बिहे गर्नु आगाडी केटीले बच्चा जन्माउनु अनिवार्य।

संसारमै बिहे गरेपछि मात्रै बच्चा जन्माउने प्रचलन छ । तर, एउटा पत्याउनै गाह्रो पर्ने खबर छ । त्यो के भने, भारतको एउटा जनजातिमा यस्तो परम्परा छ कि त्यहाँ केटीले बिहे गर्नका लागि एउटा बच्चा जन्माउनैपर्छ । चकित पार्ने यो खबर हावादारी होइन । यो शतप्रतिशत सत्य खबर हो ।

भारतको पश्चिम बंगालको जलपाइगुडी क्षेत्रमा टोटो नामक एउटा आदिम जातिको बसोबास छ । टोटोपाडा नामक त्यो बस्ती भारत र भुटानको सीमानामा पर्छ । सो जातिको परम्परा, रहनसहन, नीतिनियम सबै अचम्मका छन् । त्यहाँ विवाहको नियम पनि अनौठो छ । यो जातिका युवतीले बिहे गर्नका लागि बिहेपूर्व एउटा बच्चा जन्माउनुपर्छ । यो जातिमा युवाले आफूलाई मन परेकी केटी रातिमा चुपचाप भगाएर लग्ने प्रचलन छ ।


त्यसपछि त्यो केटी एक वर्षसम्म केटाको घरमा बस्छे । एक वर्षभित्र केटीले बच्चा जन्माइ भने मात्र ऊ बिहेका लागि योग्य मानिन्छे । त्यसपछि परिवारका सदस्यको सल्लाहमा बिहे सम्पन्न हुन्छ । एक वर्षमा केटीबाट जायजन्म भएन भने केटी फिर्ता पठाइन्छ । केटाकेटीले बिहे तोड्न चाहे भने सुँगुरको बलि दिई विशेष पूजा गरिन्छ । बिहेलाई टिकाइराख्नका लागि भने विधि केही खर्चिलो बनाइएको छ । त्यसकारण हत्तपत्त बिहे तोडिँदैन ।

टोटो भारतको सबैभन्दा कम जनसंख्या भएको आदिम जाति हो । हाल एक हजार दुई सय ६५ जना टोटो छन् । सन् १९९१ को जनगणनामा जम्मा नौ सय ३६ जना टोटो थिए । जनसंख्या बढाउनका लागि यो जातिमा परिवार नियोजन बर्जित छ । तर, पछिल्ला केही वर्षदेखि महिलाले भुटानतिर पसी छदम नाममा परिवार नियोजन गराउने गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out