आरुषी हेमराज हत्याकाण्डको नयाँ मोड

नयां दिल्ली, जेष्ठ १२ - 

भारतीय राजधानी नजिकको एक विशेष अदालतले रहस्यमय आरुषी हेमराज हत्याकाण्डको अभियोग औपचारिक रुपमा दन्तचिकित्सक दम्पत्तिलाई शुक्रवार लगाएको छ ।

चार वर्षअघि भएको उक्त हत्याकाण्डमा आरुषीका पिता राजेश र माता नुपूर तलवारलाई अदालतले अभियोग लगाएको यो पहिलो अवसर हो । तलवार दम्पत्तिलाई हत्याको अभियोग लगाउन आफूले संकलन गरेको प्रमाण पर्याप्त रहेको केन्द्रिय जांच ब्युरो सीबीआईको दावी उसको विशेष अदालतले स्वीकार गरेको हो । सीबीआईले हालसम्म तलवारहरुविरुद्ध परिस्थितिजन्य प्रमाणमात्रै जुटाउन सकेको छ ।

गाजियावादस्थित उक्त अदालतले आरुषी र हेमराजको हत्याका अतिरिक्त प्रमाण नष्ट गरेको अभियोग पनि राजेशमाथि लगाएको छ । यद्यपि तलवार दम्पत्तिले अभियोग अस्वीकार गरेका छन् । त्यसपछि अदालतले आगामी जुन ४ देखि मुद्दामाथि सुनुवाई थाल्ने निर्णय गरेको छ ।

'तलवारहरुमाथि अभियोग लगाउने अदालतको निर्णय निकै महत्वपूर्ण छ । यसले हेमराजलाई न्याय दिलाउने आशा थप मजबुत बनाएको छ,' हेमराजको परिवारका वकील नरेश यादवले कान्तिपुरसंग भने । उनका अनुसार, अब केही महिनाभित्रै अदालतले अन्तिम फैसला सुनाउनेछ ।

आरुषी र हेमराजलाई आपत्तिजनक अवस्थामा देखेपछि तलवार दम्पत्तिले उनीहरुको हत्या गरेको जिकिर सीबीआईले गर्दै आएको छ । 

'अर्कोतिर घटना भएको रात घरमा चारजना मात्रै थिए । बाहिरबाट कसैको पनि प्रवेश नभएको पृष्ठभूमिमा घरभित्रका चारमध्ये दुई जना जिउंदै हुने अनि दुईको मृत्यु हुने अवस्थामा तलवार दम्पत्तितिर नै शंकाको सुई घुम्छ,' सीबीआईले भनेको छ । 

मे १६, २००८ मा नोयडास्थित आफ्नै घरमा १४ वर्षिया आरुषीको मृत शरीर घांटी रेटिएको अवस्थामा भेटिएको थियो । त्यसको भोलिपल्ट हेमराजको शव घरको छतमा भेटिएको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out