताङको उपल्लो क्षेत्रमा  धेरै पहिलेदेखी चौंरीको रगत पिउने चलन रहे पनि मुस्ताङका थकालीले त्यसलाई व्यावसायिक बनाएका हुन्।

हिमाली जडिबुटीका साथै यार्सागुम्बा खाएका चौंरीको रगत आफैंमा ओखती भएको विश्वासमा यसरी रगत खाने चलन चलेको हो।  ग्यास्टिकको उपचार हुने भनिए पनि यो चौंरीको रगत र मासुको व्यापार गर्ने गतिलो व्यापारिक मेला हो। रगत व्यापारले चौंरी धनीलाई राम्रो  कमाई दिएको छ। चौंरी बस्ने ठाउँलाई खर्क भनिन्छ। रगत झिक्नु पहिले खर्कमा थुनिएका चौंरीलाई पालैपालो समातिन्छ अनि डोरीले बाँधेर  हलचल गर्न नसक्ने बनाइन्छ। आम्चीले चौंरीको गर्धनमा रगत बग्ने नसालाई ठाडो चिरेर रगत झिक्छन्। चौंरीको रगत झिक्ने व्यक्तिलाई  आम्ची भनिन्छ। ठूलो चौंरीबाट १२ देखि १८ गिलाससम्म रगत झिकिन्छ। रगत झिकिसकेपछि घाउमा चौंरीकै गोबर दलेर छोडिन्छ। यसो गर्दा  रक्तश्राव पनि हुँदैन र चौंरीलाई समस्या पनि नपर्ने उनीहरू बताउँछन्।

रगत पिउने मेलामा रगतको मात्र व्यापार हुँदैन मासु, घ्यू आदिसमेत बिक्री हुन्छ। ठूलो याक वा चौंरी २० देखि ३० हजारमा काटिन्छ। याकको  सुकुटी निकै स्वादिलो मानिन्छ। बाथका रोगीले चौंरीगाईको घ्यूले मालिस गर्न सक्छन्। चौंरीको एक माना नौनी घ्यूको ३ सय रुपैयाँ पर्छ। चौंरीको दूध  जमाएर छुर्पी बनाइन्छ। एक माना छुर्पीको मूल्य १ सय रुपैयाँ पर्छ। चौंरीको एउटा पुच्छरलाई १ हजार ५ सय रुपैयाँसम्म पर्छ।  हिन्दु परम्पराअनुसार विवाह आदि कार्यमा चौंरीको पुच्छर डोलाउने चलन छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out