दीर्घायु १५ मिनेटको व्यायामले

काठमाडौ, श्रावण ६ - हामीमध्ये अधिकांश व्यायाम भन्नेबित्तिकै धेरै समय बिताउनुपर्ने, झन्झटिलो कर्मलाई बुझ्ने गर्छौं । जीउ दुख्छ हौ भनेर यसो मर्काउन पनि डराउँछौं । यस्तो सोच भएका व्यक्तिहरूका लागि बडो हर्षको खबर छ ।
दिनहुँ मात्र १५ मिनेट, हो १५ मिनेटको नियमित व्यायामले हामी आपनो आयु तीन वर्ष लम्ब्याउन सक्छौं । ताइवानको नेसनल हेल्थ रिसर्च इन्स्िटच्युटमा गरिएको अनुसन्धानपछि यस्तो दाबी गरिएको हो । उक्त अनुसन्धान अन्तर्गत सन् १९९६ देखि २००८ सम्म ४ लाख व्यक्तिहरूलाई चिकित्सा जाँचका बेला निकै निगरानी गरियो । ती सबै २० वर्षमाथिका थिए । उनीहरूलाई हरेक साता उनीहरूले गर्ने गरेको शारीरिक गतिविधि वा व्यायामबारे प्रश्न पनि गर्दै रह्यो । त्यसबाट जे निष्कर्ष निस्कियो, त्यसका आधारमा अनुसन्धाताहरूले भनेका छन्, '१५ मिनेट गरिएको गतिलो व्यायाम मानव जीवनमा थप तीन वर्ष जोडिन्छ, त्यस्ता व्यक्तिको मृत्युदर १४ प्रतिशतसम्म कम हुन सक्छ ।'

ती अनुसन्धाताले अझै केसम्म भनेका छन् भने, त्यो १५ मिनेटको व्यायाममा १५/१५ मिनेट थप्दै जाने गरे मृत्युदर पनि थप ४/४ प्रतिशत कम हुन सक्छ । यस्तो त्यतिखेर चल्छ जबसम्म कुनै व्यक्ति एक दिनमा एक सय मिनेट व्यायाम गर्दैन । कम समयको तर कडा व्यायामको प्रभाव त्यति नै हुन्छ जति ढिलोसम्म गरिएको हलुका व्यायामको हुन्छ ।
उक्त अनुसन्धानमा व्यायामको स्तर पाँच श्रेणीमा राखिएको थियो: निष्त्रिय वा अल्छी, कम, मध्यम, उच्च र धेरै उच्च । प्रमुख अनुसन्धाता डा. ची प्याग वेन भन्छन्, 'हामीले लामो अध्ययनपछि के पायौं भने, जुन व्यक्तिले दिनहुँ औसत रूपमा १५ मिनेटको तीव्र व्यायाम गरे, उनीहरूको स्वास्थ्य ती व्यक्तिको तुलनामा धेरै राम्रो थियो जो निष्त्रिय थिए वा कुनै प्रकारको व्यायाम गर्दैनथे ।' जो व्यक्तिले सातामा दुई घन्टा कडा व्यायाम गरे, उनीहरूलाई पनि हरेक साता चार घन्टा हलुका व्यायाम गर्नेहरूले पाए जति फाइदा मिल्यो ।अब पनि खुम्चिएरै शरीरका जोर्नीमा खिया लगाउने त ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out