७० प्रतिशत एकल महिलामा असुरक्षित सेक्स

पछिल्लोपटक गरिएको एक अध्ययनले हरेक १० जनामा ७ जना एकल तथा अविवाहित महिलाले असुरक्षित यौनसम्पर्क राख्ने गरेको देखाएको छ । १८ देखि ४० वर्ष उमेर समूहका अविवाहित तथा एकल महिलामा गरिएको अध्ययनले असुरक्षित सम्भोगका कारण त्यस्ता महिला यौन रोगको उच्च जोखिममा रहेको समेत निष्कर्ष निकालेको छ ।
अध्ययनको नतिजा अनुसार एक जना एकल वा अविवाहित महिलाले औषतमा ४ जना पुरषसँग ११ पटक असुरक्षित यौनसम्पर्क गरेका हुन्छन् । एकल तथा अविवाहित महिलाहरुमा यौनप्रतिको इच्छा तिब्र हुने र एक तिहाइ त्यस्ता महिला सम्पर्कका बेला निकै उत्तेजित भएर कण्डम लगायतका सुरक्षित उपायको बारेमा सोँच्न समेत नभ्याउने अध्ययनकर्ताको भनाइ छ । त्यस्तै हरेक ५ जनामा एक जना महिलाले आफ्नो पार्टनरको विश्वासका कारण आफुहरुले कण्डम नलगाइकनै सम्पर्कका लागि तयार हुने गरेको बताएका छन् ।

अध्ययन अनुसार १८ प्रतिशत अविवाहित युवतीहरु यौन सम्पर्कका बेला रक्सीले मात्तिएकै कारण असुरक्षित रुपमा सेक्स गर्ने गरेका छन् भने ८ प्रतिशत युवतीहरुले कण्डमको प्रयोग गर्दा मज्जा नआउने भएकाले कण्डम विनै यौन सम्पर्कका लागि तयार हुने गरेको बताएका छन् ।
बेलायतमा गरिएको यो अध्ययनका अनुसार विदाका दिनहरुमा युवतीहरुमा असुरक्षित सेक्सको दर निकै तिब्र हुने गरेको छ । कतिपय अवस्थामा युवतीहरु अपरिचित पुरुषसँग समेत असुरक्षित रुपमा सेक्सका लागि तयार हुने गरेका छन् । १२ प्रतिशत अविवाहित तथा एकल महिलाहरुका अनुसार सुरक्षित सेक्सका लागि आवश्यक साधनहरु जतिसुकै बेला उपलब्ध हुन नसक्ने भएकाले आफुहरु असुरक्षित रुपमै सेक्स गर्न बाध्य हुने बताएका छन् ।
अध्ययनले उमेर छिप्पिँदै जाँदा महिलाहरुमा हेलचेक्राइँ बढ्ने गरेको पनि देखाएको छ । १८ देखि ३० वर्ष उमेर समूहमा भन्दा ३० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा असुरक्षित सेक्सको दर बढि पाइएको छ । जसका कारण उनीहरुमा यौनरोगको संक्रमण पनि बढि हुने गरेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out