अफिस आउँदा सेक्सी ड्रेस नलाउन उर्दी

महिलाहरुको विषयमा विभिन्न अनौठा नियम बनाएर बेलाबेलामा चर्चामा आउने भारतको हरियाणा राज्य सरकारले महिला कर्मचारीहरुलाई कार्यालय आउँदा सेक्सी कपडा नलगाउन उर्दी जारी गरेको छ ।
हरियाणाको महिला तथा बालबालिका मन्त्रालयले एक आदेश जारी गर्दै महिला सरकारी महिला कर्मचारीहरुलाई भद्र कपडा पहिरिएर मात्र अफिस आउन भनेको हो ।
स्कर्ट, टिसर्ट तथा टाइट पाइन्टका कारण महिलाहरुमाथि गलत मनसाय भएका पुरुषहरुको आँखा लाग्ने मात्र नभइ भडि्कला ड्रेस लगाउने प्रतिस्पर्धा समेत चल्ने र कर्मचारीहरुबीच उँचनीचको भावना जाग्ने भन्दै मन्त्रालयले यस्तो नियम बनाएको बताएको छ ।

सरकारले भारतीय पोषाक शूट तथा सारी ब्लाउजलाई भद्र पोषाक भनेको छ । स्मरण रहोस् हरियाणामा बालकल्याण मन्त्री, मन्त्रालयका सचिव, वित्तिय आयुक्त तथा मुख्य सचिव लगायतका मुख्य सरकारी पदमा महिला पदाधिकारी आसिन छन् । पछिल्लो निर्णय महिलाहरुकै भलाइका निम्ति गरिएको भन्दै सरकारले आदेश उल्लंघन गर्नेमाथि कारवाही समेत गरिने बताएको छ । भारतको हरियााणामा बालिका भ्रुणहत्या तथा इज्जतको निहुँमा गरिने महिलाको हत्या लगायतका कारणले लैंगिक असन्तुलन बढेको र महिलामाथिको हिंसा उच्च रहेको बताइन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out