रणविरको घरमा रात बिताइन् कटरिनाले

बलिउडमा केटी फेरिरहने हिरोको नामले चिनिने रणविर कपूर पछिल्लो समय कटरिना कैफसँग लहसिन थालेको हल्ला चलेको थियो । तर पछिल्लो घटनाले भने यो हल्ला नभएर साँचो कुरा भएको प्रमाणित गरेको छ ।
कटरिना कैफ रणविर कपूरको घरमा मध्यरातमा पुगेर रात बिताएको घटनाले कटरिना र रणविरबीच इलुइलु चलिरहेको कुरा घामजस्तै छर्लंग भएको हो । पछिल्लो समय दीपिका पादुकोणसँग रोमान्समा रहेका रणविर कपूरको मन अब दीपिकाबाट हटेर कटरिनातिर लागेको यसले प्रष्ट पार्छ ।

हालै बलिउड फिल्म ग्यांग अफ बासेपुरको विशेष प्रदर्शन समारोहमा सँगै रणविर र दीपिका सँगै देखिएका थिए । समारोह सकिएपछि जब दीपिकासँग विदा भएर रणविर आफ्नो घरतिर लागे कटरिना पनि सोही मौका छौप्दै रणविरको दैलोमा छिरिहालिन् ।
रणविरको बंगला कृष्णा राजमा हालै रातको डेढ बजेतिर कटरिना पुगेको र उक्त रात रणविरकै घरमा बिताएको सुत्रहरुले बताएका छन् । अनुष्का शर्मा, दीपिका पादुकोण पछि कटरिना कैफसँग त्रिकोणिय सम्बन्धमा फसेका रणविर कपूरले कटरिनासँगको लसपस बारेमा केहीपनि बताउन चाहेका छैनन् ।
तर सुत्रहरुका अनुसार रणविर कटरिना सँगको सम्बन्धलाई पनि लामो बनाउन चाहन्नन् । उनी कटरिना सँग पनि केवल मस्ती गर्न चाहन्छन्, एक मिल्ने साथीको सम्बन्ध दुनियालाई देखाउँदै ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out