सायद : रुचाइएका टपटेन डायलग

अहिले मलका स्क्रिन, हल ट्रेलर, टेलिभिजन, रेडियोमा जतासुकै हेर्नु र सुन्नु भयो भने एउटा डायलग सुन्नुहुनेछ –नाइन एइट् फोर वान..बाँकी सबै आफै हान् । यो डायलग (संवाद) यति चर्चित बनेको छ कि कलेज, क्यान्टिन, रेष्टुराँ र सार्वजनिक थलोमा समेत तन्नेरीले मोबाइल संवादमा यो डायलग बोल्ने गरेका छन् । अभिनेता विल्सनविक्रम राई अन्तवार्ता दिन टिभी र रेडियो छिर्‍यो कि यो डायलग बोलिहाल्छन् । ‘बल हैन पासा, दिमाग लगा दिमाग’ लुटको यो डायलग यति चर्चित भयो कि त्योभन्दा उचाइमा ‘सायद’को यो संवाद चलेको छ ।

‘सायद’का टपटेन डायलग यहाँ प्रस्तुत गरिएको छ । पछिल्लो समय सिनेमामा यथार्थ जीवनको कुराकानीलाई संवादको स्वरुप दिने ट्रेन्ड विकास भएको छ । छोटो, मीठा, मर्मस्पर्शी, उखान र बोलिचालीमा प्रयोग गरिने भाषालाई सिनेमाले टिप्न थालेको छ । जस्तै ‘सायद’का यी डायलगले कलेज तन्नेरीको मनोविज्ञान र शैलीलाई गजबले प्रतिविम्वित गरेको छ ।

१) नाइन् एइट् फोर वान..बाँकी सबै आफै हान् ।
२) बाजा भाडामा नलिएर के सारङ्गी भाडामा लिने ?
३) यो बबाल चीज कसले बनायो होला, त्यसलाई हाम्रो कलेजमा लगेर सम्मान गर्नुपर्ने ।
४) जाबो इलेभेनमा पढ्नेलाई भाइ नभनेर, के दाई भन्नु ?
५) मलाई कोरियन फर्सी भन्यो भने, भोलिदेखि नेपाल बन्द् ।
६) कलेज प्रिन्सिपल र फाउन्डरको मात्र होइन, हामी स्टुडेन्टहरूको पनि हो ।
७) तेरो दाईलाई त उल्टो फर्काएर देखाइदिनुपर्ने ।
८) तेरो बूढी च्वाँख लाग्यो, त्यसलाई उठाउनलाई हो ।
९) गए हाम्रा गाँजा खाने दिनहरू ।
१०) सुड्डी अन्टीहरूसँग लभ गर्‍यो, टेन्सन पनि हुन्न ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out