अढाइ सय वेबसाइट बन्द गर्न भारत सरकारको आदेश

विभिन्न आपत्तिजनक तथा उत्तेजक वेबसाइट विरुद्धको कारवाही तिब्र पार्ने क्रममा भारत सरकारले भारतमा संचालित २ सय ५० भन्दा बढि वेबसाइट बन्द गर्न आदेश दिएको छ । धार्मिक सद्भाव भड्काउने खालका विभिन्न तस्वीर तथा भिडियोहरु अपलोड गरिएका वेबसाइट बन्द गर्ने आदेश सरकारले दिएको हो । भारतको कर्नाटक लगायत उत्तरपूर्वी केही राज्यहरुमा पछिल्लो समय भडि्कन लागेको जातिय तथा धार्मिक दंगामा यस्ता वेबसाइटले झनै आगोमा घिउ थप्ने काम गरेको ठहर सरकारले गरेको छ ।

भारतको गृह मन्त्रालयले त्यस्ता १ सय ३० वटा आपत्तिजनक वेबसाइट बन्द गरिसकिएको र अरु छिटै बन्द हुने बताएको छ ।
यसैबीच भारत सरकारले देशमा पछिल्लो समय चलिरहेको साइबर हमलाका विषयमा गरिएको गहन अनुसन्धानलाई अन्तराष्टिय फोरममा लग्ने भएको छ । पाकिस्तानमा रहेको कट्टरपन्थी समूहले भारतमा साम्प्रदायिक अस्थिरता फैलाउन साइबर युद्ध चलाएको आशंका गर्दै भारतले यसको जरो पत्तो लगाउन अमेरिकासँग सहयोग माग्ने खबर समेत सार्वजनिक भएको छ । भारतको कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टीमले देशमा भैरहेको यस्तो साइबर हमलाको विषयमा गरेको अनुसन्धानलाई अन्तराष्टिय समूदाय सामु पेश गरी अस्थिरता फैलाउने दुष्प्रयास गर्ने पक्षलाई सबैसामु उदांगो पार्ने लक्ष्य भारत सरकारको छ ।

पछिल्लो समय फेसबुक, टि्वटर तथा यु ट्युब लगायतमा विभिन्न उत्तेजक तथा आपत्तिजनक धार्मिक तस्वीरहरु अपलोड गरी मुस्लिम धर्मावलम्बीलाई भड्काउने प्रयास भैरहेको भारत सरकारले जनाएको छ । यसमा पाकिस्तानी कट्टरपन्थी समूहको हात रहेको र उसले उत्तर पूर्वी भारतमा अस्थिरता फैलाउने प्रयास गरिरहेको आरोप भारतको रहेको छ ।

गएको जुलाइ १३ देखि भारतमा अनलाइनमा यस्ता तस्वीर तथा सामग्रीहरु अपलोड हुन थालेका थिए । मुस्लिम धर्मावलम्बीलाई उत्तेजनामा ल्याउन स्लाम धर्मका प्रवर्तक मोहम्मदका तस्वीरलाई आपत्तिजनक ढंगले परिवर्तन गरी अपलोड गर्ने गरिएको छ । साथै धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने खालका विभिन्न भिडियो तथा अन्य सामाग्री समेत अनलाइनमा राख्ने गरिएको छ । भारतको आसाममा केही समय पहिले फैलिएको धार्मिक दंगा यहीँ कारण बैंगलोर, पुने, चेन्नइ तथा मुम्बइ लगायतका ठाउँमा पनि फैलिने त्रास उत्पन्न भएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out