बलात्कारको आरोपमा निर्दोषको बली


साढे पाँच महिनाकी गर्भवती बालिकाको पेटमा रहेको बच्चा उनकै हो भन्ने दाबी गरेर मुकेश साहलाई थुनामा राखियो। अनुसन्धानका क्रममा अदालतले पुर्पक्षका लागि उनलाई जेल पठाएको थियो। आफू निर्दोष रहेको दाबी गर्दै उनले डीएनए परीक्षणको माग गरे। बालिकाले जन्माएको छोरा तथा आरोपित मुकेशको डीएनए परिक्षण गर्दा उनी निर्दोष रहेको साबित भयो। निजी विद्यालयमा प्रार्थनाको समयमा शिक्षकले आफूलाई विद्यालयको कुनामा बलात्कार गरेको बालिकाले दाबी गरेकी थिइन्। प्रहरीले बालिका र शिक्षक मुकेशलाई फरक-फरक ठाउँमा राखेर बयान लिँदा आरोप प्रमाणित हुन नसक्ने देखिएपछि मुकेश रिहा भएका थिए। बालिकाले प्रहरीलाई त्यस बेला आफ्नै मामाको गर्भ रहेको बताएपछि आफूलाई प्रहरीले छाडेको मुकेशले बताए, तर त्यसको केही समयपछि एउटा एनजीओको दबाबमा ती किशोरीको गर्भको जिम्मेवारी थोपर्ने एवं उनीमाथि बलात्कारको अभियोग लगाउने झूटा प्रयास गरियो ।

बलात्कार गर्नेहरू पक्राउ नपरी खुलेआम घुमेका घटना यदाकदा सुनिन्छन्। बलात्कार प्रमाणित नभएर अपराधीले सजाय नपाएका घटना पनि सुनिन्छ, तर मोरङमा बलात्कारको आरोपमा १० महिना जेल बसेपछि निर्दोष साबित भएर एक युवक हालै रिहा भएका छन्।

मोरङको पुरानो सदरमुकाम रंगेली-२ का एक युवकलाई उनैले पढाउने विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकालाई जबरजस्ती गरेर गर्भवती बनाएको आरोप लाग्यो। स्थानीय क्याम्पसमा बिबिएस पहिलो वर्षमा अध्ययनरत मुकेशकुमार साह आरोप प्रमाणित हुन नसकेपछि १० महिना जेल बसेर निस्किएका छन्। दस महिना जेल परेपछि निर्दोष साबित भएर निस्किएका साहले सरकारसँग क्षतिपूर्तिको मागसमेत गरेका छन्।

उनले आफूमाथि झूटा आरोप लगाएर जेल पठाउन बाध्य पार्नेलाई सार्वजनिक गरी राज्यले क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन्। 'म पक्राउ परेदेखि छुट्दासम्म २ लाख रुपैयाँ खर्च भयो,' मुकेशले भने- 'मेरो आत्मामा परेको चोट कसरी निको हुन्छ ?, भविष्यमा आउने समस्याको जिम्मेवारी कसले लिन्छ।' नखाएको विष लागेपछि मानसिक पीडा बढेको बताउने मुकेशको जेल यात्राले उनको अध्ययन पनि बिग्रिएको छ।

साढे पाँच महिनाकी गर्भवती बालिकाको पेटमा रहेको बच्चा साहकै हो भन्ने दाबी गरेर मुकेशलाई थुनामा राखियो। अनुसन्धानका क्रममा अदालतले पुर्पक्षका लागि उनलाई जेल पठाएको थियो। आफू निर्दोष रहेको दाबी गर्दै उनले डीएनए परीक्षणको माग गरे। बालिकाले जन्माएको छोरा तथा आरोपित मुकेशको डीएनए परिक्षण गर्दा उनी निर्दोष रहेको साबित भयो। मुकेशका अनुसार, गएको माघ १६ मा उनलाई नख्खु जेल काठमाडौ लगियो। फागुन १६ मा विधि विज्ञान प्रयोगशाला खुमलटारमा डीएनए परीक्षण भयो। डीएनए रिपोर्ट आएकै दिन अदालतले रिहाईको आदेश दियो।

गत चैत २८ गते जेलबाट छुटेर मुकेशले रंगेलीमा चक्काजाम नै गरे। उनका अनुसार, निजी विद्यालयमा प्रार्थनाको समयमा शिक्षकले आफूलाई विद्यालयको कुनामा बलात्कार गरेको बालिकाले दाबी गरेकी थिइन्। त्यस बेला मुकेश पक्राउ परे। प्रहरीले बालिका र शिक्षक मुकेशलाई फरक-फरक ठाउँमा राखेर बयान लिँदा आरोप प्रमाणित हुन नसक्ने देखिएपछि रिहा गरेको थियो। बालिकाले प्रहरीलाई त्यस बेला आफ्नै मामाको गर्भ रहेको बताएपछि आफूलाई प्रहरीले छाडेको मुकेशले बताए।

त्यसको केही दिनमै एउटा एनजीओको दबाबमा प्रहरीले आफूलाई गत असार १२ गते पक्राउ गरी जबरजस्ती करणीको मुद्दा चलाएको उनको आरोप छ। सन ग्लोरी बोर्डिङ रंगेलीमा पढाउन थालेको चार महिनामै आफूमाथि उक्त आरोप लागेको उनको भनाइ छ। 'पढाउन थालेको चार महिना भएको थियो, आरोप लाग्दा बालिकाको पेटमा साढे पाँच महिनाको गर्भ थियो,' मुकेशले भने- 'मेरो कुनै पनि आग्रह सुनिएन, बालिकालाई बनावटी बयान दिन लगाइयो।'

महिला अधिकारका पक्षमा वकालत गर्ने एनजीओले निर्दोषलाई बिनाकसुर जेल हाल्न बाध्य पारेको बताउँदै उनले त्यसका लागि जिम्मेवार व्यक्तिहरूमाथि कारबाही चलाउनुपर्ने अपिल विज्ञप्तिमार्फत गरेका छन्। आफ्नो सामाजिक, मानसिक, शारीरिक एवं आर्थिक क्षतिको भर्पाई राज्यले दिनुगर्ने १० महिना जेल परेर निर्दोष साबित भएका युवकहरूको माग छ। जेल गएपछि बीबीएसको परीक्षा दिन नपाएका मुकेश पुनः अध्ययनको तयारीमा जुटेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out