काठमाडौं, वैशाख २७ (नागरिक)- युरोप भ्रमणमा रहेकी अभिनेत्री रेजिना उप्रेतीलाई डर थियो, कतै त्यहाँका नेपालीले नचिन्ने हो कि? '२०-२५ वर्षदेखि युरोपमा बसेकाले त झन् के चिन्ला र' भन्ने लागेको थियो। तर, सोचेभन्दा उल्टो पाइन्। 'पत्रपत्रिका र अनलाइन हेरेर सबैले नेपाली कलाकार चिनेका हुँदा रहेछन्,' रेजिनाले मंगलबार बेल्जियमबाट अनलाइनमा कुरा गर्दै भनिन्, 'यता पनि फ्यान भेटेकाले रमाइलो र खुसी दुवै लागेको छ।
डिभिडी र इन्टरनेटबाट नेपाली फिल्म हेर्दारहेछन् यता।'
करिब एक महिनाअघि फ्रान्स हुँदै बेल्जियम पुगेकी रेजिना स्वीजरल्यान्ड र लक्जमबर्ग पनि जाँदैछिन्। लक्जमबर्गमा २ सय नेपाली छन् भन्ने उनले सुनेकी छिन्। तिनलाई नृत्य देखाएर मनोरञ्जन प्रदान गर्ने कार्यक्रम छ उनको।
फ्रान्सको पेरिसमा उनी संगीतकार प्रदीप बम्जनसँग युरोपव्यापी नेपाली लोक तथा आधुनिक नृत्य प्रतियोगिताको निर्णायक बनेकी थिइन्। प्रतियोगितामा ९ वटा देशका १९ जना सहभागी थिए।
नेपालीहरुले आतिथ्य प्रदान गरेकोले घरको जस्तै खाना पाइरहेकोमा सन्तुष्ट छिन् उनी। उनलाई नेपाल, नेपाली फिल्म जगत र परिवारको यादले भने सताइरहेको छ। त्यसैले सकेसम्म छिट्टै (जुन १२) नेपाल फर्कदैछिन् उनी।
कविता श्रेष्ठसँग मिलेर उनले बनाएको फिल्म 'वरदान'को सेन्सर भइसकेको छ। मिति मिलाएर रिलिज गर्ने उनको योजना छ। युरोपमा चाहिँ आफ्नो कार्यक्रमको व्यस्तताले फिल्म चलाउने कुरै गर्न नपाएको बताउँछिन् रेजिना। तैपनि केहीले उनको फिल्ममा रुचि जगाएको छ। टुंगो लाग्न भने बाँकी छ।
आफैं टिकट काटेर गएकोले युरोप भ्रमण घुमघाम र भेटघाटमा सीमित हुने हिसाब उनको छ। 'केही देशमा कार्यक्रम बाँकी छ, त्यहाँबाट थाहा हुन्छ कमाइ,' रेजिनाले भनिन्।
पाँच वर्षअघि लन्डन गएकी रेजिना बेलायतबाहिर गएको यो पहिलोपटक हो।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago