प्रचण्डले छोरालाई निलम्बन गर्ने बाध्यता यसरी पर्‍यो

बिहानै प्रचण्डपुत्र प्रकाशले विद्यार्थी नेतृ बिना मगरलाई भगाएर दिल्ली पुर्‍याए भन्ने हल्ला सोसल मिडियामा फैलियो। टेलिभिजन, एफएम जस्ता मूलधारे मिडिया चुपै बसे पनि सोसल मिडियाका कुरालाई केही अनलाइनले पनि टिपेपछि फेसबुक र ट्विटरले यो खबरलाई अझै यत्ति धेरै फैलाइदियो कि बाउ प्रचण्डको अध्यक्षतामा साँझ बसेको पार्टी पोलिटब्युरो बैठकले छोरा प्रकाशलाई साधारण सदस्यताबाटै निलम्बन गर्ने निर्णय लिन बाध्य बनायो। घटनाबारे छानबिन गर्ने पनि निर्णय भयो तर कसले छानबिन गर्ने भन्ने चाहिँ टुङ्गो बैठकले लगाएको छैन। त्यसैले प्रष्टै बुझ्न सकिन्छ, यो अहिलेलाई सोसल मिडियामा बिग्रिएको छविका कारण चालिएको कदम हो।

के हो त यो कान्डको पृष्ठभूमि ?

केही साप्ताहिक पत्रिकाहरुले पहिल्यै यसबारे खबर छापिसकेका थिए। हेर्नुस्-

    बिनासँग हिमाल चढ्दा बबाल
    काठमाडौं । अन्तिममा राज्यकोषबाट प्राप्त अनुदान त्यागेर शान्तियात्राका लागि सगरमाथा उक्लेका प्रचण्डपुत्र प्रकाशसहितको टोली काठमाडौं फर्किसकेको छ । तर ‘राम्रो’ का लागि सर्वोच्च शिखर आरोहणमा निस्किएका प्रकाशले मन थाम्न नसक्दा टोलीभित्रै खैलाबैला मच्चिएको छ ।
सगरमाथा आरोहणपूर्व अभ्यासका क्रममा रसुवाको एलापिक हिमाल जाँदैमा प्रचण्डपुत्र प्रकाश र सरस्वती क्याम्पसकी स्ववियु सभापति बिना मगरबीच सम्बन्ध झांगिएको थियो । यही सम्बन्ध सर्वोच्च शिखर आरोहण दलका सदस्यका लागि निकै टाउको दुखाइको विषय बन्न पुग्यो । पुगेको एक सातामै नाम्चे बजारको लजमै प्रकाश र बिना यति व्यस्त भए कि यी दुईले आरोहण दलका अन्य सहकर्मीलाई उति समय दिनै भ्याएनन् । आरोहण दलका एक सदस्यले बताएअनुसार आधारशिविर नपुग्दै दिङबोचेमा यिनीहरुले देखाएको चर्तिकला हेर्न नसकेर नदेखेझैँ गर्नुपरेको थियो । जब उनीहरु अन्य सहकर्मीसँगै चौथो शिविर पुगे झनै अचाक्ली भयो । युद्धकालदेखि केही समयअघिसम्म मात्रै प्रचण्डको बडिगार्डका रुपमा खटिएका शरद्ले जब प्रकाश र बिनालाई चौथो शिविरको टेन्टभित्र आफैँले अप्ठ्यारो अवस्थामा भेट्टाए त्यहीबेला उनले चेतावनी पनि दिए । तर त्यो घनिष्टता कुनै चेतावनीका सामु झुक्ने कुरै थिएन । अति भएपछि शरद कृष्ण केसी र जनमुक्ति सेनाका बि्रगेड कमान्डर सरल सहयात्रीले प्रकाशलाई सम्झाए । तर त्यो सम्झाइको पनि कुनै काम लागेन । दोस्रो शिविर उक्लिनुअघिको रात बिना बिरामीको निहुमा बाटो देखाउन गएका सहयोगी शेर्पासँगै पालमा पसिन् । त्यो बसाइ भने कुनै अनुचित प्रकारको नभएर महिला र पुरुष हार्दिकतासाथ पुरुष-पुरुष वा महिला-महिला कम्युनमा बसेजस्तो बस्न सक्छन् भन्ने सन्देश दिनेखालको थियो । तर चौथो शिविर उक्लिएपछि ती शेर्पा बिनाको साथबाट हटाइए । बिनासँगै गएकी ईशु भट्ट स्वास्थ्यले साथ नदिएका कारण तीन-चार रात बिनासँगै बिताएर फर्किइन् । अनि खाली भएको बिनाको टेन्टमा प्रकाशलाई निम्त्याउन सुरु भयो । कहिले बिनाकहाँ कहिले प्रकाशकहाँ यी दुईको आवत-जावत बढी नै हुन थालेपछि शरद् सरल र कृष्णले दुवैलाई राखेर ठाउँको ठाउँमै ‘वार्निङ’ दिए । तर, दुवैले ‘हैन-हैन कहाँ त्यस्तो हुनु’ भन्दै कुरा टारे । यसबारे वास्तविकता बुझ्न आरोहण दलका सदस्य शिव डाँगीलाई जनआस्थाले फोन गर्दा उनले सुरुमा ‘एकछिनपछि भन्छु’ भने । तर त्यसपछिका फोन उठाएनन् । बरु प्रकाशलाई रिपोर्टिङ गरिभ्याएछन् र प्रकाशले फोन गरेर भने, ‘दाइ शिव डाँगीलाई केही सोध्नुभएको थियो रे ! त्यस्तो केही पनि होइन दाइ; नछापिदिनुस् है !’ युद्धकालमा भए सफायादेखि कारबाही घटुवा आलोचनासम्मका कारबाही हुने सांस्कृतिक अपचलनरुपी यस्तो गतिविधि माओवादीभित्र त्यसै सामसुम पारिएको छ । स्रोतः जनआस्था

    आरोहण टोलीमा संलग्न एक महिला सदस्यसँग प्रचण्डपुत्र प्रकाशले अघि बढएको ‘अन्तरंग सम्बन्ध’ ले सीमा नाघ्न थालेपछि अन्य सहयात्रीहरूले सम्झाउने कोसिस गरे। तर यो सम्बन्धलाई प्रकाशले विशेष सम्बन्धसँग तुलना गर्दै डिस्टर्भ नगर्न चेतावनी दिएपछि सबै चुप भए। ‘कुनै ब्लू फिल्मको सुटिङ गर्न आएका हौं कि सगरमाथा चढ्न? हेक्का राख्नुपर्योई कमरेड’ टोलीका एक सदस्यले दिएको यो सुझावलाई प्रकाशले सहन नसकेपछि झन्डै हात हालाहालको स्थिति भयो।
    दारु खाएपछि एक्कासि बौलाउने प्रकाशको चरित्रले कुनै पनि बेला दुर्घटना हुनसक्ने भयले आक्रान्त टोली नेता कृष्ण केसीले प्रचण्डलाई त्यहीँबाट टेलिफोन गरी वस्तुस्थिति अवगत गराएको बुझिएको छ। तर प्रचण्डले कुनै वास्ता गरेनन्। त्यसपछि अर्का सदस्यले आमा सीता दाहाललाई टेलिफोन गर्दै पुत्र प्रकाशको रोमान्स पारिवारिक विघटनको अवस्थासम्म पुग्न लागेको जानकारी गराउँदै थिए। ज्ञानेन्द्रको दिमागमा पारस चढे जस्तै प्रचण्डको दिमागमा प्रकाश राम्रैसँग चढिसकेका रहेछन् भन्ने बुझेपछि टोलीका सदस्यहरू तैं चुप मै चुप भए। आरोहण टोलीमा बिना मगर, कृष्ण केसी, शिव डाँगी, महेश्वर फुयाँल, मदन चुँडाल, युवराज दुलाल, शरद पौडेललगायत थिए। लाहुरेकी क्रान्तिकारी छोरी बिना मगरको शंकर अधिकारीसँग बिहे भइसकेको छ। बिना प्रचण्ड पक्षमा लागेकी छन् भने शंकर मोहन वैद्य पक्षमा खुलेर लबिङ गरिरहेका छन्। बिना आरोहण दलकी एक्ली महिला हुन्। स्रोतः विक्लीनेपाल

अहिले कहाँ छन् त ?
बाउ प्रचण्ड, आमा सीता अनि दाइ समिर दाहाललाई समेत जानकारी नै नदिई सुटुक्क घरबाट गायब भएका प्रकाश दाहाल आफ्नो फेसबुकसमेत डिएक्टिभेट गर्दै गायब भएका थिए। घरमा उनकी दोस्री श्रीमती सिर्जना र केही महिना अघिमात्रै जन्मिएको छोरा अलपत्र। उनले पहिलो विवाह चाहिँ माओवादी नेता पोस्टबहादुर बोगटीकी छोरी प्रभासँग गरेका थिए। त्यो ‘जनवादी’ भनिएको विवाह चाहिँ दुवैले अलग्गिने निर्णय गरेपछि औपचारिक रुपमा टुङ्गिएको थियो।

प्रकाश अहिले भारतको दिल्लीमा रहेको बुझिएको छ। भारतमा छापिने नेपाल दर्शन पत्रिकाका अनुसार प्रचण्डको छोराले अर्काकी स्वास्नी भगाएर दिल्ली ल्यायो भन्ने खबरले त्यहाँको प्रवासी नेपालीबीच पनि सनसनी मच्चिएको छ। माओवादीको भ्रातृ स‍ंगठन अखिल भारत नेपाली एकता मंचका नेताहरुलाई भने यो बारे केही थाहा रहेनछ। तर नेपाल दर्शनका अनुसार उनी दिल्लीमा आफन्तकहाँ लुकेर बसेका छन् रे। दुवै बेपत्ता भएसँगै फेसबुक अकाउन्ट पनि डिएक्टिभेट भए पनि रातिबाट बिना मगरको फेसबुक भने खुला भएको छ। यसअघि प्रकाशले राज्यकोषबाट ३ करोड रुपियाँ सगरमाथा चढ्न लिने खबर सार्वजनिक भएसँगै आलोचना भएपछि फेसबुक केही समयका लागि डिएक्टिभेट गरेका थिए। दिल्लीबाट दुई जना स्विट्जरल्यान्डतिर जाने भन्ने गाइँगुँइ पनि सुनिएको छ।

बाउलाई टेन्सन !
प्रचण्ड आफू यस्तो विवादमा कहिले नपरे पनि उनका दुवै सन्तानको घर भने राम्रोसँग बसेको छैन। उनकी छोरीको पनि श्रीमानसँग सम्बन्ध विच्छेद भयो। छोराको पनि भएर लगत्तै दोस्रो विवाह पनि भएको थियो। दोस्रो विवाह पनि नटिकेर अहिले उनले अर्कीलाई भगाएको समाचार आएको छ। देशको राजनीतिको केन्द्रमा रहेका पात्र हुनाले प्रचण्डलाई यसै पनि निकै टेन्सन हुन्छ। भर्खरै पार्टी विभाजन भएको टेन्सन छ। विपक्षीहरुले सत्ता छाड्न दिइरहेको दबाबको अर्को टेन्सन छ। टेन्सनै टेन्सनमा अर्को टेन्सन थपिदिए पुत्र प्रकाशले। बाउको नाम राख्ने काम गर्ने आशा त उनीबाट गर्न सकिँदैन थियो, कमसेकम भएको नाम नबिगारे मात्र पनि प्रचण्डलाई पुग्थ्यो होला, त्यही पनि गरिदिएनन्। उता ज्ञानेन्द्रकी छोरीको पनि डिभोर्स भो र छोरा पारस स्वास्नी, बच्चा छाडेर थाइल्यान्डतिर बेपत्ता छ, यता प्रचण्डको पनि त्यही हालत। बिचरा बाउहरुलाई पो टेन्सन !

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out