गाडि किन खस्छन् खोलामा ?

डा. डोलेश्वर भण्डारी

दृश्य १

“किन पुलिसलाई घुस ख्वाउने भनेर राम्रै तयारी गरेर टेष्ट दिन गएको दुवै पटक फाल्दियो । अनि इटहरिमा एकजना चिनेको डीएसपीसँग कुरा गरेँ । उहाँले आउनुहोस न म मिलाएर पठाइदिउँला भन्नुभएपछि इटहरिवाट लाइसेन्स वनाएर आएँ । तपाई काठमाण्डौवाट लाइसेन्स वनाउने कुरा नसोँचे हुन्छ । पटकैपिच्छे फेल पार्छन्, घुस पनि टन्नै लिन्छन् ।” एकजना साथीले मलाइ यस्तो सल्लाह दिए मोटर साइकलको ड्राइभिङ लाइसेन्स निकाल्ने कुरामा । मैले के पनि थाहा पाएको थिएँ भने एक जना साथीका वैनी–ज्वाई पुलिसका माथिल्लै स्तरका जागिरे थिए । उनले टेष्ट पनि नदिइकनै कार सम्म चलाउने लाइसेन्स लिएका थिए । हजुरलाइ पछि गाह्रो हुन सक्छ म ठाउँमा भएको वेलामा निकाल्दिहाल्छु भनेर निकाल्दिएका अरे । अरु दुई जना साथीहरुले पनि चिनजानको भरमा लाइसेन्स वनाएका थिए ।
मेरा अर्का एकजना साथी चाहिँ अमेरीकातिर जाने धुनमा थिए र उनले एउटा ड्राइभिङ स्कलमा पाँच हजार रुपैयाँ तिरेर ड्राइभिङ सिक्दै थिए । यति पैसा वुझाएपछि लाइसेन्स पनि वनाइदिने वन्दोवस्तमा उनले सिकेका थिए । यी सवै कुरा सुनेपछि मेरो लाइसेन्स वनाउने जाँगर घटेको थियो । एकजना साथी पुलिसका सइसम्म त भएका थिए तर उनी नेपालगंजतिर थिए र उनलाई दुःख दिन पनि मन लागेन । म सँग मोटरसाइकल पनि थिएन र लाइसेन्सको आतुरी पनि थिएन । त्यसैले लाइसेन्स वनाउने कुरा मैलै त्यहि विसाइदिएको थिएँ । (शारांशः अदक्ष ड्राइभर जताततै )

दृश्य २

विराटनगर जाने एउटा नाइटवस गौशालावाट केहि यात्रु लिएर चक्रपथ हुँदै कलंकी गएर रोकियो । त्यहाँ पुग्ने वित्तिकै सवै सिटमा मान्छे भरिए । केहि मान्छेहरु वसको कन्डक्टरलाई कराउँदै थिए “खोइ त मेरो सिट, यहाँ त अरु मान्छे अघिनै वसिसकेका छन्” । टाढाको वाटो जानुछ, सिट नमिल्ने हो भने म यो गाडिमा जान्न भनेर यात्रुले कराउँदै गर्दा कण्डक्टरले पछि मिलाइदिने भन्दै थाम थुम पार्दै थियो, यतिकैमा गाडि अगाडि वढ्यो । गाडि रोक, गाडि रोक भनेर यात्रुले भन्दा भन्दै पनि गाडि निकै पर पुगिहाल्यो । एक जना करिव पैसट्ठीदेखि सत्तरी वर्षकी वुढिआमै पनि सिट नपाउनेमा थिइन् । उनलाइ चाँहि खलासिले चाँडै नै मुडा मिलाइदियो र अली पर पुगेपछि सिट दिने आश्वासन दियो । उनले भन्दै थिइन “यहि हुन्छ भनेर नै मेरा छोराले सात दिन अगाडि नै वसको टिकेट काटेको थियो” । मुडामा सम्म वस्न पाएर उनको रिस धेरै नै घटेको थियो । गाडि निकै नै पर पुगि सकेको थियो र सिट नपाउनेहरु छेउछाउका सिटका डण्डामा आड लागेका थिए र सिट नमिलेकाहरुको रिस पनि कम हुँदै गएको थियो । गाडी महादेववेंसी काटेर अगाडि पुगेपछि तिन जना मान्छे वस पर्खेर वसेका देखिन्थे । तिनमा दुइवटि १८–२० वर्षका देखिने महिला र एक जना अधवैंसे पुरुष थिए । “गुरु चढाउँ यिनलाई ?” खलासी सोध्छ । “केटि राम्रा छन् ?” गुरुजी सोध्छ । “राम्रा छन्” खलासी जवाफ दिन्छ । “राम्रा छन् भने किन सोध्छस् त ए मुन्द्रे” भनेर ड्राइभरले गाडि रोक्छ । “राम्रालाई त मेरा काखमा पनि ठाउँ छ है” एउटा यात्रुले थप्छ । तिनि पनि त्यहि भिडमा कोचिन्छन् । ( शारांशः ठगि, कोचाकोच, र गाडीमा कामगर्नेहरुको योग्यतामा कमि, सामान्य मानविय व्यावहारसम्म नगर्दा पनि हाम्रामा कानुन नलाग्ने )

दृश्य ३

एउटा अनकण्टारको ठाउँमा एउटा मात्र होटल भएको ठाउँमा गएर गाडि रोकिन्छ । ल अव खाना खाउँ है भनेर खलासीले उर्दी लगायो । सवै मान्छेका अनुहार मलिन भए होटलको अनुहार देखेर । खाना नखाउँ भने अन्यत्र गाडि रोक्दैन, भोक पनि लागेको छ, खाउँ भने खाना देख्दै वासि र स्वाद विनाको छ । दुइटा ११/१२ वर्षका जस्ता देखिने केटाहरु एउटी अधवैंसे महिला सँग छिलिएर कुरा गर्दै भाँडा पखालिरहेका थिए । “तिम्रो पनि कुखुरे वैंस चढेछ ।” उनले भनिन । गाडिका स्टाफहरु भित्रको कोठामा खान पसे । यात्रु सवैले खाइ सक्दा पनि गाडिका स्टफ भित्रको कोठावाट वाहिर आएका थिएनन । गुरुजी र उनका स्टाफको अनुहार हेर्दा लाग्थ्यो उनले केहि खोया विर्के त लगाएकै थिए । नभन्दै कण्डक्टर वसभित्र पस्ता ह्वास्सै रक्सि गनाएको थियो । (शारांशः ग्राहकको इच्छाको वेवास्ता, ठाडै मोनोपोली हुँदा पनि कानुन नलाग्ने )

दृश्य ४

गाडिको अगाडिको सिशामा देवी देवताका फोटाहरु प्रसस्तै झुण्डिएका थिए । “माता दुर्गे रक्षा गर”, “जय काली”, “भगवान विश्वकर्मा कि जय”, जस्ता भक्तिभावका शव्द लेखिएका थिए फोटोको तल्लो भागमा । यिनका साथमा सानु वुध्दको मुर्ति र शिवको मुर्ति पनि थिए । शिवको मुर्तिमा भने सानो लाइट वल्व जोडेर उज्यालो पारिएको थियो । (शारांशः गाडिको अवस्था सुधार्नेमा भन्दा भगवान भरोसामा जोड )

दृश्य ५

“अव त वाटो सजिलो आयो म चलाउँछु है गुरुजी” खालासीले भन्यो । “एक छिन पख” गुरुजीले जवाफ दियो । करिव आधा घण्टा पछि गाडि अलि वढिनै घच्याक घच्याक भएको थियो, थाहा भयो कि कुनै सिकारुले गाडि चलाइ रहेको छ । “तिमीहरुले सिक्न त सिक तर हामीलाइ चाँहि नमार है” एक जना यात्रु कराए । (शारांशः जे गरे पनि हुन्छ भन्ने मान्यता र कानुनको पालना गराउनेहरुको कमजोरी )

दृश्य ६

”“ए गुरुजी गाडि एकछिन रोकौं न हो कतै, पिसावले साह्रै च्याप्यो” एक जना यात्रुले भने । पिसावले त मलाइपनि च्यापेको छ है भनेर दुइजना यात्रुले सहि थपे । “अगाडि गाडि रोकेको वेलामा चाँहि के हेरेर वस्नु भो ? अव अलि पर रोकौंला” गुरुजी झर्कियो । यतिकैमा एकछिन सवै चुपचाप भए । करिव २० मिनेटपछि अर्को यात्रुले गाडि रोकौं न हो गुरुजी भन्दै कराए । त्यसको १० मिनेट पछि गाडि रोकियो । ल छिटो छिटो गर्नुहोस भनेर गुरुजी करायो । (शारांशः सामान्य मानवअधिकार संवन्धि ज्ञानको अभाव र ग्राहकको इच्छाको वेवास्ता )

दृश्य ७

गाडि कतै लहानको छेउछाउ पुगेको थियो होला, ल अव पिसाव फेरौं, चिया सिया खाउँ है भन्दै खालासीले उर्दी लगायो । यो ठाउँमा पनि एक्लो पसल मात्र थियो । आधाजसो मान्छे निन्द्रामै थिए, र वाँकी अरु वाहिर निस्किए । ल अव जाउँ भन्दै गुरुजी ले गाडिको हर्न वजायो । गाडि स्टार्ट गर्न खोज्यो तर गाडि स्टार्ट नै भएन । “ल ल वलिया वाँगा साथीहरुले वाहिर निस्केर गाडि ठेलौं त” खलासी करायो । ७/८ जना मान्छे गाडिवाट वाहिर आएर गाडि ठेल्यौं , गाडी स्टार्ट भयो, अनि गाडि इटहरि तिर लाग्यो । (शारांशः जति हालत खराव भएको गाडि पनि वाटामा गुडाउन पाउने नियम )

दृश्य ८

विच विचमा गाडिमा चढ्न खोज्नेमान्छे हरुले यो गाडी कहाँ जाने हो भनेर सोध्दा खलासीले उनीहरुलाइ कहाँजाने भनेर सोध्थ्यो । उनीहरुले धरान जाने भने भने उसले यो गाडि धरानै जाने हो भन्थ्यो । झापा जाने मान्छेलाइ उस्ले काकरभिट्टा जाने भन्थ्यो । कतिलाइ त इलाम नै जाने भनेर काठमाण्डौं देखि नै ढाँटेको पनि रहेछ । (शारांशः ठगिको पराकाष्टा हुँदा पनि ठगहरु नसमातिनु )

दृश्य ९

त्यो गाडिमा नेता जस्ता देखिने कोहि पनि थिएनन् । नत कर्मचारीका हाकिम हरु नै थिए । त्यो गाडिमा ठुला उद्योगपति वा व्यापारी हुने कुरै भएन । एनजीओ का ह्याट लागाएका मान्छे पनि खासै कोहि थिएनन् । पत्रकारहरु पनि यस्तो ठुलावसको पट्यार लाग्ने यात्रामा किन हुन्थे । उनलाइ त नेताको पजेरो देखि लिएर कर्मचारीका गाडि वा निलो ल्पेटका एनजीओ का गाडिको पनि कमि छैन । वसमा चढ्नेहरु खाली सस्तो जिन्दगी भएका जनता मात्र थिए जसलाइ ढाँटिनु, ठगिनु, खोलामा खस्नु दैनिकि नै थियो । (शारांशः हाम्रो समाजका ठुलावडाहरुले वस चढ्दा जात जाने रोग पंचायतकालकै हो, वहुदलकालमा त यसले झनै महामारी कै रुप लियो । अनी ठुला भनाउँदाहरु अहिले आएर वल्ल सोध्न थालेका छन् “हाम्रा गाडि किन खस्छन् खोलामा ? जनताका लागि काम गर्ने भनेकाहरु नै जनताको दैनिक जीवनदेखि कति टाढा छन् भन्ने कुराको जिउँदो उदाहरण हो सार्वजनिक यातायातको क्षेत्र )

लेखक अमेरिकास्थित युनिभर्सीटि अफ न्यू मेक्सिकोमा कार्यरत छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out