प्रेमको नयाँ अर्थ

माया प्रस्तुत गर्न कुनै अप्ठ्यारो छैन। इमेल वा च्याटिङ गरेर मायाको सन्देश पठायो, भैहाल्यो माया। यद्यपि माया गरिँदैन आफैं हुन्छ भनिन्छ।  अहिले लैला-मजनु, रोमियो-जुलियटजस्ता एक-अर्कामा समर्पित जोडी कहाँ पाउनु ? जसले आफ्नो प्रेमका लागि ज्यानै दिए। यस्ता कुरा  अहिलेको पुस्ताले सुने हावाको कुरा मान्नसक्छन्। प्रेममा समर्पण उनीहरूलाई फिक्का अर्थहीन लाग्छ। त्यसलाई उनीहरू मूर्खता मान्छन्-  जसले आफ्नो मायाका लागि ज्यान दिए, लामो-लामो चिठी लेखेर समय बर्बाद गरे। भेटका लागि धेरै प्रयास गरे। उत्तिबेला भेट्न गार्‍हो, भेटे  पनि कुरा गर्न अप्ठ्यारो। वर्तमानमा भने युवा होस् वा युवती भेट हुन पाएको छैन, निसंकोच माया व्यक्त गरिहाल्छन्।

अहिले कसैका लागि चिठी लेख्न फुर्सद छैन। फोनमा कुरा गर्नु पनि समयको बर्बादीभन्दा अरू केही होइन। आधुनिक पिंढीका लागि यो सबै  काम हँसी-मजाकभन्दा अरू हुन केही सक्दैन। उनीहरूको माया मात्र शारीरिक सम्बन्धमा केन्दि्रत छ। उनीहरूको माया जुनी-जुनीको माया र  समर्पणमा अटाएको छैन। इन्टरनेटको चक्रब्युहमा परेका युवाहरू हिजोआज फेसबुक र हाइफाइभमा आफ्नो माया व्यक्त गर्न थालेका छन्।  उनीहरूमा केही संकोच छैन, जसले पढे पनि हुने। ब्लगमा जे मनमा आयो त्यही लेख्यो। नेटबाट एसएमएस कपी गर्‍यो अनि तुरुन्त अरूलाई  पठायो। भए हुन्छ नभए सन्च भनेझैं छ अहिलेको प्रेम। मन पराएका मान्छेलाई फूल पठाउनु र रगतले लेखेको चिठी पठाउनु पूरै बेबकुफी  बन्दै गएको छ। आधुनिक भावनामा गरिने प्रेममा आईलभयू लेखेर एसएमएस पठाए भैहाल्छ, जस्तोसुकै रेस्पोन्स आओस् मतलब छैन।

शुभकामना तथा बधाई दिन पनि अहिले कार्ड बाँड्नुपर्छ भन्ने छैन। त्यसो गर्नुलाई अहिलेको पुस्ताले मूर्ख्ाता मान्न सक्छ। साइबरमा बस्यो  अथवा घरकै नेट जडान गरिएको कम्प्युटरमा बसेर इकार्ड पठायो भैहाल्छ। जहाँ आफूले चाहिँदो शब्द पठाए पुगिहाल्छ। जुन पारामा पनि  पठायो प्रापकले स्वीकार गर्नैपर्छ। नेपालीलाई जानि नजानी नेपांग्रेजी बनाएर सेन्ड गर्‍यो एसएमएस र मेल त गैहाल्छ। यति त हो, आजको  जमानामा चल्ने एसएमएसको माया।

आधुनिकीकरणसँगै मायाका बारेमा युवापुस्ताको सोच पनि बदलिएको छ। जोसँग डेटिङ गयो ऊसँगै विवाह गर्नैपर्छ भन्ने छैन। आजकाल माया  पहिलेजस्तै बाबुआमाले खोजेको केटा वा केटीलाई बन्द आँखाले स्वीकार गर्ने होइन, बरु पूरै बुझेर मात्र वैवाहिक सम्बन्ध हुन्छ। सूचना- क्रान्तिको समयमा माया त केबल टाइम पासको बाटो बनेको छ। एउटासँग च्याटिङ गर्‍यो अर्कोसँग मोबाइलमा एसएमएसको बार। भनिन्छ—  एसएमएस कुनै नशालु पदार्थभन्दा कम छैन। त्यसमा रिंगटोन पनि जोडिएको छ। रिंगटोनले नै कसले फोन गरेको थाहा हुन्छ र त्यो कललाई  कट र एक्सेप्ट गर्ने आफ्नै हातमा छ। रिंगटोन पनि एउटा नशा बनेको छ। वास्तवमा सुविधाले मानिसको जिउने स्टाइल र सोचमा पूरै  परिवर्तन ल्याएको छ। सानो स्क्रिनमा सबै पाइन्छ। मोबाइल मायाको साइनो लाउने सजिलो माध्यम भएको छ। त्यसैले सबै ठाउँमा सबैले मो बाइलमा एसएमएस गरिरहेको देख्न सकिन्छ। होटल, रेस्टुराँ, पार्क, सिनेमा हल, डान्सपार्टी, सडक चोक, गल्लीहरूमा जहींतहीं एसएमएस गर्न  व्यस्त युवाहरू देखिनु नौलो रहेन।

यसको लोकप्रियता बढ्नुको प्रमुख कारण हो- चाँडोभन्दा चाँडो खबर जानु। पहिले लब नोट पठाउन सजिलो थिएन। प्रेमी-प्रेमिकाको कुरा  नगरौं, श्रीमान-श्रीमती पनि मनोरञ्जनका लागि आँगन र कोठामा एसएमएस गरिरहेका हुन सक्छन्। श्रीमान्ले व्यक्त गर्ने एसएमएस माया  श्रीमतीका लागि खुसी बन्छ भने श्रीमतीको एसएमएस श्रीमान्का लागि उत्प्रेरणा हुन्छ। एक-अर्काबीच आदान-प्रदान हुने एसएमएसले  दम्पतीको माया प्रगाढ बनाइरहेको छ। कहिलेकाहीं त उनीहरू आफ्ना साथी-संगीलाई श्रीमान्ले पठाएका राम्रा-राम्रा एसएमएस फुर्तिलो  पारामा देखाउँछन्। यसले माया प्रदर्शन गर्नुले कति महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा बुझाउँछ।
त्यतिले मात्र पुग्दैन। कसैलाई सम्झन मात्र मोबाइलमा मिस कल गरे पुग्छ। कुनै पनि काममा हुँदा धेरै युवा र दम्पतीको मिसकल आए  अचम्म मान्नु पर्दैन। आधुनिकताले सबै कुरा बदलिदिएको छ। सबै सीमा तोडि्दै गएका छन्। एसएमएस गर्नु कुनै गार्‍हो काम होइन। भाषाको  ज्ञान नभए पनि यो खेलमा रमाउन सकिन्छ। कहिल्यै पछाडि हट्नु पर्दैन, जे आउँछ त्यही लेखो पठायो चलिहाल्छ। यहाँ भावुकतामा डुबेर  मायाका शब्द टाइप गर्नु आवश्यक छैन, जस्तोसुकै टाइप गरे पनि अरू केही बुझ्नु पर्दैन, मात्र यौनबुझे पुग्छ। यो नयाँ समयमा बढ्दो  आधुनिकताले नै मायाका बारेमा पनि नयाँ अर्थ र भाषा लेखिरहेको छ। जसले विवाहभन्दा पहिले हुने शारीरिक सम्बन्ध बढाइ रहेको छ।  विवाहपछि श्रीमान्सँग बस्न मन लागेन भने अर्को नयाँ सम्बन्ध बनाउनुमा अब कुनै आपत्ति छैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out