पत्रकारसँग मेरो कुरै मिल्दैन – नम्रता श्रेष्ठ, नायिका

त्यति चर्चामा हुनुहुन्न नि, के गर्दै हुनुहुन्छ?
मुभीहरुमा नै व्यस्त छु। अहिले दुईवटा नयाँ मुभीमा काम गरिरहेको छु।
कुन मुभी?
नाम खुलाउन मिल्दैन। निर्देशकज्यूले पनि यसलाई गोप्य नै राख्न भन्नुभएको छ। अहिले स्त्रि्कप्टमा काम गरिरहेको छु, अर्को महिनाबाट सुटिङ सुरु होला सायद।
मिडियमा पनि त्यति आउनुहुन्न नि, मिडियादेखि डर लाग्छ?
डराउने कुरा होइन। मिडियासँग टाढै बसेको राम्रो लाग्छ। राम्रो काम गर्नका लागि शान्त दिमाग चाहिन्छ। मिडिया जाँदा त्यो हुँदैन। त्यसकारण म काम नगरी यस्तो गर्दै छु उस्तै गर्दै छु भनेर बोल्न मन लाग्दैन। यो मेरो सिद्धान्त हो, अरुलाई मन नपर्न पनि सक्छ?
नेपालको पछिल्लो चलचित्र उद्योग कस्तो लागिरहेको छ?
धेरै फिल्महरु बनिरहेका छन्। राम्रा मुभिहरु पनि बनेका छन्। हाम्रो चलचित्र उद्योग राम्रो भइरहेको छ भन्ने लाग्छ।
कलाकारको जीवनस्तर चाहिँ राम्रो भएको छैन, थोरै पारिश्रमिक पाउँछन् भनिन्छ नि?
हामी भनेको कला बोकेको मान्छे हौं। हामीले कलालाई माया गर्नुपर्छ। हो, आर्थिक पक्ष पनि छ। तर मुख्य कुरा भनेको चाहिँ हाम्रो पहिलो प्राथमिकता कलामा हुनुपर्छ त्यसपछि मात्र पारीश्रमिकमा।
तपाईंले धेरै फिल्मको प्रस्ताव आउँदा अस्वीकार गरेको भन्ने सुनिन्छ, खास के हो?
हो। रिजेक्ट गरको छु। कतिपयको कथा मन पर्दैन। कथामा कन्भिन्स नभएको फिल्म म खेल्दिनँ। आफूलाई मन नपरेको फिल्म खेल्दा राम्रो पनि हुन्न। त्यसकारण किन अरुको फिल्म बिगार्ने?
तपाईं पत्रकारिता बढेको व्यक्ति, पत्रकार बन्नेचाहिँ रहर जागेन?
पत्रकार बन्ने रहर कहिल्यै लागेन। सायद कुनै फिल्ममा पत्रकार बन्ने रोल पाए भने खेल्छु होला। पढेकाले खेल्न पनि सजिलो हुन्छ।
पत्रकार बन्न चाहिँ किन मन नलागेको?
अर्काको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्न म सक्दिनँ।
पत्रकारको मन नपर्ने कुरा के?
यल्लो जर्नालिजम (पीत पत्रकारीता)
पत्रकारबाट पीडित भएकाले पनि हो कि?
त्यस्तो धेरै पीडित भएको त होइन। फेरि सबै पत्रकार खराब नै हुन्छन् भन्ने पनि छैन। तर, मेरो पत्रकारसँग कुरा मिल्दैन।
किन?
उहाँहरु के गर्दै हुनुहुन्छ भनेर सोध्नुहुन्छ। म काम पूरा नगरेसम्म कुनै कुरा पनि बाहिर ल्याउन चाहन्न। त्यसकारण पत्रकारहरुसँग कुरा मिल्दैन।
रेष्टुरेन्ट व्यवसायमा पनि हुनुहुन्छ, कस्तो चलिरहेको छ?
राम्रो चलिरहेको छ। प्राय म रेष्टुरेन्टमै हुने गर्दछु।
रेष्टुरेन्ट चलाउन सजिलो कि फिल्म खेल्न?
यो दुईवटा कुराको तुलना गरेर भन्न नै सकिन्नँ। रेष्टुरेन्ट व्यवसायमा पनि मैले मजा लिइएको छु। फिल्म क्षेत्रमा पनि आफूलाई खुशी नै राखेको छु। त्यसकारण यी दुवै आ–आफ्नो ठाउँमा छन्। म तुलना गर्न चाहन्नँ।
प्रेम सम्बन्ध पनि तपाईंको गोप्य नै होला होइन।
हो। व्यक्तिगत जीवनलाई गोप्य नै राख्नुपर्छ भन्ने मेरो मान्यता हो। म व्यक्तिगत मात्र नभई प्रोफेसनल लाइफमा कुनै काम पूरा नभई गोप्य नै राख्न चाहन्छु।
तपार्इं पछि धेरै नयाँ हिरोइन आइसकेका छन्, कस्तो लाग्छ?
म उहाँहरुको मूल्याङकन गर्ने अवस्थामा पुगेको छैन जस्तो लाग्छ। म पनि नयाँ नै हुँ। भर्खर तीन वटा फिल्म त खेले नि?
निर्देशनमा लाग्ने हल्ला सुनिन्छ, सत्य हो?
मैले पनि मिडियाबाटै थाहा पाएको!
भावी सपना?
फिल्म क्षेत्रमा भर्खर सिक्दै छु। अझ धेरै सिक्नु छ। यही क्षेत्रमा काम गर्ने सपना हो। 
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out