सुखद यौनका लागि

सुनिता र उनका श्रीमान्बीच धेरै दिनदेखि खटपट चलिरहेको थियो। दुवैबीच बोलीचाली बन्द भएका कारण घरमा तनावको वातावरण थियो। कारण थियो, सुनितालाई केही समययता बढी थकान महसुस हुन्छ। राति ओछ्यानमा पल्टनेबित्तिकै उनलाई निद्रा लाग्छ। श्रीमान्सित शारीरिक सम्बन्ध पनि थकानकै कारण सुमधुर हुन सकिरहेको थिएन। अस्वस्थताका कारण शारीरिक संसर्गमा सुनिता त्यति उत्साहित हुन्नथिन्। यही कारणले उनीहरूबीच तनावले जन्म लिन थालेको थियो।
चाहे कुनै पनि उमेर किन नहोस्, सेक्सले हाम्रा भावनालाई जागृत गर्छ र यो जति उम्लिन्छ, यौन जीवन उति नै सुखमय हुन्छ। सेक्स सम्बन्धका लागि कुनै अतिरिक्त प्रयास गर्नुपर्ने आवश्यकता पनि रहँदैन कारण यो एउटा स्वाभाविक प्रक्रिया हो, आवश्यकता हुन्छ त केबल आफ्नो हेल्थ मेन्टन गर्ने, जसले गर्दा जुनसुकै बेला ताजापन महसुस हुन्छ।
यदि तनमा स्फूर्ति र ताजापन छ भने मन पनि प्रसन्न रहन्छ भने मुहारबाट पनि खुसी झल्किन्छ। यही खुसीले यौन सम्बन्धलाई सुमधुर र सुदृढ तुल्याउन सहायता गर्छ। सेक्सुयल एक्सपर्टहरूका अनुसार यौन समस्या तनसित नभएर मनसित जोडिएको हुन्छ जबसम्म मन त्यसका लागि तयार हुँदैन, व्यक्तिको शरीरले पनि सेक्सका लागि इच्छा प्रकट गर्दैन। यी सबका बावजुद यदि स्वास्थ्य ठीक छैन भने पनि यौन जीवन प्रभावित हुन्छ।

स्वस्थ रहने दिशामा पहिलो पाइला हो- नियमित शारीरिक अभ्यास। एक्सरसाइज गर्नाले कार्डियोभ स्कुलर हेल्थ, वेटल्स, क्यान्सरको सम्भावनामा पनि कमी आउँछ भने ब्लडप्रेसर र डाइबिटिज जस्ता बिमारी पनि नियन्त्रणमा रहन्छ। एक्सरसाइज यौन जीवनलाई आनन्द दायक बनाउन सहयोगी हुन्छ। कुनै पनि प्रकारको फिजिकल एक्टिभिटीले शरीरको विभिन्न भागमा रक्तप्रवाह सुचारु गर्छ।  यसबाट धेरै हदसम्म इरेक्सनको समस्यामा कमी आउँछ। अनुसन्धानहरूअनुसार लगातारको एक्सरसाइजले सेक्सुअल लाइफमा मनोवैज्ञानिक फाइदा पनि प्राप्त हुन्छ। जो एक्सरसाइज गर्छन्, उनीहरू आफूलाई स्फूर्त महसुस गर्छन्। उनीहरूको आत्मविश्वास बढ्छ र उनीहरू श्ाारीरिक रुपबाट पनि आकर्षक देखिन्छन् भने यौनलाई बढी इन्ज्वाइ पनि गर्छन्।

चिकित्सकहरूका अनुसार सेक्सले शरीरमा एक प्रकारको रसायन निर्माण गर्छ, जसले गम्भीर बिमारीबाट बचाउन मद्दत गर्छ। यति मात्र नभई, फिजिकल एक्सरसाइजले तनावबाट पनि छुटकारा प्राप्त हुन्छ, यसले थकानबाट जोगाउँछ र सेक्सप्रतिको अरुचि समाप्त पार्छ। त्यसो त हरेक एक्सरसाइज फाइदाजनक हुन्छन्। यद्यपि एरोबिकले हार्मोनलाई सन्तुलित राख्छ, तनावबाट छुटकारा प्राप्त गर्न मद्दत गर्छ र सम्पूर्ण शरीरमा स्फूर्ति र ताजापन सञ्चार हुन्छ। यसबाट बढी आत्मविश्वास र एनर्जी पाइन्छ। वाकिङ र जगिङ गरेर पनि आफ्नो हेल्थ मेन्टेन गर्न सकिन्छ।

स्वास्थ्यलाई सन्तुलित राख्न सन्तुलित र पौष्टिक आहारलाई आफ्नो नियमित भोजनमा समावेश गर्नु नितान्त आवश्यक छ, जब हेल्दी डाइट ग्रहण गरिन्छ तब शरीर पनि हेल्दी हुन्छ। सेचुरेटेड फ्याट भएको खाद्य सामग्रीलाई आफ्नो आहारमा समावेश गर्ने गल्ती गर्नुहुँदैन। यसबाट हार्टअटेकको खतरा बढ्नुका साथै रक्तप्रवाहमा पनि बाधा उत्पन्न हुन्छ। डाइटिसियनहरूका अनुसार मौसमी फल एवं सब्जी खानुका साथै जुस पनि सेवन गर्नुपर्छ। तैलीय खाद्यपदार्थ एवं जंक फुडबाट टाढै रहनुपर्छ। यिनको सेवनले शरीरमा शिथिलता उत्पन्न हुन्छ र काम गर्न त टाढाको कुरा प्रेम गर्न पनि मन लाग्दैन। यस्तो पदार्थ खानुपर्छ जसमा भरपुर मात्रामा फाइबर हुन्छ। आफ्नो शरीरलाई फिट राख्न धेरै नुन सेवन गर्नुहुँदैन। दिनमा कमसेकम ८-१० गिलास पानी पिउनुपर्छ, हेल्थ मेन्टन गर्न भिटामिन, मिनरल वा प्रोटिनका औषधि वा गोलीहरू खानुभन्दा ताजा फलफुल खानु राम्रो हुन्छ।

यौनजीवनलाई प्रभावित गर्ने बिमारी

मोटोपनः मोटोपनले सुखद् यौन जीवनमा नकारात्मक प्रभाव पार्छ। यो कुरा बुझ्न सके अनेकन बिमारीबाट बच्न सकिन्छ। मोटो व्यक्ति चाँडै थाक्छ र सेक्सको पर्याप्त आनन्द अनुभव गर्न सक्दैन। मोटा मानिसहरूको सास फुल्छ र पसिना आउन थाल्छ। यस्तो स्थितिमा आफ्नो शरीरको आकारका सम्बन्धमा पनि हिनता उत्पन्न हुन्छ भने उनीहरू श्ाारीरिक सम्बन्ध स्थापित गर्न हिच्किचाउँछन्।

कम्मर पीडाः यो एउटा आम समस्या हो, विशेषगरी महिलाहरूमा उत्तेजनामा गलत पोस्चरका कारण कम्मरको पीडा अझ बढ्छ। अतः कम्मरको पीडालाई यौनजीवनको आनन्दमा बाधा बन्न नदिनु राम्रो हुन्छ। यदि श्रीमान्लाई यस्तो समस्या छ भने श्रीमतीले टप पोजिसन लिन सक्छिन्। यसबाट पोजिसन परिवर्तनको आनन्द पनि प्राप्त हुन्छ।

डाइबिटिजः डाइबिटिजबाट यौन इच्छा र आनन्द दुवैमा नकारात्मक प्रभाव पर्छ। यसका कारण शरीरमा कमजोरी आउँछ र थकान वृद्धि हुन्छ। जो इन्सुलिन लिन्छन्, कैंयनपटक सेक्सका बेला उत्तेजित हुँदा पोग्लेसेमियाको सिकार बन्छ। यसमा सेक्सका बेला रिङ्गटा लाग्नुका साथै कम्पन महसुस हुन्छ र धड्कन तीव्र हुन पुग्छ। जसले यौन आनन्दबाट वञ्चित तुल्याउँछ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out