नायिका को हुने भनेर वारम्वार विवादमा आइरहेको चलचित्र कलिउड अन्तत वन्ने भएको छ । यो सिनेमाको मंगलवार काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरमा शुभसाईत गरियो । नेपाली सिनेमाभित्र देखिने विभिन्न घटनाक्रमलाई नै आधार वनाएर कलिउड सिनेमा निर्माण हुन लागेको हो । चलचित्रलाई नवराज आचार्यले निर्देशन गर्न लागेका हुन् । अमेरिकाको डिभी परेपछि नवराज त्यता हानिएपछि सिनेमा निर्माण हुने नहुने कुरामा समेत अन्यौल रहेको थियो ।
चलचित्रको शुभमुहुर्त कार्यक्रममा नायक आर्यन सिग्देल र निर्माता कुमार खड्काले पुजा गरेका थिए । तर, नरिवल फोड्ने र सम्वाद वोल्ने काम मुहुर्तमा गरिएको थिएन । चलचित्रमा दुई नायिका रहने भएपनि अर्की नायिकाको भने पक्का भैसकेको छैन । नायिका रिमा विश्वकर्मासँग कुरा भएपनि अहिलेसम्म पक्का भैनसकेको वताईएको छ । आचार्यले भने, सम्पूर्ण तयारी पुरा नभएकाले पनि सिनेमाको मुहुर्त राम्रोसँग गर्न सकिएन ।चलचित्रमा नायिका प्रियंका कार्कीले एक गीतमा आईटम डान्स मात्र गर्नेछिन् । अर्की नायिका केही दिनमा पक्का हुने उनको भनाई छ ।
शुभमुहुर्त कार्यक्रममा चलचित्रका नायिकाद्धय नम्रता श्रेष्ठ, पि्रयंका कार्की, नायक विष्णु कार्कीको पनि उपस्थिती रहेको थियो । चलचित्रमा पटकथा एवं संवाद ब्रजेश खनालको रहनेछ । चलचित्रमा संगीत प्रदिप वास्तोला, द्धन्द अष्ट महर्जन, नृत्य रिनशा राई, छायांकन हरी हुमागाँईको रहने छ । चलचित्रको छायांकन भदौको दोश्रो सातावाट गरीने मुहुर्त कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा नायक आर्यन सिग्देल कलेजको ड्रेसमा उपस्थित भएका थिए ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago