असुरक्षित नायिकाहरू

काठमाडौं । दुई हप्ताअघि नायिका जेसिका खड्काले पासो लगाएर आत्महत्या गरेको घटनाले नेपाली नायिकाहरू असुरक्षित बन्दै गइरहेको पाइएको छ। यसअघि श्रीषा कार्की, गीताञ्जली सुनुवार, नविना केसीलगायतका नायिकाहरूले पनि आत्महत्या गरेका थिए। श्रीषाले पासो लगाएर आत्महत्या गरेकी थिइन् भने गीताञ्जली र नविनाको शरीरमा आगो लागेर मृत्यु भएको थियो।
नेपाली चलचित्र क्षेत्र नै स्तब्ध हुने गीताञ्जली र नविनाको हत्याको यथार्थ घटना अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। श्रीषा आत्महत्याको यथार्थ घटना मात्र सार्वजनिक भएका छन्। हालै आत्महत्या गरेकी जेसिकाले मृत्युवरण गर्नुपर्नाको कारणबारे कसैले खोजबिन गरेको छैन। नायिका नविनाको सैनिक परिवारमा विवाह भएको थियो भने गीताञ्जलीको विवाह निर्माता छविराज ओझासँग भएको थियो। गीताञ्जलीको मृत्युपछि एक्लै बस्दै आएका उनै छविले नायिका रेखा थापालाई श्रीमती बनाएका थिए।

चलचित्र खेल्ने र खेलाउने बेला विभिन्न अनैतिक क्रियाकलापमा संलग्न गराउने, बद्नाम गराउने, हुने नहुने काममा नायिकाहरूलाई सहभागी गराउने काम निर्माता निर्देशकहरूले नै गर्दै आएका छन्। नेपाली नायिकाहरूले आत्महत्या गर्नुको प्रमुख कारण भनेकै निर्माता, निर्देशकहरूको विविध शोषण हो। यो कटु यथार्थ हो, एक निर्देशकले भने। सुरुमा नेपाली चलचित्रमा सौखका रूपमा प्रवेश गर्ने अनि त्यसैलाई माध्यम बनाएर अनैतिक क्रियाकलापमा संलग्न हुने नायिकाहरूको कमी नभएको ती निर्देशक बताउँछन्।
नेपाल चलचित्रमा क्रियाशील नायिकाहरूमध्ये एक दुईजनाबाहेक प्रायः सबै कुनै न कुनै अनैतिक क्रियाकलापमा सहभागी हुने गरेका छन्। केही समयअघि मात्र नायिकाद्वय नम्रता श्रेष्ठ र पूजा लामा अश्लील यौनकाण्डमा मुछिएका थिए। यौन सिडी सार्वजनिक भएपछि उनीहरूको सार्वजनिक जीवन नै समाप्त भएको विश्लेषण गरिएको थियो। नम्रताले पुरानो घटनालाई बिर्सदै नेपाली चलचित्रमा अभिनय गर्न थालिन् भने पूजा अहिलेसम्म सार्वजनिक हुन सकेकी छैनन्। बद्नामीको डरका कारण मुस्लिम धर्म अंगाल्न पुगेकी पूजाले हालै मात्र सो धर्म त्याग गरेको जनाएकी छन्।
पछिल्लो समय एटीएम (एनी टाइम मस्ती) चलचित्रका कारण तीन नायिका एकैचोटि बद्नाम भए। उनीहरूबारे सार्वजनिक रूपमा नकारात्मक टीकाटिप्पणी भए। यसरी चलचित्रमा दिएको दृश्यकै कारण विवादास्पद हुने नायिकाहरूमा सविना कार्की, जिया केसी र सोनिया शर्मा हुन्। चलचित्रकै दृश्यमा आफ्नो वक्षस्थल समाउन दिने, दस मिनेटभन्दा बढी टङ किसको दृश्य विना अफसोच खिच्न दिने उनीहरूको चरित्रका कारण अधिकांश चलचित्रकर्मीले उनीहरूलाई यौन व्यवसायी हो कि भन्नेसमेत प्रश्न उब्जाए। यस्तो हुनमा नायिका मात्र होइन, निर्देशक र निर्माताकै हात प्रमुख छ। आफ्नो चलचित्र अरुको भन्दा भिन्न बनाउन यौनको सहारा लिन पुग्दा निर्देशक यादव सिलवाल र निर्माता दिनेश थापाले नायिकाहरूको बद्नामी गराएका हुन्।
पछिल्लो समय यस्तै घटनाको मारमा परेकी छन् नायिका सुष्मा कार्की र बेनिशा हमाल। दुवैलाई निर्माता तथा निर्देशकहरू बद्नाम गराउन उद्यत छन्। चलचित्र लूटमा उत्तेजक नृत्य गरेर चर्चामा आएकी सुष्मा बिन्दासमा आफूले गराएको फोटो सुटका बारेमा चर्चामा आएकी छन्। उनले बिन्दासको प्रोमोसनका लागि फोटो सुट गराएकी थिइन्। चलचित्रको शीर्षकअनुसार नै उनले ग्ल्यामर झल्कने फोटो सुट गरेकी छन्। तर निर्देशक र निर्माताले उनले आफ्नो वक्षस्थल निचारेको र त्यसमा तरबारले हानेको सार्वजनिक गरेका छन्। यसले गर्दा सो कदमको सुष्माले विरोध गर्दै निर्देशक राजु गिरीले आफ्नो चरित्रहत्या गरेको आरोप लगाएकी छन्। उनले अबदेखि कहिल्यै पनि निर्देशक राजु गिरीसँग काम नगर्ने घोषणा पनि गरेकी छन्।
त्यसैगरी, बेड सिन दिन नमानेको कारण देखाउँदै नायिका बेनिशा हमालको रोल कटौती गरी लक चलचित्रका निर्देशक ऋषि न्यौपानेले उनको भूमिकामा अर्कै नायिकालाई लिएर चलचित्रको रिसुट गरिरहेका छन्। यसप्रति तीव्र असन्तुष्टि जनाउँदै बेनिशाले आफ्नो क्यारियर धमिल्याउन लक चलचित्र निर्माण पक्षले गतिविधि गरेको जनाउँदै सो युनिटसँग काम नगर्ने घोषणा गरेकी छन्।
त्यस्तै, चपली हाइटका निर्माता अर्जुन कुमार र निर्देशक दीपेन्द्र क खनालले पनि नायिकालाई बद्नाम गराउन विनिता बरालको न्युड फोटो चलचित्रको पोस्टरमा सार्वजनिक गरेका थिए। सो घटनाले नेपाली चलचित्र क्षेत्र पूरै तताएको थियो। नायिका विनिताले प्रोमोसनका लागि आफूले सो फोटो नखिचाएको दाबी गरेकी थिइन् भने निर्माता निर्देशकले चलचित्रकै प्रवर्द्धनका लागि हो भनी जिकिर गरेका थिए। त्यसपछि निर्माण पक्षले दुई हजारभन्दा बढी पोस्टर जलाएका थिए। यसरी एक पछि अर्को गर्दै नेपाली नायिकाहरूलाई विवादमा ल्याउने र अन्तिममा उनीहरूको बद्नाम गराएर उनीहरूको सार्वजनिक जीवन नै संकटमा पार्ने काम नेपाली चलचित्रका निर्माता निर्देशकबाटै हुँदै आएको छ। सोही कारण दुई दर्जनभन्दा बढी नेपाली नायिका कल गर्ल भएको चर्चा नेपाली चलचित्र क्षेत्रमा चल्ने गरेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out