ओलम्पिकमा बिकेन यौन

लन्डन, श्रावण २९ - महिना दिनयता लन्डन सहर ओलम्पिक महासंग्राममा झुमेको छ । टीभी च्यानल र अखबारका मुख्य पाना यसैका खबरले भरिएका छन् । अनुमान गरिँदै छ, विश्वभरका करिब २० लाख पर्यटक ओलम्पिक हेर्नकै लागि लन्डन आए । ठूलो खेलमेलामा चम्किने यौन व्यवसायलाई भने लन्डन ओलम्पिकले तताउन सकेन । यौनकर्मीका लागि ओलम्पिक 'कागलाई बेल पाके सरह' छ । भीडभाड छ तर आफ्नो व्यवसाय सुस्त भएकामा खिन्न छन् यौनकर्मी । दुई सय वर्षदेखि लन्डनको यौन धन्दाका लागि मुटु मानिने सोहो पनि सुनसान छ ।
'यो एउटा पारिवारिक मेला जस्तै हो न कि सबै आगन्तुक एकल पुरुष हुन्छन् र ती हाम्रो अड्डामा छिर्छन्,' एक दशकदेखि यौन व्यवसायमा संलग्न क्याथरिन स्टेफेन्सले भनिन्, 'हाम्रा लागि ओलम्पिक पूर्णत दुःखद सपना रह्यो ।' मानिसहरू सामान्यतया दुई साताको बिदामा आउने भएकाले खेल सकेर पुनः यौनकर्ममा फर्केलान् भन्ने विश्वास क्याथरिनमा छैन ।

विश्वसामु लन्डन सहरलाई सभ्य देखाउन प्रहरीले खेल सुरु हुनु डेढ वर्षअघि नै ओलम्पिक स्टेडियम रहेको न्युहाम इस्ट लन्डन बरोमा सञ्चालित ८० वेश्यालय बन्द गरिदिएको थियो । भीडभाडको यौन चाहना पूरा गराउन ओलम्पिकको मौका छोपी विकासोन्मुख मुलुकबाट हजारौं महिला ल्याइन्छ भन्ने आशंका प्रहरीको छ ।
लन्डन मेयर बोरिस जोन्सनले आफ्नो वेबसाइटमै लन्डन ओलम्पिकका बेला वेश्यावृत्ति र मानव तस्करीलाई निमिट्यान्न पार्न आफूहरू कटिबद्ध रहेको उल्लेख गरेबाट यौनकर्मीका दिन बिगे्रका हुन् । पूर्वी लन्डनका यौनकर्मीलाई सहयोग गर्ने एउटा सरकारी आयोजना ओपन डोर्सकी जोर्जिना पेरीले एएफपीसँग कुरा गर्दै प्रहरीले दुई वर्षयता यौनकर्मी विरुद्ध कडा निगरानी बढाएको बताइन् । उनले वेश्यालय बन्द भएपछि महिलालाई सडकमा यौन बेच्ने कार्य सुचारु गर्न सुरक्षित नभएको समेत उल्लेख गरिन् । ग्राहक प्रतीक्षामा सडकमा भौंतारिरहेका यौनकर्मी महिलासँग प्रहरीले खेल अवधिभर त्यस्तो गतिविधि नगरिदिन अनुनय गरेको महिलाहरूको भनाइ उद्धृत गर्दै पेरीले जनाइन् ।
त्यसो त डेली स्टार पत्रिकाले १७ हजार ५ सय खेलाडी बसिरहेको ओलम्पिक भिलेजभित्र ७० हजार कन्डम खपत भइसकेको भिलेजमा कार्यरत एक कामदारको भनाइ उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ । खेल अवधिभर अफिसियल स्पोन्सर ड््युरेक्सले खेलाडीका लागि डेढ लाख कन्डम निःशुल्क उपलब्ध गराएको छ ।
पीडा यौनकर्मीको मात्र होइन । मानिसहरू सबै ओलम्पिक साइटतिर ओइरिएपछि सेन्ट्रल लन्डन अहिले भूतको सहरमा परिणत भएको व्यवसायीहरूको विश्लेषण छ ।
प्रधानमन्त्री डेभिड क्यामरुनले ओलम्पिकका कारण आगामी ४ वर्षभित्र बेलायती अर्थतन्त्रमा १३ विलियन पाउन्ड योगदान हुने आशा गरिरहँदा सिनेमा, नाटकघर सुनसान देखिन्छन् । ग्राहकको व्यग्र पर्खाइमा छन् रेस्टुरेन्ट । पर्यटकीय गन्तव्यस्थलका टिकट समेत बिकेका छैनन् ।
सोसाइटी अफ लन्डन थिएटरका अध्यक्ष मार्क रुविनस्टेन भन्छन्, 'पर्यटक सबै ओलम्पिक खेलस्थलतिर मोडिनु र यतिखेर सेन्ट्रल लन्डनको यातायात सुविधा समेत प्रभावित छ भन्ने सन्देश जाँदा दर्शक स्वात्तै घटे ।' लेस्टर स्क्वायर बक्स अफिसका अनलाइन सेल्स म्यानेजर श्रीबलेले पनि थिएटर सुनसान रहेका जनाए । 'हजारौं दर्शक हाम्रैसामु भएर जान्छन् तर थिएटर छिर्दैनन्,' उनको गुनासो थियो, 'ती कि त ओलम्पिक हेर्न जान्छन् कि होटलतिर ।'
ट्याक्सी चालकको अनुभवमा यतिखेरको लन्डन भूतको सहर जस्तै छ । लाइसेन्सड ट्याक्सी ड्राइभर्स एसोसिएसनका महासचिव स्टिभम्याक नमराले आफूहरूको व्यापार ४० प्रतिशतसम्म घटेको बताए । 'हाम्रा ९० प्रतिशत ग्राहक भनेका लन्डनवासी हुन् तर उनीहरूले सहर छाडेपछि व्यापार चौपट छ,' म्याक नमराको गुनासो छ । बर्सेनि विश्वका ६० लाख दर्शकले अवलोकन गर्ने बि्रटिस म्युजियमकी प्रवक्ताले पनि आगन्तुक घटेको स्विकारिन् । उनका भनाइमा यतिखेर संग्रहालयमा दर्शक आगमन २५ देखि ३० प्रतिशतले घटेको छ ।
तर केही सीमित स्थानमा व्यापार खस्के पनि समग्र व्यापार, व्यवसाय सन्तोषजनक र दीर्घकालीन फाइदा रहेको संस्कृतिमन्त्री जेरेमी हन्टको दाबी छ । सरकारी लगानी रहेको पर्यटन एजेन्सी भिजिट बि्रटेनले पनि केही साताका लागि व्यापार घटे पनि खेलले दीर्घकालीन लाभ पुर्‍याउने आशा व्यक्त गरेको छ । सन् २०११ देखि २०१५ सम्ममा ४४ लाख मानिसले बेलायत भ्रमण गर्ने र उनीहरूले २ दशमलव ३ विलियन पाउन्ड अतिरिक्त खर्च गर्ने उसको अनुमान छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out