सैफलाई हलिउड हिरोइनको चेतावनी

मुम्बई, साउन १६ (एजेन्सी)- अरुको नामलाई हल्काफुल्का समाचारको विषय बनाउँदा स्थिति गम्भीर हुनसक्छ भन्ने बलिउड अभिनेता सैफअलि खान महसुस गर्दैछन्।
केही दिनअघि पत्रिकामा आफूले आगामी फिल्ममा हलिउडकी अभिनेत्री नाटाली पोर्टम्यानसँग अभिनय गर्न लागेको समाचार सैफले छपाएका थिए। फिल्मको निर्माण आफ्नै होम प्रोडक्सन वा हलिउडको कुनै कम्पनी पनि हुनसक्ने सम्भावना उनले व्यक्त गरेका थिए।
समाचार चौतर्फी फैलिएपछि सैफले धेरै जनासँग यो ठट्टामात्र भएको र आफूले पत्रकारहरुसँग रमाइलोका लागि त्यतिकै हल्काफुल्का गफ गरेको बताए। भर्खरै 'ब्ल्याक स्वान'बाट अस्कर अवार्ड जितेकी नाटालीकहाँ समेत यो समाचार पुग्यो। यसको प्रमाण सैफलाई नाटालीका प्रतिनिधिबाट आएको सचेत पत्र हो।
सैफले समाचारका विषयमा सार्वजनिक रूपमा माफी नमागे कानुनी कदम चालिने नाटालीको पत्रमा उल्लेख गरिएको छ। नाटालीको नामलाई झुठो समाचार र जोकको विषय बनाइएकोमा प्रतिनिधिले कडा आपत्ति जनाएका छन्। केही महिनाअघि मुम्बईमा डिनर खाने बेला मान्छे कुट्दा पनि सैफ विवादमा परेका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out