खोजी सन्नीको

पोर्नस्टार सन्नी लिओन बलिउडमा सर्वाधिक गुगल गरिने सेलिब्रिटीको सूचीमा परेकी छिन्, जसका कारण उनलाई भारतमा अहिले 'मोस्ट  गुगल्ड सेलिब्रेटी' भन्न थालिएको छ। यस्तो खोजीमा सन्नीले भारतीय अभिनेत्रीहरू कटरिना कैफ, करिना कपुर तथा ऐश्वर्य राय बच्चनलाई  समेत पछि पारेकी छिन्। लिओन भारतीय टेलिभिजन च्यानल बिगबोसको पाँचौं संस्करणमा सहभागी भएपछि यो उपमहाद्वीपमा चर्चामा  आएकी हुन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार गुगलमा उनको तस्बिर कट्रिना कैफभन्दा पाँच गुणा बढी, ऐश्वर्याभन्दा दुई गुणा तथा  करिना भन्दा नौ गुणा बढी खोजिएको-हेरिएको छ। भारतीय मूलकी क्यानाडेली नागरिक सन्नी महेश भट्टले निर्माण गरिरहेको चलचित्र 'जिस्म -२' मा काम गरिरहेकी छिन्।
इन्डो क्यानेडियन पोर्न स्टार सन्नी लिओनलाई बलिउडको पर्दामा आइटम डान्स गरिरहेको पनि देख्न पाइनेछ। सन्नीले एकता कपुरको रागिनी  एमएमएस टु पनि साइन गरिसकेकी छिन्। स्रोतका अनुसार अमिताभ बच्चन अभिनीत पुरानो चलचित्र जञ्जिरको रिमेकमा सन्नीले आइटम  डान्स गर्न मञ्जुरी दिएकी हुन्। त्यसो त सन्नीले यसअघिका आइटम डान्सका प्रस्ताव नकार्दै आएकी थिइन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out