भक्तपुरका प्रेमभूमि

विनोद ढकाल- साताको एक दिन शनिवार काठमाडौँका राजेन्द्र केसी प्रेमिकासँग दिन बिताउन भक्तपुरको रमणीय ठाउँ पुग्ने गरेका छन्। भक्तपुरका धेरै ठाउँमा चिनजानका मानिस पुग्ने गरेका कारण केही महिनादेखि उनी जगातेको कटेजतिर पुग्छन्। 'अन्य ठाउँहरू पनि गइयो, ठाउँ त फेर्नैपर्‍यो, त्यसबाहेक भीडभाड अलिक कम हुने लागेर केही महिनादेखि जगातेको कटेजतिर जान थालेको छु,' उनी भन्छन्, 'यहाँ अलिक खुला र राम्रो पनि छ। दिनभरि बिन्दास भइन्छ।'

भक्तपुरका विभिन्न ठाउँ अहिले लभ प्वाइन्टका रूपमा चर्चित हुँदै छन्। सर्वाधिक चर्चा पाएको नगरकोटदेखि भर्खरै कटेजहरू खुल्न थालेका जगातेमा पनि हरेक दिन जोडीहरूको भीड बढ्न थालेको छ। नगरकोटमा वाक्क भएका जोडीहरू अचेल सूर्यविनायक डाँडातिर सर्न थालेका छन्।

डिलमा आलिंगनबद्ध भएर माछालाई चारो हाल्न गजब मजा आउने बताउँछन्, सिद्धपोखरीमा आएका जोडीहरू। यहाँ कसैलाई कसैको वास्ता छैन। बालाजुतिरबाट आएको एक जोडी चार वर्षदेखि प्रेममा चुर्लुम्म डुबेको छ। तै पनि, सिद्धपोखरीमा खुट्टा डुबाएर प्रेमालाप गर्ने धीत मरेकै छैन उनीहरूको। 'साताको एक दिन हामी यहाँका माछालाई चारो हाल्दै एकआपसमा अनेकन प्रेमका कुराकानीमा रमाउने गर्छौं,' बालाजुमा बस्ने रविन्द्र बाँस्तोला भन्छन्, 'उनी र म कलेजदेखि नै प्रेम गरिरहेका छौँ। विवाहको तयारीमा पनि छौँ।' '
चाँगुनारायण, तेलकोट, सूर्यविनायक डा"डा, साँगा, नगरकोट, भक्तपुर दरबार स्क्वायर प्रेमीप्रेमिका रमाउने स्थल हुन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out