मिस नेपाल सृष्टि भन्छिन्- 'देशको विविधतामा गर्व लाग्छ'

आठ वर्षअघि चितवनबाट सृष्टि श्रेष्ठ परिवारसहित बेलायत पुगिन् । आमा-बुवा र भाइसहित लन्डन बस्दै आएकी उनले दुई वर्षअघि बेलायतमै मोडलिङ पनि थालिन्, दर्जनभन्दा बढी र्‍याम्पमा उत्रिन् । नर्सिङमा स्नातक पढ्दै गरेकी उनलाई चित्तै बुझेन र मिस नेपालमा भाग लिन आइन् । र, ताज पहिरिन सफल पनि भइन् ।
मिस नेपालको ताज पाउँदा आँसु झार्नुभयो नि....

सानैदेखि मिस नेपालको ताज लाउने सपना बोकेकी थिएँ । सपना साँच्चिकै विपनामा परिणत हुँदा खुसीको आँसु आउँदो रहेछ ।
विजेता हुनुको पछिल्तिर आफूमा खास कुनै विशेषता देख्नुहुन्छ ?
आत्मविश्वास, सकारात्मक धारणा र सक्षमता । यिनै गुणले मलाई यो स्थानमा ल्याइपुर्‍याइदियो ।
सपनाको बाटो हिँड्ने प्रेरणाको स्रोत के हो ?
पहिलो स्रोत मेरा बुवा-आमा र परिवार । दोषचाहिँ म आफैं । सपनालाई विपनामा रूपान्तरण गर्न मैले गरेको संघर्ष र मिहिनेत महत्त्वपूर्ण छ । दृढ आत्मविश्वासका साथ काम गरे लक्ष्यमा अवश्य पुगिने रहेछ ।
मिस नेपालको ताज पहिरिँदै गर्दा स्टेजमा सबभन्दा पहिला के सम्झनुभो ?
त्यो बेला मम्मीको अनुहार झलझली सम्झें । उहाँ लन्डनमै हुनुहुन्छ । मिसिङ हर नाउ । हरेक सुखदुःखमा ममलाई सम्झिन्छु ।
अनि बुवालाई नि ?
ड्याड त आँखै अगाडि नै हुनुहुन्थ्यो । प्रतियोगिताका बेला उहाँलाई हेर्दै मैले आत्मबल बढाएकी थिएँ । विजेता घोषणा भइसकेपछि ड्याडले पनि मेरो फोटो खिच्न तँछाडमछाड गरिरहनुभएको थियो । उहाँ एकदमै हषिर्त देखिनुहुन्थ्यो । त्यतिबेला स्टेजमा उहाँलाई हग गरेर (अंगालो मारेर) खुसी सियर गर्ने मन थियो तर पाइनँ ।
मिस नेपालकै लागि भनेर बेलायतबाट आउनुभयो ।
हो, स्वदेशमा मात्र मेरो सपना पूरा हुन्थ्यो ।
मोडलिङ क्षेत्रलाई कसरी बुझ्नुभएको छ ?
सबैको आ-आफ्नै सोचाइ हुन्छ । मेरा लागि आत्मविश्वास बलियो बनाउने क्षेत्र भनेकै मोडलिङ हो । वेस्टर्न कन्ट्रीहरूमा मोडलिङ कल्चर एकदमै फराकिलो छ । यहाँ भने स्टार्टिङ फेज (बामे सर्दै) मै देख्छु । केही वर्षयता चाहिँ हामीकहाँ पनि मोडलिङ क्षेत्रलाई बुझ्न खोज्ने र मोडलहरूलाई पोजेटिभ रूपमा हेर्ने संस्कार विकास हुन थालेको पाएकी छु ।
जीवनलाई अघि बढाउन सघाउने तपाईंको खास व्यवहार ? 
हा...हा...हा..। तपाईं पनि छक्क पर्नुहुन्छ । धेरै साथीहरू छक्क पर्छन् । म सार्‍है सिम्पल र पोजेटिभ थिङकिङ राख्ने युवती हुँ । जतिसुकै रिस उठाउने कुरा गरे पनि पोजेटिभ थिङकिङले तुरुन्तै रिस मार्ने गर्छु । अब त यो ह्याबिट (बानी) नै भइसक्यो । साथीहरू रिसाए भने मचाहिँ हाँसी-हाँसी गफ गरिदिन्छु । फ्याक्ट र तर्कपूर्ण कुरामा विश्वास गर्छु ।
आफ्नो मुलुकको कुन कुराको बढी गर्व लाग्छ ? 
डाइभरसिटी (विविधता) छ हाम्रो कन्ट्रीमा । मल्टी कल्चरल -बहुसांस्कृतिक) अनि युनिटी -एकता) । मलाई यसप्रति गर्व लाग्छ । 
भावी योजना ?
मिस वल्र्डमा प्रभावकारी भूमिका कसरी खेल्न सक्छु भन्ने सोचिरहेकी छु । जित्नु नजित्नु आफ्नो ठाउँमा छ । सकेसम्म मिहिनेत गर्ने योजना छ । दुई महिनाभर आफूलाई अझ बोल्ड र स्ट्रङ बनाउने कोसिस गर्नेछु । 
बेलायतमै ग्ल्यामर दुनियाँको स्वाद चाखिसक्नुभएको छ, नेपालमा मोडलिङसँगै फिल्मी करिअरतिर पनि केही सोच्नुभएको छ कि ?
हामी फिल्मलाई जति सहज लिन्छौं, मेरो विचारमा यो त्यति सजिलो फिल्ड हैन । एक्टिङ भनेको निकै गहन विषय हो । अहिले ममा त्यो क्षमता छ जस्तो लाग्दैन । अध्ययन गरेपछि चाहिँ यो फिल्मबारे नि सोच्न सकिन्छ । तत्कालका लागि केही सोचेकी छैन ।
लामो समयदेखि मुलुक बाहिर बस्दै आइरहनुभएको छ, स्वदेशका लागि....मैले जे गर्दै छु, स्वदेशकै लागि हो । केही सोसियल काम गर्ने सोचाइ छ । ह्युमन ट्राफिकिङ -मानव बेचविखन) को इस्युप्रति म गम्भीर छु । ट्रेनिङको फेजमा माइती नेपाल अवलोकन गर्ने मौका पाएका थियौं । त्यतिबेला दुःखी हुँदा पनि ह्याप्पी स्माइलिङ (चम्किलो मुस्कुराहट) भएका दिदीबहिनीका अनुहार देखें । उनीहरूको स्माइललाई निरन्तर राख्न मैले पनि केही गर्नुपर्छ जस्तो लागिरहेको छ ।
अन्य रुचि ?
बुक्स पढिरहन मन लाग्छ । सकारात्मक सन्देश दिने बुक्स रुचाउँछु । अहिले चाहिँ 'द म्याजिक' पढ्दै छु । नारायणगोपालका गीत सुन्ने म पनि एक क्रेजी गर्ल हुँ । नेपालका दुर्गम क्षेत्रमा घुम्ने रहर पनि छ ।
नेवार समुदायकी हुनुहुन्छ, मातृभाषा आउँछ ? 
कुनै-कुनै शब्द मात्र बोल्न सक्छु । अबचाहिँ राम्रै गरी सिक्ने मन छ । 
आफ्नो समुदायको के कुराले मन छुन्छ ?
भेराइटिज फुड । त्यसमा पनि 'सेलरोटी' निकै मन पर्छ ।
लन्डन मिस गर्दै हुनुहुन्छ होला ? 
पहिला जस्तो अब मनोमानी चल्दैन । मिस नेपालको ताज पहिरेकी छु । राष्ट्रले मप्रति देखिरहेको आशा, विश्वास र सम्भावनालाई मैले पूरा गर्नै पर्छ । एक डेढ वर्ष यतै बस्छु होला ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out