"हामी साथी मात्रै"-रेखा

कहिले श्रीमान श्रीमती त कहिले प्रेमी प्रेमीका भएर धेरै सिनेमाहरुमा जमीसकेको जोडी हो नायक जीवन लुइँटेल र नायिका रेखा थापाको । उनीहरु सिनेमाको पर्दाभित्र मात्र रोमान्स गर्दैनन् सिनेमा सुटीङ हुने स्पटमा पनि त्यतिकै रोमान्टीक भएर देखिन्छन् । सुटीङ स्पटमा रोमान्स गर्दा उनीहरुलाई त एक अर्कामा नजीक भएर काम गर्न निकै रमाइलो लाग्ला । तर जीवनरेखाको यो हर्कतले स्पटमा उपस्थित अन्य सबैलाई असहज महसुस हुने गरेको छ । मेरो सिनेमालाई विशेष स्रोतले बताए अनुसार जीवनरेखाको जोडी कहिले अँगाल्नो मार्ने, कहिले किस गर्ने, कहिले एक अर्कालाई चिमोट्ने, त कहिले उनीहरुका मुखबाट एक अर्कालाई गाली गर्दा निस्कने शब्दहरुका कारणले गर्दा नै अरुलाई असहज भएको हो ।
यसै सन्दर्भलाई लिएर हाल शोभित बस्नेतको सिनेमा ‘जाऊँ हिड पोखरा’ को सुटीङकोलागि हाल पोखरामा रहेका जीवनरेखालाई मेरो सिनेमाले प्रश्न गरेको थियो – तपाईहरु सिनेमाको पर्दा भित्र मात्र नभइ सुटीङ स्पटमा पनि अरु कसैको ख्याल नगरी निकै नै जिस्कनु हुन्छ रे हो ? जसमा नायक लुइँटेल र नायिका थापाले भने – हामी दुई जनाकै घर मोरङ हो । हामी सानै देखिका साथी हौ । त्यतिमात्र नभइ हामीले धेरै सिनेमाहरुमा सँग सँगै काम गरीसकेका छौ । सायद त्यसैले होला हामी सुटीङ स्पटमा निकै नै खुलेर जिस्कने गर्छौ । एक अर्कामा साथीको नातामा गरेको क्रियाकलापलाई नकारात्मक रुपमा नलिइदिनकोलागि रेखाले मेरो सिनेमा मार्फत सबैलाई आग्रह गरीन । यति मात्र नभइ नायिका रेखाले त आफूलाई रिस उठेको बेलामा जीवनलाई बाँदर भनेर गाली गर्ने गरेको कुरा पनि भनिन् ।


खैर जे सुकै भएता पनि साथीभाइ भनेर वरिपरी अरुको ख्यालै नगरी जिस्केर अप्ठ्यारोमा पारीदिनु भएन नी जीवनरेखा जी । उसै त यो मायानगरीमा अनेक खाले हल्लाहरु चल्ने गर्छन । त्यसमाथि पनि यसरी खुलेर जिस्कदा आफ्नो नजिकको मान्छेलाई पनि त अप्ठ्यारो पर्ला नी कि कसो त जीवन जी ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out