पार्वतीका पछि प्रचण्ड

काठमाडौ, साउन १६ । तल्लो तहका प्रहरीलाई चड्कन हानेर विवादमा तानिएकी डिआईजी पार्वती थापामाथिको कारबाही रोकिने सम्भावना बढेको छ। तीन साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले बिना कारण एक तल्लो तहका सिपाहीलाई कुटेकी थिइन्। प्रहरीमा कुनै गम्भीर गल्ती गर्दा समेत कुट्न पाइन्न। तर,  माथिल्लो पदको आडमा उनले कुटपिट गरेकी थिइन्। सो विषयमा पीडितले प्रहरी प्रधान कार्यालयमा जाहेरी दिएपछि डिआईजी थापामाथि स्पष्टीकरण सोधिएको छ। कारबाहीमा परिने डरले अहिले उनी कारबाही रोक्न दौडधुप गरिरहेकी छिन्। 
स्रोतका अनुसार आफू कारबाही परे आफ्नो बढुवामा असर पर्ने भन्दै उनले कारवाही रोक्नका माओवादी अध्यक्ष प्रचण्डसग गुहार मागेकी छिन्। प्रचण्डले पनि कारबाही रोक्न दबाब दिएकाले कारबाही रोकिने अवस्था रहेको उच्च स्रोत बताउछ। 
एसएसपीका रुपमा पोखरामा  कार्यरत रहदादेखि नै प्रचण्ड  र उनीबीचको सम्बन्धले निकै चर्चा कमाएको थियो। विमानस्थलमा थापाले प्रचण्डलाई छाता ओडाएको तस्विरले निकै चर्चा पाएको थियो। 
स्रोतका अनुसार प्रचण्ड र तथा माओवादीका जनजाति नेताहरुलाई चाकडी गरेर उनी  तीन महिने आईजीपी बन्ने दौडधुपमा छिन्। कुबेरसिंह रानाको ब्याच २०७० साल कात्तिकमा अवकाश पाएपछि डिआईजी थापा र अर्की डिआईजी विमला शर्मा सिनियर एआईजी हुनेछन्। महिलाका लागि छुट्टै दरबन्दी सिर्जना गरेर उनीहरुलाई बढुवा गरिएको थियो। तर बढुवा भएपछि तीन महिनामा नै अवकाश पाउने भएकाले उपेन्द्रकान्त अर्यालको सिधै इन्सपेक्टरबाट आएको ब्याचलाई आईजीपी दिने सम्भवना पनि भएकाले डिआईजी थापा कारबाही रोक्ने मरिहत्ते गरेर लागेकी हुन्।--dristi

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out