प्रियंका चोपडा अब गायिका


शाहरुख खान सँगको लसपसका कारण बलिउडका अरु मान्छेहरु ठुस्किएपछि पछिल्लो समय अभिनेत्री प्रियंका चोपडा एक्ली जस्ती भएकी छिन् । आफुसँग रिसाएकाहरुलाई फकाउन विभिन्न हतकण्डा अपनाएपछि दुर्गा दाहिने भैसकेका छैनन् उनका । र एक अर्थमा भन्नुपर्दा चोपडाका लागि वर्तमान समय निरासाजनक रुपमा बितिरहेको छ । तर सुख र दुख चर्खा झैँ घुमिरहन्छ भनेझैँ यो निरासाको बीचमा चोपडाको लागि एउटा खुसीको खबर पनि आएको छ ।

चोपडाले आफ्नो बाल्यकालदेखिको एउटा चाहना पूरा गर्न पाउने भएकी छिन् । अर्थात् उनी अब गायिका समेत बन्दैछिन् । चोपडाले फिल्म क्रिस ३ मा गित गाउने भएकी छिन् । निर्माता राकेश रोशनले उक्त फिल्ममा चोपडाले एउटा गीत गाउने खुलासा गरेका छन् ।

तर चोपडा आफैले भने फिल्ममा गीत गाउने कुराको पुष्टि गरिसकेकी छैनिन् । आफ्नो म्युजिक एल्बमको तयारीका लागि चोपडा अहिले अमेरिकामा छिन् । यद्यपि चोपडाले यसअघि विभिन्न फिल्ममा पाश्र्वगायनका लागि आएको प्रस्ताव अस्विकार गरेकी थिइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out