प्रकाशको ‘केटी काण्ड’बारे प्रचण्डको बयान

२५ असार, काठमाडौं । बाऊ बनिसकेको छोराले अर्काकी श्रीमती च्यापेर वेपत्ता भएपछि माओवादी अध्यक्ष प्रचण्डले पुत्र प्रकाशबारे पार्टी नेताहरुलाई अफिसियल जानकारी दिंदै दुःख मनाऊ गरेका छन् ।

अखिल क्रान्तिकारीकी नेतृ बिना मगरलाई लिएर प्रकाश पाँच दिनदेखि वेपत्ता भएको खबर बिहानैदेखि फैलिएपछि दिउँसो बसेको पोलिटब्युरो वैठकमा प्रचण्डले घटनाबारे बेलिविस्तार लगाएका थिए । छोराले केटी लिएर भागेको स्वीकार्दै उनले प्रकाशलाई कारवाही गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

वैठकमा सहभागी एक नेताका अनुसार निकै भावुक ढंगले प्रस्तुत भएका प्रचण्डले प्रकाशको ब्यबहारले सवैभन्दा बढि घाटा आफुलाई भएको बताएका थिए । सगरमाथा आरोहणका क्रममा बिनासँगको लसपसबारे खवर प्रकाशित भएपछि आफु र पत्नी सीताले सोधपुछ गरेपनि रोएर टारेको उनले पोलिटब्युरो सदस्यलाई जानकारी दिएका थिए ।


‘मैले त्यतिबेलै अब हेडक्वाटरमा नबस, कतै गएर पार्टी काममा लाग् भन्दा रुँदै त्यस्तो हुँदै हैन भन्यो । पाँच दिन अघि ‘निकै तनाव भयो बुबा म नगरकोटतिर जान्छु’ भनेर घरबाट निस्केको हो । तर पछि समिरलाई फोन गरेर अब म फर्केर आउन्न, म हेडक्वाटरमा बसेर कसैलाई पनि खुसी पार्न सकिन, बाहिरै बसेर श्रम गर्छु, आफ्नै तरिकाले जीवन चलाउँछु भनेछ’- प्रचण्डले पोलिटब्युरो सदस्यहरुलाई जानकारी दिंदै भने- मैले तत्कालै उसँग कुरा गर्न खोजेको थिएँ, फोन अफ गरेर बसेछ, बिना मगर कहाँ छे भनेर खोजी गर्न लगाएको थिएँ , उ पनि सम्पर्कमा नभएको जानकारी पाएँ ।’

प्रकाश आफ्नो छोरा भएपनि अब उ हेडक्वाटरमा वस्न लायक नभएको र पार्टी अनुसासन उल्लंघन गरेको भन्दै प्रचण्डले उसलाई राज्यसमिति सदस्यबाट निलम्बन गर्न वैठकमा प्रस्ताव गरेका थिए ।

कारवाही

प्रचण्डकै प्रस्तावअुनसार वैठकले उनलाई राज्यसमिति सदस्यबाट निलम्बन गरेको छ । ‘हेडक्वाटरलाई जानकारी नै नदिई वेपत्ता भएका छन् । विभिन्न ठाउँबाट विना नाम गरेकी विद्यार्थी नेत्री लिएर भागेको कुराहरु पनि आइरहेको छ’ पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले अनलाइनखबरसँग भन्नुभयो-’पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको देखिएकाले प्रकाशलाई निलम्बन गरिएको छ ।’ नगरकोट जान्छु भन्दै हिडेका प्रकाश बिनालाई लिएर भारततिर लागेको बताइएको छ ।

को हुन बिना ?

प्रकाशसँग नाम जोडिएकी बिना मगर अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा सरस्वती क्याम्पसकी स्वबियु सभापति हुन् । युद्धकालदेखि नै माओवादी आन्दोलनमा लागेकी उनी माओवादी कार्यकर्ता शंकर अधिकारीकी पत्नी हुन् । अधिकारी बैद्य नेतृत्वको नेकपा- माओवादीका नेता हुन भने बिना संस्थापन पक्षमा थिइन् ।

विना पनि केहीदिनदेखि संगठन र परिवारको सम्पर्क छैनन् । अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले पछिल्लो पटक विना २० गते सम्पर्कमा आएको र त्यसपछि कुनै सम्पर्क नभएको अनलाइनखबरलाई जानकारी दिए । बिना र प्रकाशवीच सगरमाथा आरोहणका क्रममा चक्कर चलेको समाचार आएपछि बिनाले पत्रिका विरुद्ध अदालतमा उजुरी समेत हालेकी थिइन् ।

प्रकाशले माओवादीकै सचिव पोष्टवहादुर बोगटीकी छोरी प्रभासंग जनवादी विवाद गरेका थिए । पछि आपसी समझदारीमा नै सम्वन्ध विच्छेद गरेका प्रकाशले आमा सीता दाहालको इच्छाअनुसार ४ वर्षअघि पोखराकी श्रृजना त्रिपाठीसँग मागी विवाह गरेका थिए । श्रृजनाबाट एक छोरा छन् । उनी हाल लाजिम्पाटमा बस्दै आएकी छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out