नायिकाले नायिकालँई चुमेपछि ...

सिंगापुरको एक अवार्ड वितरण कार्यक्रममा सिंगापुरका नायिकाद्वय भिभिआन लाई र केट पाङले एकअर्कालाई चुम्बन गरेपछि त्यो विवाद र चर्चाको विषय बनेको छ।
सिंगापुरको मारिआना बे सेन्ड्समा भएको स्टार अवार्ड शो २ को कार्यक्रमकी सञ्चालिका समेत रहेकी ३६ वर्षीया लाईले टप टेन मस्ट पपुलर फिमेल आर्टिस्टअन्र्तगत न्युकमर अवार्डको विधामा पाङको नाम घोषणा हुनेबित्तिकै उनी पछाडि रहेकी पाङसँग लाईले एक सेकेन्डका लागि ओठ जोड्न पुगिन्। च्यानल ८ ले प्रत्यक्ष प्रसारण गरेको शोमा महिला–महिलाबीचको यो चुम्बन यति चर्चित भयो कि सबै सञ्चारमाध्यमको प्रमुख समाचार नै बन्न पुग्यो।
उनीहरुको आलोचना गर्दै चीनको दैनिक पत्रिका लिआन्ही वान्बाओ र द न्यु पेपरले प्रत्यक्ष प्रसारण भइरहेको

कार्यक्रममा दुई स्टारले चुम्बन गर्नु आफैंमा अनुपयुक्त र सिंगापुरजस्तो संकुचित समाजलाई त्यो अमान्य भएको जनाए। च्यानल सञ्चालक संस्था मिडिया कोर्पका उपाध्यक्ष पाउल चानले चुम्बनको दृश्य सेन्सर गरेर मात्र कार्यक्रम पुनः प्रसारण गरिने जानकारी दिए। उनले अवार्ड प्राप्त गरेपछि नायिकाद्वयले गरेको चुम्बनलाई आपत्तिजनक नमान्नुपर्ने धारणा राखेका थिए। ‘आवेशमा आएर खुसी साट्नु आपत्तिजनक हो जस्तो मलाई लाग्दैन’ –उनले सञ्चारमाध्यमसित भनेका छन्।
द न्यु पेपरका अनुसार लाई र पाङ ताइवानी हुन् र उनीहरु आफूलाई दिदीबहिनी मान्छन्। त्यही कारण उनीहरु आफ्नो चुम्बनलाई ठूलो मान्दैनन्। ‘मलाई लाग्छ हाम्रो चुम्बनको कुरा समयभन्दा धेरै फैलियो। किनकि हामीले एक सेकेन्ड मात्र चुमेका थियांै’, लभ दाइ नेबोर फिल्मका लागि बेस्ट सपोर्टिङ एक्ट्रिसको अवार्ड जितेकी लाईले भनिन्– ‘ओस्कार जस्तो यो भव्य कार्यक्रममा खुसीले मात्र चुमेका हौं। हामी स्विकार्छौं हङकङ र ताइवानका महिला सेलिब्रेटीका लागि चुम्नु ठीक होला, तर सिंगापुरका लागि पक्कै होइन होला।’ उनको दुई सन्तान छन्। ‘सबै जना आफ्नो खुसीमा रमाउन इच्छायुक्त काम गर्छन्, तर मेरो चुम्बनले गर्दा सबैमाथि दबाब परेको हो भने अर्को पटकदेखि म यो कुरामा संयमित हुनेछु’ –उनले भनेकी छन्। लाईले दुई वर्षअघिको स्टार अवार्डमा पनि स्थानीय नायिका तथा कार्यक्रम सञ्चालक मिसेल चोङलाई चुम्बन गरेकी थिइन्।
तर सिंगापुरका युवाले नायिकाको चुम्बनलाई ठूलो कुरा मानेका छैनन्। ‘यो छोटो समयको चुम्बनलाई राष्ट्रिय टेलिभिजनले पनि यति ठूलो प्राथमिकता दिनुपर्छ जस्तो लाग्दैन’, २६ वर्षीया विद्यार्थी माभेरिक आङले भनिन्– ‘तर हलिउडको जस्तो चुम्बन भए हाम्रा लागि पनि आपत्तिजनक हुन्थ्यो।’ संस्थाकी सेल्स मेनेजर ३० वर्षीया क्लाउडिया तानले अवार्ड कार्यक्रममा नायिका भोनी लिमले नायक केभिन सोह, नायक तथा डीजे डेनिस चिउले लाई र लिमलाई पपुरल अवार्ड जित्दा चुम्बन गरेको खुलाइन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out