छनोट सूचिमा थिइनन् सृष्टि

स्मृति ढुंगाना, काठमाडौं, वैशाख २६- सुरुको छनोट सूचीमा नाम समावेश नभए पनि अन्तिम अवस्थामा सहभागी भइ सृष्टि श्रेष्ठले मिस नेपाल जितिन्। आइतबार राजधानीमा आयोजित मिस नेपालको फाइनलमा २३ वर्षीया सृष्टिले १५ प्रतियोगीलाई उछिन्दै उपाधि हात पारेकी हुन्। चैत २० मा आयोजकले तयार पारेको 'मिस नेपाल २०१२'को अन्तिम २३ प्रतियोगीको सूचीमा सृष्टिको नाम समावेश थिएन।

त्यतिबेला सोनम सिंह, निर्मिता सुवेदी, नग्मा श्रेष्ठ, शुभेच्छा खड्का, वन्दना तण्डुकार, हिना श्रेष्ठ, प्रशंसा राणा, निलम चन्द, दिलाशा जिसी, अञ्जली प्रधानाङ्ग, प्रोनिका शर्मा, अकेसा विष्ट, सबिता मानन्धर, अलिशा कुँवर, इन्दिरा राई, सुजिता बलामी, निजु दाहाल, दर्शना पन्त, श्वेता सिंह, रस्मिता महर्जन, दीक्षा श्रेष्ठ, सविना श्रेष्ठ र नमिता गुरूङको मात्र नाम मिडियालाई दिइएको थियो।

उनी अन्तिम छनोट सार्वजनिक भएको भोलिपल्ट लन्डनबाट काठमाडौं आएको खुलेको छ। उनले अरूले जसरी अडिसन पनि दिइनन्। 'सृष्टि चैत २१ मा काठमाडौं आइपुगेकी हुन्। दुई महिनादेखि मिस प्रतियोगिताको खबर आएपछि उनलाई यहाँ पठाएका थियौं। यसअघि दुई पटक उनले मिस नेपाल प्रतियोगिता छाडेकी थिइन्,' सृष्टिका बाबु ईश्वर श्रेष्ठले भने। उनी १२ वर्षदेखि लन्डनमा होटल व्यवसाय गर्दै आएका छन्।

कार्यक्रममा उपस्थित हुन काठमाडौं आइपुगेका श्रेष्ठले भने, 'छोरीको रूचि मोडलिङतिर भएकोले एकपटक भाग लिओस् भनेर नेपाल पठाएको हुँ। उपाधि जित्छिन् भन्ने विश्वास निकै थियो।' मिस नेपाल २०१२ की प्रतियोगी अकेसा विष्ट भन्छिन्, 'हाम्रो ओरियन्टेसन कक्षामा सृष्टि थिइनन्। प्रशिक्षण सुरू भएपछिमात्र उनी आएकी हुन्।' हिडन ट्रेजरका गीरेन्द्रमान राजवंशीले फर्म खुला गरेपछि उनी अडिसनबाट छानिएको बताए। 'ओरियन्टेसन, प्रशिक्षण र विभिन्न कार्य हेरेर उनी छानिएकी हुन्,' टप २३ पछि पनि आफूहरूले फाइनलिस्ट निकाल्ने हँुदा सृष्टि त्यसमा समावेश भएको उनको तर्क छ।

असारको दोस्रो हप्ता चीनको इनर मंगोलियामा हुने मिस वर्ल्डमा सृष्टिले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्। दुई वर्षको तयारीपछि आफूले उपाधि जितेको उनको कथन छ। अभिनय र नृत्यमा रुचि राख्ने सृष्टिलाई नेपाली फिल्ममा पनि रहर छ। सृष्टिले भनिन्, 'सपना पूरा भएको छ। एकपटक बाल मन्दिरका साना भाइबहिनीसँग केही समय बिताउन चाहन्छु।' मोडलिङमा समेत लागेकी उनी बिएससी नर्सिङ दोस्रो वर्षमा अध्ययनरत छिन्।

कुनै समय प्रेम सम्बन्धमा गाँसिएको उनले खुलाइन्। '१८ वर्षको हुँदा एक नेपालीसँग गाँसिएको प्रेमसम्बन्ध तीन वर्ष चल्यो। जित हात पारेपछि उसको ममीसँग फोनमा कुरा गरेँ,' अहिले भने कसैको प्रेममा नपरेको उनले प्रष्ट पारिन्। उनले विदेश बसेर मोडलिङ गर्दा प्लास्टिक सर्जरी गरेको कुरा पनि चर्चामा छ। तर, उनले सिधै अस्वीकार गरिन्। 'एकपटक गर्ने मुडमा थिएँ। पछि धेरै समस्याहरू हुने भएपछि त्यसबारे ध्यान दिइनँ,' कार्यक्रममा कन्पि्कडेन्टको समेत पगरी गुथेकी सृष्टिले भनिन्। कार्यक्रममा उनले प्लेजर स्कुटर सहित ५० हजार रुपैयाँ पाएकी छिन्।

रिपब्लिका मिस कलेज २००९ की विजेता नग्मा श्रेष्ठले प्रतियोगितामा फस्ट रनरअपको ताज हात पारिन्। उनलाई मिस अर्थमा सहभागी हुने अवसर मिलेको छ। कात्तिक १२ मा फिलिपिन्समा हुने प्रतियोगितामा उनी सहभागी बन्नेछिन्। ३५ हजार रुपैयाँ सहित उनले मिस स्माइल पनि जितिन्। सेकेन्ड रनरअप भइन् शुभेच्छा खड्का। २५ हजार सहित असोज १३ मा जापानको ओकिनावामा हुने मिस इन्टरनेसनलको फाइनलमा उनले नेपालको प्रतिनिधित्व गर्नेछिन्। प्रतियोगितामा अकेसा विष्ट 'ट्यालेन्ट' र 'फोटोजेनिक' भइन्। 'पब्लिक च्वाइस'को उपाधि निलम चन्दलाई मिल्यो। सबै उपाधि विजेताले १० हजार पाए। प्रतियोगितामा विभिन्न सहरका १८ देखि २४ वर्षका प्रतियोगीले भाग लिएका थिए। कार्यक्रमको फाइनलसम्म आईपुग्दा १६ जना मात्र सहभागी थिए।

ताज हस्तान्तरणसँगै बिदाइ मन्तव्य दिँदै अघिल्लो मिस नेपाल मलिना जोशीले व्यक्तित्व विकासका साथ देशको वास्तविकता नजिकबाट नियाल्न पाएको अनुभव सुनाइन्।
व्यवस्थापनको कमजोरीझन्डै ४ सय दर्शक अट्ने ठाउँमा ६ सय हाराहारीका दर्शक प्रवेश गराइएको थियो। राजधानीको होटल अन्नपूर्णमा दर्शकहरू उठेरै कार्यक्रम हेर्न बाध्य देखिन्थे। 'आफ्ना निम्तालु बोलाएपछि व्यवस्थित हुनु जरूरी छ। यो कुरा मिस नेपालमा लागू भएन। भिआइपी पासलाई मात्र स्टेजको अघिल्लो भागमा बस्ने व्यवस्था गरेर हामीजस्ता दर्शकलाई कुनै सुविधा थिएन,' ललितपुरबाट कार्यक्रम हेर्न आएका जेम्स शाक्यले भने।
पछाडि बस्नेले स्टेजको दृश्य राम्ररी हेर्न पाइरहेका थिएनन्। साउन्डको खराबीले कार्यक्रम अझै नराम्रो बनायो। ब्याक स्टेजजस्तो संवेदनशील ठाँउमा दर्शक सहजै आवतजावत गरिरहेका थिए। 'हामीले तोकिएको सिटलाई ध्यानमा राखेर निम्तालु बोलाएका थियौं। होटलले बाहिरी मान्छे छिराएको हुन सक्छ,' आयोजक गोपाल सुन्दरलाल कक्षपतिले आरोप लगाए।

कार्यक्रमको कोरियोग्राफी रचना शर्मा र प्रशान्त ताम्राकारले संयुक्त गरेका थिए। कुशकुमार जोशी, सदीक्षा श्रेष्ठ, ऋचा शर्मा, सिमि्रका शर्मा, निरज कोइराला, निर्वाण चौधरी, विशाल कपुर, अमृता ज्ञवाली, कीर्ति बेगानी, पशुपति मुरारका, उपौल मजुम्दार प्रतियोगिताका निर्णायक थिए। यो मिस नेपालको १८ औं संस्करण हो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out