चिटिक्क पर्दै, लुट्दै

कास्की, श्रावण ४ - आकर्षक पहिरन देखेर झट्ट कसैलाई पनि विश्वास नगर्नुहोला । लवाइखवाई र बोलीचालीकै भरमा विश्वास गरे धोका हुन सक्छ ।
महँगो कपडामा सजिएर झकिझकाउ बनी चोरी गर्दै हिँड्ने गोरखा स्थायी घर भएकी २१ वर्षीया पूजा थापा मगरलाई वडा प्रहरी बैदामले मंगलबार पक्राउ गरेको छ । उनले पर्यटकीय क्षेत्र लेकसाइडका महँगा होटल बुक गरी पाहुनाको रकम र सुन लुटेको प्रहरीले जनाएको छ । 
चार दिनअघि पक्राउ परेकी उनीविरुद्ध प्रहरीले चोरी मुद्दा दर्ता गरेको छ । लेकसाइडस्थित बेड रक होटलमा बसेकी उनी भाग्दै गर्दा समातिएकी हुन् ।
बाथरुमको झ्यालबाट छिरेर मुख्य सडकमा पुगेकी उनलाई भाग्दाभाग्दै पक्राउ गरिएको बैदामका प्रहरी निरीक्षक शेरबहादुर चन्दले बताए । उनको साथबाट कोठाको लक खोल्नेलगायत सामग्री बरामद भएको छ ।
होटलमा बस्दा पाहुनाको चियोचर्चो गर्दै रकमवाला चाल पाएपछि नजिकै कोठा सारेर उनले चोरीको योजना बुन्दै आएकी थिइन् । 'यस्तो टेक्निक लगाएर युवती एक्लैले चोरी गरेको घटना जिल्लामा पहिलो हो,' चन्दले भने, 'चोरी गर्ने उनको टेक्निक अचम्मको छ ।'
उनका अनुसार प्रायः एसी रुम खोज्ने र होटलमा उच्च खानदानी परिवारजस्तै हाउभाउ देखाउने भएकाले समेत होटल सञ्चालकले पनि सजिलै उनलाई कोठा उपलब्ध गराउँदै आएका थिए । प्रहरीका अनुसार उनले पोखरामा चार तोला सुन र झन्डै तीन लाख रुपैयाँ चोरी गरेको उजुरी परेको छ । गत चैतमा उनले पोखराको रत्नचोकस्थित एक ब्युटीपार्लरमा काम गर्ने बहानामा ५० हजार रुपैयाँ र तीन तोला सुन लिएर भागेकी थिइन् ।
'अहिले ब्युटीपार्लर सञ्चालिका र विदेशी पर्यटकको उजुरीका आधारमा उनलाई चोरी मुद्दा चलाइएको छ,' जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रराज पौडेलले भने, 'चोरीको प्रकृति हेरेर कारबाही अघि बढाइनेछ ।' उनका अनुसार यस्तै प्रकृतिको मुद्दा यसअघि काठमाडौं प्रहरीमा समेत परेको बुझिन आएको छ ।
काठमाडौं बस्दै आएकी अभियुक्त थापा गत चैतदेखि हरेक महिनाको एक साता पोखराका होटल बुक गरी चोरी गर्दै आएको प्रहरीसमक्ष स्विकारेकी छन् । उनले दुई वर्ष काठमाडौंको सिटी सेन्टरमा काम गरेकी थिइन् । कुनै मोडल र सिनेमाकी नायिकाले जस्तै पहिरन फेर्ने उनले चुरोट पिउने र अंग्रेजी बोल्ने प्रहरीले जनाएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out