बच्चा पाएपछि महिला झनै सुन्दर

धेरै महिलाहरु बच्चा पाएपछि आफ्नो जिउडाल बिगि्रएको, भद्दा भएको तथा आफ्नो सुन्दरता बिगि्रएको भन्दै दुखेसो गर्छन् । तर पछिल्लो एक अध्ययनले महिलाहरुले आत्मविश्वासी बनेर आफ्नो मातृत्वलाई सकारात्मक ढंगले ग्रहण गर्ने हो भने आमा बनेका महिला झनै सेक्सी बन्ने देखाएको छ ।
अस्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयका सामाजिक मनोविज्ञ शोधकर्ता डाक्टर फिओना केट बार्लोका अनुसार महिलाहरु आमा बनिसकेपछि पहिलेभन्दा झनै आकर्षक तथा सेक्सी देखिन्छन् ।
आमा बनिसकेपछि महिलाहरु केबल सारीरिक मात्र नभएर व्यवहारिक तथा मानसिक रुपमा पनि परिपक्व हुने तथा सन्तुष्टिको स्तर बढ्ने भएकाले उनीहरुको सुन्दरतामा निखार आउने दाबी उनको छ । बच्चालाई गर्ने माया तथा मातृत्वप्रतिको गर्वका कारण महिलाको आत्मविश्वासमा बढोत्तरी हुन्छ, जसले वस्तुतः उनको सारीरिक सुन्दरतामा प्रभाव पार्छ ।
आमा बनिसकेका महिलाको मुखाकृति तथा वक्षस्थलमा आउने केही परिवर्तनहरु पनि उनको कामुकता वृद्धि गर्नमा सहयोगी हुने बताइन्छ । हुनत धेरै महिलाहरु आमा बनिसकेपछि वक्षस्थल खुकुलो तथा भद्दा बन्ने र अनाकर्षक हुने हिन भावना पाल्दछन् । तर त्यसो होइन, आमा बनिसकेपछि वक्षस्थल परिवर्तन भएर गोलाकार हुन्छ जुन कामुकता वृद्धि गर्ने मुख्य तत्व हो ।
त्यसकारण आमा बनेपछि महिलाहरुले आफ्नो सुन्दरता घट्ने मनोभावनाबाट ग्रसित हुन छाडेर आत्मविश्वासी बनी सारीरिक तन्दुरुस्तीमा ध्यान दिन सक्नेहो भने त्यसले महिलालाई झनै सुन्दर तथा आकर्षक र सेक्सी बनाउने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out