डिभोर्स दिन्न, अर्को विहे पनि गर्दिन: रेखा थापा

 निर्माता छवि ओझा र नायिका रेखा थापाविचको सम्वन्ध विच्छेदका हल्लाले अहिले नेपाली चलचित्र वजार तातिएको छ । रेखाले आफ्नो सम्पत्ति कब्जा गर्न खोजेको भन्दै पति छविले आरोप लगएको भोलीपल्ट रेखाले अनलाइनखबरसँग आफ्ना कुरा राख्ने चाहना राखिन् ।

छवि र आफुवीच सम्बन्ध बिग्रनुमा आफ्नो भन्दा छविको बढि दोष रहेको दावी गर्दै रेखाले केही पृष्ठभूमी बताउन चाहिन् । यसअघि पनि छविका दुई वटी श्रीमतीसँग सम्बन्ध बिग्रेको बताउँदै रेखाले भनिन- ‘उसको विगतलाई हेर्दापनि थाहा हुन्छ, नि गल्ति कसको छ र को कस्तो छ भनेर ।’

अनि तपाईलाई उहाँको २ वटा श्रीमतीसँग पहिले नै घरवार विग्रीएको भन्ने थाहा थिएन र भन्ने अनलाईनखवरको प्रश्नमा रेखाले भनिन्, ‘ थाहा थियो । तर, मलाई त्यतिवेला छविको गल्ति छैन जस्तो लाग्यो ।’

आफ्ना बारेमा छविले जथाभावी बोल्दै हिडेको भन्दै रेखाले दुःख मनाउ गरिन् । ‘आज जसरी उ घरयासी कुरालाई वाहीर ल्याईरहेको छ, यसले मलाई अचम्मित वनाएको छ । मलाई छविले छोरी जसरी हुर्काएको हो, तर आज त्यही छोरीको वारेमा विभीन्न कुरा वाहीर वोल्दै हिड्नुले उ कति नैतीकवान छ भन्ने देखाउँछ ।’

रेखाले पतिसँग डिभोर्स गरेर एक्लै बस्न लागेको वा अर्कैसँग बिबाह गर्न लागेको अनुमान चलिरहेका उनले ती दुवै नहुने बताइन् । ‘म छविसँग डिभोर्सलाई डिभोर्स पनि दिन्न, अर्को विहे पनि गर्दिन ।’ रेखाले भनिन-’मलाई श्रीमान् फेर्दै हिड्ने वानी परेको छैन ।’

नेपालमा पुरुषले डिभोर्स गर्न पाउने कानुन छैन, यसैले छवि र रेखाको डिभोर्स हुनका लागी रेखाले नै प्रस्ताव गर्नुपर्दछ, तर रेखा डिभोर्स गर्ने पक्षमा छैनन् । रेखालाई सिनेमा क्षेत्रमा मैले ल्याएँ भन्दै हिडिरहेको प्रति रेखाले भनिन- मैले पनि छविलाई धेरै सहयोग गरेकी छु, कति त्यही कुरामात्र गरिरहेको ?’

दुई महिनादेखि आमाको घरमा बसेको तर छविकहाँ नगएको भन्ने आरोपप्रति उनले भननि-’म १ दिन वसेपनि, कहिले नवसे पनि त्यो मेरो घर हो । घरमा जाँदा कुरा गर्न नचाहने, मलाई केही नभन्ने अनि वाहिर वाहिर भनेर समस्याको समाधान हुन्छ ?

सम्पत्ति आँखा लगाएको भन्दै घर आफ्नो नाममा पास गरिदिन आग्रह गरेका छविलाई रेखाले भनिन-’म अहिलेसम्म वोलेको छैन, र यस्ता कुराले मलाई केही फरक पनि पार्दैन किनकी म डराउने केटी होईन । तर, यसरी मलाई वारम्वार चलाईन्छ भने, म पनि चुप लागेर वस्दिन, देशमा कानुन छ, म कानुनी वाटो पनि रोज्न सक्छु ।’

अन्त्यमा, रेखाले छविलाई सुझाव समेत दिएकी छिन्, विनाश काले विपरीत वुद्धि । छवि भरीयाहरुको पछि लाग्नु हुदैन, रेखाको तर्क छ । तर, रेखाले भरिया भनेर कसलाई ईङगित गर्न खोजेकी हुन्, त्यो भने उनले वताउन चाहिनन् ।
रेखा र छविको युद्ध उत्कर्षमापुगेको वेलामा निर्माता छवि ओझा भने रेखालाई आफुले छविराज प्रोडक्शनवाट वनेका सिनेमामा नायिकाको रुपमा लिन सक्ने वताउँछन् । उनले भने-’मलाई अभिभावकको व्यवाहार गरे, रेखाले छविराज प्रोडक्शनको फिल्ममा प्रवेश नपाउने भन्ने छैन । उनी, एक चलेकी नायिका हुन्, म चलेको निर्माता । हामी निर्माता र नायिकाको सम्वन्धले पनि काम गर्न सक्छौ । तर, रेखाले मलाई अभिभावकको सम्मान त दिनुपर्यो नि । भोली, सघै काम गर्दा, उसले मलाई निर्माता भनेर नमस्ते भन्न सक्ने वातावरण त हुनुपर्यो नि’ छविले भने ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out