मनीषादेखि को खुसी ?

मुम्बई (एजेन्सी), वैशाख २१ - नेपाली चेली मनीषा कोइरालाका विगतका दुई/चार वर्ष अन्त्यन्तै उतार-चढावमा बिते । ढिलै भए पनि उनले व्यापारी सम्राट दाहालसँग विवाह गर्नु जसरी एउटा खुसीको कुरा थियो त्यसैगरी दाम्पत्यजीवनमा आएको खटपटले उत्तिकै तनाव पनि दियो ।

केही वर्षको ग्यापपछि उनी पुनः बलिउड फर्किसकेकी छन् । पुराना साथी रामगोपाल बर्माको फिल्म 'भूउउउ' बाट पुनरागमन गरेकी मनीषालाई भने यतिबेला खुसी मिलेको छ । तनावका कारण शारीरिक सौन्दर्यमा समेत गिरावट आएको आलोचना खेपिरहेकी मनीषालाई बर्माले उनको कामका लागि बधाई दिएका छन् । 'उनको अभिनय पहिले जत्तिकै सानदार देखेपछि एकदमै खुसी लाग्यो,' थ्रीडी प्रविधिमा बनाइरहेको उक्त हरर फिल्ममा मुख्य भूमिकामा खेलिरहेकी मनीषाका बारेमा निर्देशक बर्माले भने, 'थ्रीडीमा फिल्म बनाउनु साह्रै गाह्रो काम हो तर मनीषाले यसलाई सहज बनाइदिएकी छन् ।' उनले मनीषासँगको आफ्नो सुमधुर सम्बन्धले गर्दा पनि काम गर्न सजिलो भएको बताए ।
आलोचनाका लागि कहलिएका बर्माले मनीषाको खुलेर गरेको प्रशंसाले पनि दुईको सुमधुर सम्बन्धलाई प्रस्टयाउँछ । त्यसो त बर्माकै फिल्म 'कम्पनी' बाट उनले उत्कृष्ट नायिकाको फिल्मफेयर अवार्ड जितेकी थिइन् । पोस्ट प्रोडक्सन चरणमा पुगेको 'भूउउउ' लाई सुटिङमै थ्रीडी प्रविधिमा खिचिएकाले एकदमै संयमित भई काम गरेको बर्माले खुलाए । टुडीमै खिचेर पनि थ्रीडीमा परिवर्तन गर्न सकिने भए पनि गुणस्तरका लागि यसो गरिएको उनले बताएका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out