मस्ती गर्दागर्दै मलेसियामा नेपाली युवकको मृत्यु

क्वालालम्पुर , भाद्र ८ - परदेशमा विभिन्न घटना दुर्घटनामा नेपालीको ज्यान जाने गरे पनि पछिल्लो पटक यहाँ भिन्नै कारणले नेपालीको मृत्यु भएको छ । उनीले दु:ख पाएर होइन बढी आनन्द उपभोग गर्न खोज्दा मृत्युवरण गरेका हुन् ।

खबरअनुसार मलेसिया को जोहोरबारुको नुसाजयास्थित एक होटलमा भियतनामी प्रेमिकासित मस्ती गर्दागर्दै नेपाली युवाले ज्यान गुमाएका छन् । उमेरले आफूभन्दा करिब १५ बर्षले कान्छी २४ वर्षीया भियतनामी प्रेमिका लिएर त्यहाँको बजेट होटलमा पुगेका हरिबहादुर मगर नाम गरेका नेपाली युवाको सोही दिन राति करिब ११ बजे मृत्यु भएको हो । घटना करिब ३ साताअघिको भए पनि नेपाली समूदायबीच यो खबर एकसाताअघि मात्रै जानकारीमा आएको हो ।
स्थानीय दैनिक पत्रिका ‘हरियान मेट्रो’मा यही अगष्ट पहिलो अंकमा प्रकासित समाचारअनुसार यौन उत्तेजक औषधी सेवनपछि अत्याधिक सम्भोग गर्दागर्दै उनको मृत्यु भएको हो । दिँउसो करिब ३.३० बजे होटल प्रवेश गरेका हरिको जोडी चरम आनन्द लिन खोज्दा आफ्नै ज्यानै गुम्नेगरी राती ११ बजेसम्म कोठाको कोठै थिए । राती करिब ११ बजेतिर ब्वाईफ्रेण्डको होस हवास उडेपछि सुतेको होला भन्ने सोचेर सुतीरहेकी प्रेमीका पछि उनलाई बोलाउने र उठाउने प्रयास गर्दा नउठेपछि होटल व्यवस्थापन कहाँ खबर गर्न पुगेको प्रहरीसँगको सोधपुछका क्रममा ती युवतीले बताइन् ।

मृत्युपछि जाँच–बुझ गर्दा हरि मृत अवस्थामा भेटिएको स्रोतलाई उदृत गर्दै पत्रिकाले उल्लेख गरेको छ । अत्याधिक उत्तेजक औषधी सेवनपछि यौन सम्पर्कका कारण हरिकी प्रेमीका चल्नै नसक्ने अवस्थामा थिइन् । यौन क्रिडाका कारण आफ्नो शरिर दुखेकाले बेलैमा होटल व्यवस्थापनमा खबर गर्न नसकेको बताएकी थिइन् । उनले सोधपुछका क्रममा आफुले पिल्स चक्की समेत खाएको बताएकी थिइन् ।

घटनाको प्रारम्भिक अनुसन्धानअनुसार सो कोठामा प्रयोग गरिसकेका दुई बोतल यौन उत्तेजक औषधी र एक क्यान बियरको बोतल थियो । लत्ताकपडाहरु छरिएका अवस्थामा थिए । घटनापछि मृतक हरिको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र प्रेमीकालाई भने अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । तर यसबारे पछिल्लो जानकारी प्राप्त हुन सकेको छैन । मृतक हरिको नेपालस्थित ठेगानापनि खुल्न सकेको छैन । यसबारे यहाँस्थित नेपाली दुतावासमा पनि कुनै जानकारी नआएको स्रोतले बतायो । समाचारमा ती प्रेमिकाको नाम पनि खुलाइएको छैन यद्यपी तापनि यो समाचार तयार पार्दासम्म अन्य विस्तृत जानकारी पाउन सकीएको छैन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out