जेठ १२ गतेबाट रिलिजमा आउने तयारी गरिरहेको चलचित्र 'द लास्ट किस'की नायिका शोभिात सिंखडा र निर्माता युवराज खत्रीबीच चलचित्रको तस्विरमा विवाद भएको छ ।
फिल्मको प्रोमोशन गर्दा फोटोमा आफूलाई कम प्राथमिकता दिएको भन्दै शोभिता रिसाएकी हुन् । आफ्नो भन्दा जुनियर नायिकाको बढी प्रमोशन गरेको भनेर कतारबाटै कराएकी हुन् । उनले निर्मातासँग मभन्दा जुनियर कलाकारलाई प्रमोशन गर्नुभएछ भन्दै चित्त दुखाएकी हुन् ।
चलचित्र द लास्ट किसमा शोभिताले मुख्य भुमिका निभाएकी छिन् । तर सेन्सर बोर्डले भने चलचित्रलाई सेन्सर पास भने गर्न मानेको छैन । चलचित्रलाई बी.पी. फुयालले निर्देशन गरेका हुन् भने युवराज खत्रीले निर्माण गरेका हुन् ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago