सभासदकी कान्छीले भनिन- ‘जवानी चुसेर अहिले छाड्न पाइन्छ ?’

१८ असार, काठमाण्डौ । कान्छीका लागि सभासद् पद नै दाउमा राखेर वेपत्ता भएका तत्कालीन एकीकृत नेकपा माओवादीका सभासद् गुणाखर बस्याल यतिखेर कान्छीलाई नै छाडेर वेपत्ता भएका छन् ।

एकातिर श्रीमान वेपत्ता अर्कोतिर माओवादीका अर्का पूर्व सभासद्को लगातारको धम्कीले उनी यतिखेर दोहोरो तनावमा छिन् ।

सोमबार प्रकाशित सांघु साप्ताहिकका अनुसार वाईसिएलका नेता एवं पूर्व सभासद् चन्द्रबहादुर थापा सागरले गुणाखरकी कान्छी कमला लामालाई राती राती फोन गर्दै धम्काईरहेका छन् । ‘नानी तिमी केटा फेरिहिड्ने चरित्रहीन केटी रहिछौ, बस्याललाई पनि फसायौ, उसको १५ लाख रुपैयाँ र २५ तोला सुन पनि तिमीले चप्कायौ भन्ने छ’ सागरले कमलालाई फोनमा धम्की दिंदै भने- तुरुन्त फर्काइनौ भने पाता कस्नुपर्ला ।’

दुई बर्षसम्म सार्वजनिक प्रतिष्ठा र राजनीतिक भबिष्यलाई दाउ लगाउँदै कमलासँग रोमान्स गरेका बस्याल संबिधानसभा बिघटन भएपछि उनीहरु वसेको गोंगबुस्थित फ्याटबाट गायव भए । त्यसयता उनीहरुवीच कुनै औपचारिक कुराकानी भएको छैन, वरु पार्टी च्यानलमार्फत सुन र नगद लेनदेनबारे आरोप प्रत्यारोप चलिरहेको छ । गुणाखरले उनलाई सेक्स पार्टनर फेरिरहने र गाँठवालाको संगत गर्ने आरोप लगाइरहेका छन् । तर कमला भन्छिन- त्यतिखेर मलाई पाउन जतिपनि खर्च गर्ने, मेरो मस्त जवानी चुसेर अहिले छाड्न पाइन्छ ?’

माओवादी नेताहरु देव गुरुङ, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल लगायतका नेताहरु संविधानसभाका बेला आफ्नो कोठामा आउने गरेको र हप्तैपिच्छे खसी ढालेर खुवाउने गरेको लामाले खुलाईन् । हिजो बुहारी भन्दै खान आउने नेताहरुले अहिले आफ्नो कुरा नसुनेर उल्टै सम्पत्ति लुटेको अरोप लगाएकोमा उनी आक्रोशित छिन् ।

गुणाखर लाउन खानमा एकदम सौशिन रहेको, एक दुई किलो मासुले नपुग्ने भएर हप्तैपिच्छे खसि काट्ने गरेको, महंगा लुगा लगाउने र महंगै रक्सी खाने स्वभाव रहेको भन्दै कमलाले बस्याल सेक्सका मामिलामा पनि सौखिन रहेको बताइन् । जेठी श्रीमती बिरामी भएपनि यौनइच्छा पुरा गर्न आफुसाग संगत गरेको उनको दावी छ ।

श्रीमती सम्झेर आए गुणाखरलाई अझैपनि आफ्नो जीवनमा ठाउँ रहेको भन्दै उनले पहिलो श्रीमानको आफ्नो जीवनमा कुनै ठाउँ नरहेको बताइन् । आफ्नो एकमात्र श्रीमान गुणाखर रहेको भन्दै उनले माओवादीसमक्ष न्याय दिलाउन माग गरेकी छिन् । आफुलाई न्याय नदिए दुई छोरा छोरीसहित पेरिसडाँडामै आत्मदाह गर्ने उनले चेतावनी दिएकी छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out