बाबु र अनु : प्रेमको घनचक्कर

नायिका अनु शाह र गायकबाट नायक बनेका बाबु बोगटीको अनस्क्रिन रोमान्सले अहिले नेपाली सिने बजार तातेको छ । सिनेमाको रंगीन दुनियाँमा यस्ता चक्कर चल्नु र सेलाउनुलाई सामान्य रुपमा लिइन्छ । बाबु र अनुको यो चक्कर केही महिना अगाडि सुटिङ सकेर हाल पोस्ट प्रोडक्सनको काम भइरहेको सिनेमा ‘आइ एम इन लभ’ को सुटिङ सुरु हुँदा देखि नै बाहिर आएको हो । यो सिनेमा भित्र बाबु र अनु प्रेमी प्रेमीका भएर अभिनय गरेका छन् । पर्दा भित्र प्रेमी प्रेमीका भएर यो जोडी साँच्चिकै प्रेममा परेको छ ।

‘आइ एम इन लभ’ का निर्देशक सचिन राज अमात्यका अनुसार बाबु र अनु सुटिङ स्पटमा एक अर्कामा निकै नजिक देखिन्थे । अनुले बाबुलाई बाबु नै भनेर सम्बोधन गर्ने र बाबुले पनि अनुलाई वास्तविक प्रेमिका जस्तै मायालु भाषामा अनु नै भनेर बोलाउने गर्थे । अनु कम बोल्ने र भलादमी लाग्ने भएकोले अविवाहित उनीहरु दुई जनाले विवाह गरे आफू निकै खुशी हुने कुरा बताउछन निर्देशक अमात्य ।
यसका बारेमा बुझ्दा नायक बाबु बोगटीले भने, ‘आइ एम इन लभ’ को सुटिङ करिव डेढ महिना चलेकाले धेरै समय सँगै काम गर्दा हामी एक अर्कामा नजिक भयौ । अनु र म बीच आत्मियता बढ्यो । अहिले अनु मेरो सबैभन्दा नजिकको साथी हुन् । हामी अहिले पनि किप इन टच मै छौ । हामी अहिले एक अर्कालाई सकेको हेल्प पनि गरिरहेका छौ । बाँकी कुरा चाहि भविष्यले नै बताउछ ।’ यसबारेमा नायिका अनु शाह भन्छिन, ‘हामी क्लोज साथी हौ । सायद यही देखेर अरुले रिसले भनेको हुनसक्छ ।
विष्णु बस्नेतको निर्माणमा बन्न लागेको ‘आइ एम इन लभ’ सिनेमामा बाबु अनुका प्रेमीका रुपमा देखिदैछन् । सचिन राज अमात्यको निर्देशनमा बन्न लागेको यो सिनेमा असोज महिनाको ५ गते रिलिजमा आउने कुरा बताइएको छ । यस सिनेमामा संजय श्रेष्ठ, सुगम पोखरेल र बाबु बोगटीले संगीत भरेका छन् । रोशन श्रेष्ठको द्धन्द निर्देशन रहेको यस सिनेमामा पुनम राई र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । सिनेमा आइ मिन लभ लभस्टोरी सिनेमा हो । नायिका अनु शाह र बाबु बोगटी पहिलो पल्ट पर्दामा देखिन लागेका हुन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out