बिहेकै दिन बच्चा जन्मियो !!!

बिहेअघिको सेक्स अनैतिक र अवैध मानिने हाम्रो समाजमा बिहे भएको ९ महिना भन्दा अघि नै बच्चा जन्मियो भनेपनि मान्छेले विभिन्न कुरा काट्छन् । त्यसैले बिहेकै दिन कुनै महिलाले बच्चा पाउने कुरा कल्पना पनि गर्न सकिन्न । तर बेलायतमा भने एक किशोरीले बिहेकै दिन बच्चा जन्माएकी छिन् । बिहे गरेको केही घण्टापछि नै छोरो जन्माएकी ती किशोरी सोही बेलुकी आफ्नो बिहेको पार्टीमा आफ्नो नवजात छोरालाई सँगै लिएर सहभागि भइन् ।
२५ वर्षका आरोन र १९ वर्षकी ड्यानिल क्लिउलोको जोडीले बिहेकै दिन छोरो जन्माएर सबैलाई अचम्ममा पारे । आफ्नो गर्भ ३८ हप्ताको पुगिसकेकोले उनको पेट निकै ठूलो भएको थियो ।
ठूलो पेट आगन्तुकले देख्लान् र खिसी गर्लान् भनेर उनी बिहे समारोहमा ह्वाङ्लाङ्गको गाउन लगाएकी थिइन् । अझ बिहेको दिन बिहानैदेखि पेट दुखेकाले क्लिउलो पीडा सहँदै बिवाह समारोहमा गएकी थिइन् । विवाह सकिएलगत्तै उनको पेट सहनै नसक्ने गरेर दुख्नथाल्यो । पेटको बच्चा ३८ हप्ताको पुगिसकेकाले बच्चा जन्मिनकै लागि पेट दुखेको होला भनेर उनलाई बेहुला आरोनले अस्पताल दौडाइहाले । अस्पतालमा पूराएको आधा घण्टामै उनले सामान्य प्रक्रियाबाट छोरा जन्माइन् । उनको स्वास्थ्य अवस्था राम्रो भएकाले केही घण्टामै डाक्टरहरुले उनलाई डिस्चार्ज गरे ।
यता बेहुलाबेहुली अस्पताल कुँदेपनि उनीहरुको बिहेको पार्टी भने रोकिने कुरै भएन । त्यसैले हँसिमजाक गर्दै बिहेको प्रीतिभोज चलिरहेको थियो । अस्पताल गएका बेहुलाबेहुली प्रीतिभोजमा आउन सक्लान् भनेर कसैले पनि आश गरेको थिएन । तर एक्कासी बेहुला आरोन नवबेहुली र नवजात छोराको साथमा टुप्लुक्क भोजमा आइपुगेपछि सबैजना छक्क परे । बिहे र बच्चा एकैदिन भएकोमा त्यो जोडीलाई शुभकामनाको ओइरो नै लाग्यो । के गर्नु ? हाम्रो नेपालमा यस्तै घटना घटेको भए त्यस्ता जोडीलाई समाजबाटै बहिस्कार गर्न बेर लाग्दैनथ्यो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out