बर्षमा कम्तिमा १६७ चोटि ठाकठुक पर्छ पतिपत्नीबीच

हरेक पतिपत्नीबीच सानातिना कुरामा मनमुटाव र ठाकठुक सधै जसो भइरहेको हुन्छ । जसलाई हरेक दम्पतीले सरलता तथा स्वभाविक रुपमा लिने गर्दछ । हरेक दम्पती बिचमा कुनै कुनै कुरामा बेला मौका विवाद भइरहेको हुन्छ ।

तर यस किसिकको विवाद र मनमुटावलाई दम्पतीहरुले ख्याल गरेको हुँदैन ।  तर यस खाले मनमुटाव र विवादको हिसाबकिताब राख्ने हो भने एक बर्षमा दम्पतीबीच कतिचोटी ठाकठुक पर्ला अनुमान लगाउनु भएको छ । तपाईको अनुमानलाई हालै भएको एक अध्ययनले सहि साबित गर्नेछ ।  सो अनुसन्धानले बेलायतमा एक बर्षमा पतिपत्नीबीच अनेक बहानामा कम्तीमा पनि १६७ चोटि झगडा पर्ने गरेको तथ्य खुलाएको छ ।

बेलायतको सबैभन्दा ठूलो होटल ब्रान्डोमा गरिएको एउटा अध्ययनले यो कुरा बाहिर ल्याएको हो । सो अध्ययनमा ब्रिट्रेनका हरेक दश दम्पती हप्तामा दुईचोटी जीवनसाथीको घुर्ने बानीका कारण झगडा पर्ने देखिएको छ । डेली एक्सप्रेसका अनुसार दश प्रतिशत दम्पतीले पार्टनरको हल्लाखोरे स्वभाव र घुराइका कारण हरेक आफ्नो निद्रा बाधा पुगेको बताएका छन् ।

सोही कारणले गर्दा बेलायतमा दश प्रतिशत दम्पतीले आफ्नो सम्बन्ध विच्छेदको बारेमा समेत सोच्ने गरेको बताएका छन् । अधिकांश पत्नीहरुले यस्ता ठाकठुकको कारणमा बढी मात्रमा पतिको सामानहरु अव्यवस्थिति रुपमा राख्नु रहेको बताएका छन् । 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out