मायाज वार- ‘सेक्स सधै बिक्छ’

छायांकनको वेलामा खिचीएका फोटोहरुको प्रदर्शनी गर्ने चलन नेपाली सिनेमामा छैन । तर, चलचित्र मायाज वारले भने यसको सुरुवात गरेको छ । काठमाडौंमा मंगलवार आयोजना गरिएको कार्यक्रममा चलचित्रको छायांकनको समयमा खिचिएका तस्विरहरु प्रदर्शन गरियो ।

साथमा, विश्वकै कान्छा फोटोग्राफर रिरेन्द्र श्रेष्ठका फोटोहरु समेत प्रदर्शनीमा राखिएको थियो । रिरेन्द्रले पनि यो सिनेमामा अभिनय गरेका छन् । कार्यक्रमको उद्घाटन नायिका करिश्मा मानन्धर र नायक गजित विष्टले गरेका थिए ।

करिश्माले पनि चलचित्रभित्र विशेष मिकामा अभिनय गरेकी छिन् । सुनिल मानन्धरको निर्माणमा दिनेश डि.सिले निर्देशन गरेको सिनेमा भित्र नायक राजेश हमाल खलनायकको रुपमा देखिएका छन् । चलचित्रमा नव नायक गजित विष्ट र नायिका निशा अधिकारीको मुख्य भुमिका रहेको छ ।

कार्यक्रममा वोल्दै नायिका करिश्मा मानन्धरले, सिनेमाको प्रमोशनमा आफुले खुलेर साथ दिने वताईन् । यस्तै, निर्देशक दिनेश डि.सिले मायाज वार एउटा गर्व गर्न लायक सिनेमा भएको वताए । निर्माता मानन्धरले ठट्यौली पारामा भने, ‘मैले खुलेर लगानी गरेको छु ।’ खुलेरै लगानी उठे मलाई पनि फाईदा नै हो तर उठेन भने निर्देशकलाई कुट्छु म । चलचित्र मायाज वारको लगानी करोड भन्दामाथि पुगेको निर्माणपक्षको भनाई रहेको छ ।

चलचित्र असार १२ मा काठमाण्डौका हल र असार १८ वाट उपत्यका वाहीरका हलमा लाग्दैछ । चलचित्रको प्रोमोमा भनिएको छ, ‘सेक्स सधै विक्छ’ । सेक्स सधै विक्छ भन्ने सिनेमा विक्छ कि विक्दैन यो प्रतिक्षाको रुपमा छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out