स्याउ र सुन्तला जस्ता फलफूल खाने मानिसमा रगत जम्ने समस्या नहुने र रक्तसंचार प्रणाली स्वस्थ बन्ने एक अध्ययनले देखाएको छ ।
हार्वड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले सुन्तला तथा स्याउ
लगायतका फलफूलमा हुने रुटिन नामको रसायनले धमनी तथा शिराहरुमा रगत जम्नबाट
रोक्दछ ।
शोधकर्ताहरुका अनुसार रुटिन ब्लाक तथा ग्रीन टी मा पनि पाइन्छ । यो
रसायन भविष्यमा हृदयाघातबाट बचाउने उपचारको रुपमा समेत प्रयोग हुनसक्ने
सम्भावना शोधकर्ताहरुले दर्शाएका छन् ।
टीमले अध्ययनका क्रममा उक्त रसायनले त्यस्तो खतरनाक इन्जाइमलाई रोक्न
मद्धत गर्दछ जसले नशाभित्रै रगत जमाउनमा भूमिका खेल्दछ । प्रोटिन
डाइसल्फाइट आइसोमरेज -पिडीआइ) नामको यो इन्जाइम सरीरबाट निकै तिब्र गतिमा
निस्किन्छ जब धमनि तथा शिराहरुमा रगत जम्न थाल्दछ ।
वैज्ञानिकहरुले कम्प्युटर मोडेलको प्रयोग गरी पिडीआइलाई रोक्नका लागि
रुटिन समेत विभिन्न ५ सय प्रकारका विभिन्न रसायनको क्षमता जाँच गरेका थिए ।
त्यसक्रममा रुटिन उक्त इन्जाइम रोक्न सबैभन्दा बढि प्रभावकारी देखिएको
थियो ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago