‘मस्तिष्कको तार झन्कृत हुनु’ वा ‘एउटा शानदार अतिशबाजीको दृष्य’ यी केही
उदाहरण हुन जसको प्रयोग वैज्ञानिकहरु सेक्सका क्रममा प्राप्त हुने चरमसुखको
स्थिति बयान गर्नका लागि प्रयोग गर्दछन् ।
एउटा नयाँ शोधका अनुसार चरम यौन सुखले शारीरिक मिलनलाई सफल र सुखद मात्र
बनाउँदैन यसबाट कयौ मानसिक तथा शारीरिक रोगको दर घटाउनसमेत सहयोग पराउने
गर्दछ । सेक्ससँग सम्बन्धित मनोविज्ञान विशेषज्ञ स्पेनका मगदालेना
सालामांसाले बीबीसीलाई बताएअनुसार यौन सुखको अनुपस्थितिमा कयौ प्रकारका
विमारी र मानसिक विकृति उत्पन्न हुन सक्दछ । उनका अनुसार यो महत्वपूर्ण छ
किनभने यौन क्रियाको चरम सुख सबैभन्दा महत्वपूर्ण मानवीय सहज
प्रवृत्तिहरुमध्येको एउटा सन्तुष्टि हो।
उनका अनुसार अधिकांश सामाजिक र पेसागत समस्याहरु यौन असन्तुष्टिसँग जोडिएका
छन् । उनका अनुसार उदाहरणका रुपमा लिने हो भने चिन्ता एउटा यस्तो विकृति
हो जुन चरमसुख प्राप्त नहुँदा उत्पन्न हुने गर्दछ ।
मनोवैज्ञानिक आना लुनका अनुसार मानसिक रुपमा जुन समस्याहरुसँग मानिसको
सामना हुने गरेको छ, त्यो कतै न कतै चरम यौन सुखसँग जोडिएको छ ।
केही महिनाअघि अमेरिकी राज्य न्युज जर्सीका रटगर्स विश्वविद्यालयका
मनोवैज्ञानिकले चरम सुखका क्रममा दिभागका ८० अलग अलग भाग सक्रिय हुने गरेको
खुलासा गरेका थिए ।
आना लुना सेक्समा क्रममा चरम सुखका फाइदाका बारेमा यसरी बताउछिन्–सेक्सका
धेरै फाइदाहरु छन्, किनभने यसबाट रगतमा अक्सिजनको मात्रा बढ्दछ र
रक्तप्रवाह पनि राम्रो हुन्छ । त्यो सबै अंगसम्म पुग्छ ।
रटगर्स विश्वविद्यालयको अध्ययनमा मगदालेना सालामांसाको यो तथ्य पुष्टि भएको
देखिन्छ कि शारीरिक र मानसिक स्वास्थ्यको यौनक्रियाका क्रममा प्राप्त हुने
चरम सुखसँग सिधा सम्बन्ध छ ।
आना लुना पनि चरम सुख स्वास्थ्य व्यक्तित्वको महत्वपूर्ण हिस्सा भएको
बताउछिन् । उनका अनुसार यौन सुख प्राप्त नभएको व्यक्तिमा चिडचिडापन, उदासी,
अव्यवहारिकता बढ्ने गर्दछ । यहाँसम्म कि उनीहरुलाई मुस्कुराउनसमेत प्रयास
गर्नुपर्ने हुन्छ । बीबीसी
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago