ओलम्पिकमा यौनको धन्दा

ओलम्पिकमा स्वर्ण पदक विजेता अमेरिकी फुटबल टोलीकी गोलकिपर होप सोलोले चार वर्ष अघिको बेइजिङ ओलम्पिकका बेला खेलाडि बस्ने स्थान वेश्यालय जस्तो भएको भनी गरेको टिप्पणीले त्यसबेला ठूलै हंगामा मच्चाएको थियो ।
उनको त्यस्तो अभिव्यक्तिका कारण उनको आलोचना मात्र भएन उनीमाथि कारवाही समेत हुनसक्ने बताइएको थियो । उनको उक्त टिप्पणी अतिशयोक्तिपूर्ण भनेर धेरैले जवाफ दिए । तर आखिर ओलम्पिक खेलाडि बस्ने ओलम्पिक भिलेजमा यौन धन्दा निकै चल्ने गरेको कुरामा अहिले विश्वास गर्नैपर्ने भएको छ ।

ओलम्पिक भिलेजमा हुने यौन कार्यलाई मध्यनजर गर्दै ओलम्पिक कमिटीले खेलाडिहरुका लागि डेढ लाख कण्डम बाँडेको घटनाले यसलाई पुष्टि गर्छ । १७ दिनको खेल महाकुम्भमा खेलाडिका लागि मात्रै यतिधेरै कण्डम बाडिनुले के पुष्टि गर्छ भने खेल अवधिभर ओलम्पिक भिलेजमा खेलाडिहरु यौन धन्दामा निकै लिप्त हुन्छन् ।
खेलाडिका लागि भनेर छुट्टाइएका ति कण्डम प्रत्येकलाई बाँड्दा एउटा खेलाडिको भागमा १५ वटा कण्डम पर्छन् । यसले पनि खेलाडिहरु झण्डै दिनहुँजसो सम्भोग क्रिडामा संलग्न हुने गरेको देखिन्छ । ओलम्पिकको ध्येय नै छिटो, उच्च र ससक्त भन्ने छ । त्यसैले पनि त्यस्तो अब्बलपनामा उर्जा भर्न यौनको तिर्सना मेट्ने सुविधा खेलाडिहरुका लागि उपलब्ध गराइएको हुनसक्छ ।
वास्तवमा ओलम्पिकमा आउने खेलाडिहरुको मुख्य ध्येय भनेकै आफ्नो कडा परिश्रमलाई उपलब्धीमा बदल्न बढिभन्दा बढि राम्रो खेल देखाउनु हो । तर विश्वका एक से एक अब्बल, उत्कृष्ट, सेक्सी तथा हेल्दी १० हजार जना मान्छेहरु जम्मा भएको स्थानमा मन बहलाउने अरु उपाय हुँदै हुँदैनन् भन्ने होइन । त्यसैले होला ओलम्पिक भिलेजमा छुट्टै क्याम्पिङ गरेर सुत्ने सुविधा पाउने खेलाडिहरु आफ्नो मनले खाएको अर्को विपरित लिंगी खेलाडिको साथमा रात बिताउन हरदम प्रयत्न गर्छन् र तनाव बाट मुक्ति पाएर अझ राम्रो खेल देखाउने अपेक्षामा हुन्छन् । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out