"सेक्सी, डजन्ट मिन सेक्स मी"

काठमाडौ, श्रावण २० - गत महिना भारतको असम राज्यको गुवाहाटी सहरमा एक युवतीसँग सार्वजनिक स्थलमा आधा घन्टासम्म दुव्र्यवहार भयो । युट्युबमा यसको भिडियो टेप राखिएपछि यसले राष्ट्रिय बहसको रूप लियो । दबाबमा आएको सुरक्षा निकायले संलग्न ३० मध्ये मुख्य आरोपी सहित १४ जनालाई मुलुकका कुनाकुनामा पुगेर पक्राउ गर्‍यो ।
भीडलाई उक्साएको, भिडियो बनाएको र उल्टै यो दृश्यलाई प्रसारण गरेको आरोपमा स्थानीय टीभी च्यानलका पत्रकारलाई प्रहरीले पक्राउ गर्‍यो भने सम्पादकले राजीनामा दिनुपर्‍यो । यो घटनामा समाजको रमिते सोच मात्र नांगिएन, राष्ट्रिय महिला आयोगका पदाधिकारी र राज्य सरकारको गैरजिम्मेवार व्यवहार
पनि उदांगियो ।

नारी अस्मिताको धज्जी उडाउने गरी एकपछि अर्को संवेदनहीन गतिविधि भयो । आयोगकी एक सदस्यले आचार संहिता र गोपनीयताको हकको ठाडो उल्लंघन गरी सञ्चारकर्मीसँग ती पीडित युवतीको नाम सार्वजनिक गरिन् । सर्वत्र विरोधपछि उनलाई छानविन दलबाट हटाइयो । राज्यको मुख्यमन्त्रीले युवतीलाई भेटेको तस्बिर सञ्चारमाध्यममा प्रकाशनका लागि पठाइयो । तर, आलोचनापछि सरकारले सञ्चारमाध्यमलाई त्यो तस्बिर प्रसारण र प्रकाशन नगर्न आग्रह गर्‍यो ।
यो त केही होइन । आयोगकी अध्यक्ष ममता शर्माले यौन दुव्र्यवहारबाट बच्न महिलालाई मर्यादित पोसाक लगाउने सुझाव दिएर थप विवादको सृजना गरिन् । व्यक्तिगत स्वतन्त्रतासँग जोडिएको पहिरन सम्बन्धी उनको अभिव्यक्ति अलोकपि्रय भयो । उनको यो परम्परागत सोचलाई भारतमा पनि स्विकारिएन ।
भारतको पश्चिम बंगालका एक विधायकले २९ जुलाईमा महिलाले लगाउने छोटो पहिरनलाई दुव्र्यवहारको कारण बताएर यो विवादलाई मलजल गरे ।
कोचिङ कक्षा सकेर पितासँगै फर्किरहेकी १२ कक्षाकी एक छात्रासँग जँड्याहा युवकहरूले कोलकाता सहर नजिकैको रेल-वे स्टेसनमा घृणित व्यवहार गरेका थिए । छोरीलाई बचाउने क्रममा ती उपद्रवहरूको कुटपिटबाट पिता गम्भीर घाइते भए । निकै संवेदनशील र बौद्धिक सहर मानिने कोलकातामा केही समययता यस्ता घटना वृद्धि भएका छन् । यो घटना र सभासद्को बयानको चर्को विरोध भएको छ । डेढ वर्षको अवधिमा त्यहाँ बलात्कार, सामूहिक बलात्कार र बहिनीसँग भइरहेको छेडछाडको विरोध गर्दा एक भाइको हत्या भइसकेको छ । 
यही साता भारतको बैंलोरबाट मसुरी गइरहेको रेलमा यौन दुव्र्यवहारको विरोध गर्दा चार युवकले एक युवतीलाई रेलको ढोकाबाट धक्का दिए । यात्रुहरूले हिम्मत गरेर ती युवकलाई समाएर प्रहरीलाई बुझाउनुका साथै युवतीलाई अस्पताल पुर्‍याए । उनी अहिले जीवन-मरणको दोसाँधमा छिन् । उनलाई सुरुमै बचाउने प्रयास भएको भए उनको यो अवस्था हुँदैन्थ्यो ।
दिनरात मिहिनेत गरेर गरिबीसँग लड्दै परिवार पालिरहेकी यी युवतीले पूरा शरीर ढाक्ने सामान्य कुर्ता-सुरुवाल लगाएकी थिइन् । पोसाकले गर्दा नभएर एक्लो र ट्रेनमा सुरक्षा नहुँदा उनीसँग यो निन्दनीय व्यवहार भएको थियो । दैनिक रूपले सडक र बसमा एक व्यक्तिले गर्ने दुव्र्यवहारबाट आजित भएकी भारतकी उत्तर प्रदेशकी अर्की एक शिक्षिकाले परिवारजनसँग पीडा पोखिन् । पीडितका आफन्तले सम्झाइबुझाइ गर्दा ती बद्मास व्यक्तिले उल्टै हातपात गर्न थालेपछि दुवै पक्षबीच झडप भयो । कुटपिटबाट पीडकको ज्यान गयो ।
जिम्मेवार युवापिँढीले यसको विरोध गर्नुपरेमा झनै यस्तो गलत हर्कत गर्न पुग्छन् । चीन सरकारको निमन्त्रणमा हालै बेइजिङ पुगेका भारतीय युवा दलका केही सदस्यमाथि आफ्नै मुलुक र चीनका युवतीसँग दुव्र्यवहार गरेको आरोप लाग्यो । पीडित महिलाले आफूमाथि भएको अन्यायबारे बोले पनि सरकारी अधिकारीहरूले यसलाई हल्का र मोजमस्तीको कुरा बताएर ढाकछोप गरे ।
नारी अस्मितालाई ठेस पुग्ने गरी भएको यो घटनालाई सामान्य रूपमा लिइयो । यो वास्तवमा सामाजिक र सांस्कृतिक विचलन हो । फेसन विक, पार्टी र र्‍याम्प मोडलिङमा सहभागी गराउने आडमा पनि यस्ता दुव्र्यवहार हुने गर्छन् । मासिक एक लाख रुपैयाँ दिने गरी भारत ल्याइएका अस्टे्रेलियाली मोडेलहरूले स्वदेश फर्केर गत साता आफ्नो सरकारसँग यसको खुलासा गरेका छन् ।
ठुल्ठूला पार्टीमा आउने पाहुनाको मुखमा रक्सी हाल्ने काम गर्नुपरेको उनीहरूले बताएका छन् ।
नशामा मात्तिएकाहरूको यौन दुव्र्यवहार सहनुपरेको मोडेलहरूले गुनासो गरेका छन् । दलाल र मध्यस्थकर्ता मार्फत संसारभरि पुग्ने अस्टे्रलियाली मोडेलहरूसँग झुक्याएर यस्तो व्यवहार हुने गरेको बताउँदै अस्ट्रेलिया सरकारले यस विषयको जाँच गर्ने भएको छ । यसको पछाडि पनि पहिरनभन्दा खराब नियत भएका दलालहरू दोषी देखिए ।
अश्लील व्यवहारका घटनामा बढोत्तरी भएपछि चीनको एक प्रान्तीय रेल सेवाले हालसालै यस्तो घटनालाई रोक्नमा सहयोग गर्न महिलाहरूसँग उत्तेजक पहिरन नलगाई यात्रा गर्न आग्रह सहितको सूचना जारी गर्‍यो । टे्रन प्लेट र्फममा टाँसिएको सूचनामा सांकेतिक रूपमा 'अर्धनग्न पोसाक' मा उभिएकी युवतीलाई देखाउँदा अधिकारकर्मीहरूले यसको चर्को विरोध गरे ।
अर्को दिन केही महिलाले विरोध स्वरूप यस्तै खाले लुगा लगाएर प्लेट र्फममा प्लेकार्ड सहित देखिए । प्लेकार्डमा आधुनिक पहिरन वा छोटा लुगा लगाउँदा दुव्र्यवहार गर्न नपाइने आशय व्यक्त गरिएको थियो । रेल सेवाका अधिकारीहरूले तत्काल माफी माग्दै दिदीबहिनीलाई सचेत गराउने आशयका साथ मात्र यस्तो सूचना जारी गरेको स्पष्टीकरण दिए ।
तर, हालै भारतको उत्तर प्रदेशको बागपत जिल्लाको असार ग्राम पञ्चायतले यस्ता घटनालाई रोक्न ४० वर्षभन्दा कम उमेरका युवतीलाई एक्लै किनमेल गर्न जानमा रोक लगायो । बाहिर निस्कँदा महिलालाई शिर छोप्नुपर्ने आदेश दिइयो । महिला प्रधानमन्त्री, राष्ट्रपति र मुख्यमन्त्री भइसकेको मुलुकमा यो निर्णयले संसारलाई चकित पार्‍यो ।
हालै तमिलनाडुको शिक्षा विभागले पनि परिपत्र जारी गरेर विद्यालयका शिक्षकलाई पेसा र संस्कृतिसँग मेल खाने पोसाक लगाउन भनेको छ । यसअघि भारतको हरियाणामा महिला र बाल विभागले महिला सुरक्षाका लागि कर्मचारीलाई शालीन पोसाकमा कार्यालय आउन आदेश दिएको थियो । पश्चिमा र आधुनिक शैलीका भन्दा भारतीय पोसाकलाई सरकारी आदेशमा भद्र भनिएको थियो । केही भारतीय नेता र सभासद्ले यसको विरोध गर्नुको साटो समाजमा श्रद्धा र सम्मान झल्किने खालका लुगा लगाउन महिला वर्गलाई सल्लाह दिए । भारतमा यो अन्तहीन विवाद जारी छ ।
छिमेकी मुलुक भारतमा मात्र नभएर संसारभरि महिलाहरू सार्वजनिक यातायात र स्थलमा अझै पनि सुरक्षित छैनन् । अमेरिका जस्तो सर्वशक्तिमान् मुलुक होस् वा कुनै गरिब अफ्रिकी मुलुक यसबाट अछुतो छैन । विभिन्न सामाजिक सञ्जाल र सक्रिय सञ्चारमाध्यमले गर्दा यस्ता घटना सार्वजनिक हुन थालेका
छन् । गत जुनमा उत्तरी ताइवानमा जबरजस्ती चुम्बन गरेको अभियोगमा अदालतले एक पुरुषलाई सात महिनाको जेल सजाय सुनायो । उनले गाडी पर्खिरहेकी महिलालाई भुइँमा नपछारिएसम्म चुम्बन गरेका थिए । यो घटनामा पनि महिलाको पहिरनभन्दा पुरुषको विकृत मनस्थितिलाई अदालतले दोषी ठहर्‍यायो ।
प्रायःजसो हरेक मुलुकको कानुनले जुनसुकै स्वरूपको भए पनि यौन दुव्र्यवहार र हिंसालाई गम्भीर अपराधको सूचीमा राखेको छ । आधुनिक हुनु र इच्छा अनुरूप आफू सुहाउँदो पहिरन लगाउनुलाई दुव्र्यवहारको मुख्य कारण मान्नु कदापि ठीक होइन । कानुनले पनि पहिरनमाथि प्रतिबन्ध लगाउँदैन । पहिरनको पछि कुद्नुभन्दा सुरक्षा प्रबन्धलाई राम्रो बनाउनुपर्छ । यौनकर्मी नै भए पनि इच्छा विपरीत छुन वा जबरजस्ती गर्न नपाइने भनेर संसारभरिका अधिकारकर्मीहरूले आन्दोलन र प्रदर्शन गर्दै आएका छन् ।
अर्धनग्न पहिरनमा देखिने महिला र पेसेवर यौनकर्मीलाई जे पनि गर्न पाइने मानसिकताले यौन हिंसा बढेपछि यसविरुद्ध आवाज उठ्न थालेको हो । विश्वभरि विरोध स्वरूप नांगो छाती र प्लेकार्डमा 'देयर इज नो पर्मिसन (यहाँ अनुमति छैन)', 'सेक्सी, डजन्ट मिन सेक्स मी -सेक्सी देखिनुको अर्थ सेक्स गर चाहिँ होइन)' र 'डोन्ट टच मी (मलाई नछोऊ)' चेतावनी मिश्रति शब्दका साथ प्रदर्शन हुन छाडेको छैन ।
शारीरमा छुँदा मात्र होइन, बोली र सन्देशबाट समेत गरिएका व्यवहार दुव्र्यवहार र यौन हिंसा हुन सक्छ । इन्टरनेटबाट यस्तो गलत काम गर्ने सय अपराधी समूहका १० हजारभन्दा बढीलाई चीनले पक्राउ गरेको छ । जुनमा मात्र ३२ लाख यस्ता सन्देशलाई नष्ट गर्नुका साथै अवैध ढंगले सेवा प्रदान गर्ने ३० इन्टरनेट सेवा प्रदायकलाई चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले कारबाही गरेको छ ।
(एजेन्सीहरूको सहयोगमा)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out